१८ बैशाख २०८३, शुक्रबार

राजनीति/समाज

बीआरआई अन्तर्गतका योजनाहरु अनुदानमा अघि बढाउन चीन सकारात्मकः देउवा

बीआरआई अन्तर्गतका योजनाहरु अनुदानमा अघि बढाउन चीन सकारात्मकः देउवा

नेपाल । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन भ्रमणबाट शनिबार स्वदेश फर्केकी छिन् । स्वदेश फर्केपछि उनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका योजनाहरु अनुदान स्वरुप अघि बढाउन चीन सकारात्मक रहेको बताएकी छन् । चीन भ्रमण सकेर स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले आफूले चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीसँग गरेको कुराकानीमा बीआरआई प्रोजेक्ट अन्तर्गतका योजनाहरु अनुदानका रुपमा अघि बढाउन चीन सकारात्मक रहेको बताएकी हुन् । देश भित्रको परिस्थितिका कारण नेपालले ऋण लिनसक्ने अवस्था नभएको चिनियाँ पक्षलाई स्पस्ट पारेको पनि परराष्ट्रमन्त्री देउवाले जानकारी दिइन् ।...
नेकपा एसका सम्मानित नेता झलनाथ खनाल चीन भ्रमणमा

नेकपा एसका सम्मानित