१८ बैशाख २०८३, शुक्रबार

राजनीति/समाज

अध्यक्ष ओली र महासचिव पोखरेलबिरुद्ध जथाभावी बोल्ने प्रदेश सांसद चौधरी एमालेबाट निलम्बित

अध्यक्ष ओली र महासचिव पोखरेलबिरुद्ध जथाभावी बोल्ने प्रदेश सांसद चौधरी एमालेबाट निलम्बित

नेपाल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको मानहानी गरेको आरोपमा एक जना प्रदेश सांसद कार्वाहीमा परेका छन् । एमाले बाँकेले अध्यक्ष ओली र महासचिव पोखरेलको मानहानी गरेको निश्कर्षसहित लुम्बिनी प्रदेश सभा सदस्य तथा प्रदेशका पूर्वउपसचिव दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको हो । सांसद चौधरीसँग यसबारे स्पष्टीकरण पनि सोधिएको र चित्तबुझ्दो जवाफ नदिएकाले निलम्बन गरिएको हो । तर प्रदेश सदस्य चौधरीले निलम्बनको विषय विधानसम्मत नभएको उल्लेख गर्दै आफूलाई औपचारिक रूपमा कुनै पत्र प्राप्त नभएको बताएका छन् ।...
कम्बोडियाबाट स्वदेश फर्किए सभामुख देवराज घिमिरे

कम्बोडियाबाट स्वदेश फर्किए सभामुख देवराज घिमिरे

नेपाल । कम्बोडियाको पाँचदिने भ्रमण सकी सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन्। पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजधानी नोमपेन्ह पुगेका सभामुख थाई एयरको जहाजबाट काठमाडौं फर्किएका हुन् । सभामुखलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलगायत उच्च अधिकारीले स्वागत गरे । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपीटीपी) को ११ औँ पूर्णसत्रमा सहभागी हुन गएका हुन् । उनले आइतबार सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी) को ११ औँ पूर्णसत्रमा सम्बोधन गरेका थिए । ...
बीआरआई नेपालको हितमा छ, अघि बढाउन डराउनु हुँदैनः अध्यक्ष नेपाल

बीआरआई नेपालको हितमा छ, अघि बढाउन डराउनु हुँदैनः अध्यक्ष नेपाल

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) परियोजना अघि बढाउने कुरामा डराउन नहुने टिप्पणी गर्नु भएको छ। सोमवार सिंहदरबारमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताउनु भएको हो । अध्यक्ष नेपालले सो परियोजना नेपालको हितमा रहेकाले त्यसबाट लाभ लिनुपर्ने बताउनुभयो । सो परियोजना नेपालले यसअघि नै स्वीकार गरिसकेकाले त्यसलाई अघि बढाउने कुरामा डराउन नहुने उहाँको भनाई थियो । नेपालले आफ्नो लाभका लागि अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसलाई स्वाभाविक रूपमा अघि बढाउनुपर्ने बताउनु भयो । ...
मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीमाथि मुद्दा चलेन, १६ दिन पछि रिहा

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीमाथि मुद्दा चलेन, १६ दिन पछि रिहा

नेपाल । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी सोमबार प्रहरी हिरासतबाट रिहा भएका छन् । विवादास्पद जापान भ्रमणका कारण पक्राउ परेका अधिकारी १६ दिनको हिरासतपछि रिहा भएका हुन् । उनलाई पत्नी पृथ्वी बस्नेतको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । सरकारी वकिल कार्यालय काठमाडौँले उनी विरुद्ध मुद्दा नचलाउने निर्णय भएको पत्र प्रहरी परिसरमा पठाएपछि सोमबार साँझै रिहा भएका हुन् । सरकारी वकिल कार्यालयका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालले अधिकारी विरुद्ध मुद्दा नचलाउने निर्णय भएको बताए । मन्त्री अधिकारी प्रक्रिया नपुर्‍याई जापान उडेपछि जापान काण्डमा मुछिएका थिए । उनले आफूले जापान जान पासपोर्ट बुझाएकाहरूले गिरोहको जालमा फसाएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए । जापान भ्रमणमा असम्बन्धित व्यक्तिहरूलाई आफूसँगै जापान पुर्‍याउन सघाएर मानव तस...
वर्तमान सत्ता गठबन्धन अर्को निर्वाचनसम्म कायम रहन्छः महत

वर्तमान सत्ता गठबन्धन अर्को निर्वाचनसम्म कायम रहन्छः महत

नेपाल । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने बताएका छन् । नुवाकोटको दुप्चेश्वर-६ स्थित समुन्द्रटारमा सडक कालोपत्र शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा महतले नेकपा (माओवादी केन्द्र)को बारम्बारको घुर्कीबाट दुई ठूला दलबीच देश विकासका लागि गरिएको अहिलेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने दावी गरे । सरकार सञ्चालनमा ठूलो दल कांग्रेसले पार्टीभन्दा माथि देश र जनताको पक्षमा काम गर्न प्रतिनिधिहरू खटाएको उनले स्मरण गरे ।...
बयानका लागि रवि लामिछानेलाई कास्कीबाट काठमाडौं ल्याईंदै

बयानका लागि रवि लामिछानेलाई कास्कीबाट काठमाडौं ल्याईंदै

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार पोखराबाट काठमाडौं ल्याइने भएको छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याउन लागिएको हो । लामिछानेको पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान सकिएको प्रहरीले जनाएको छ । काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई फेरि कास्की नै लगिने छ। बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिका लामिछानेलाई यसअघि रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको थियो । लामिछाने लगायतविरुद्ध कास्कीपछि रुपन्देही, चितवन र काठमाडौंमा पक्राउ पूर्जी जारी छ । उनलाई बयानका लागि चितवन पनि लैजाने प्रहरीको तयारी छ ।...
प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई अस्पताल भर्ना

प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई अस्पताल भर्ना

नेपाल । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या भएपछि उनलाई आइतबार साँझ वीर अस्पतालमा भर्ना गरिएको थियो । साइबर अपराधको कसुरमा प्रसाईंलाई गत ५ मंसिरमा पक्राउ गरिएको थियो । आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएका बेला प्रसाईंले आफू क्यान्सरको बिरामी भएकाले उपचारको व्यवस्था मिलाइदिन माग गरेका थिए । गत सोमबार पत्रकार सम्मेलन गरी प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियामा रहेको टेलिकम कम्पनी एक्जिएटामा लगानी रहेको आरोप लगाएका थिए ।...
नेकपा एमालेले बुझ्न मानेन जरिवाना असुल्ने बालेनको पत्र !

नेकपा एमालेले बुझ्न मानेन जरिवाना असुल्ने बालेनको पत्र !

नेपाल । नेपाल एमालेले शुक्रबार काठमाडौंमा आयोजना गरेको जागरण सभाका क्रममा दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले जरिवाना असुल्ने प्रयास जारी राखेको छ । आइतबार महानगरको एक टोली एमाले पार्टी कार्यालयमा नै पुगेर पत्र दिन खोजे पनि एमालेले दर्ता गर्न मानेन । यसअघि दिएको पत्रमा एमालेले बेवास्ता गरेपछि बालेनले अर्को पत्र दिएर पठाएका हुन् । पार्टी कार्यालयले जागरण सभाको आयोजक उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटी भएकाले त्यहीँ बुझाउन भन्दै पत्र बुझ्न अस्वीकार गर्‍यो । एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले चिठी बेठिक ठाउँमा आएको प्रतिक्रिया दिए । ...
गठबन्धनको सरकार कतिखेर ढल्ने हो ठेगान नभएको माधव नेपालको टिप्पणी

गठबन्धनको सरकार कतिखेर ढल्ने हो ठेगान नभएको माधव नेपालको टिप्पणी

नेपाल । नेकपा (एस) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन धरापमा रहेको संकेत गर्नुभएको छ । शुक्रबार काभ्रेको बनेपामा जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुई दलिय गठबन्धनको सरकार कतिखेर ढल्ने हो ठेगान नभएको टिप्पणी गर्नुभएको हो । सरकारले नेपाली जनतालाई डृलिभरि दिन नसके भन्दै उहाँले स्थायित्व पहिला कि सुशासन पहिला भनी प्रश्न गर्नु भएको छ । संख्यात्मक हिसाबले दुई तिहाइको सरकार भए पनि कुनै अर्थ नभएको नेपालको तर्क थियो ।...
नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

नेपाल । नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेको कांग्रेसले विज्ञप्तिमार्फत् जनाएको छ । पूर्वमन्त्री श्रेष्ठ व्यवसायीसमेत हुन् । उनी लामो समयदेखि कांग्रेसको आर्थिक विभागमा थिए । २०७९ मा चितवन–२ बाट चुनाव लडेका श्रेष्ठ रास्वपा सभापति रवि लामिछानेसँग पराजित भएका थिए । कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको लामो समयसम्म कोषाध्यक्ष पद रिक्त थियो ।...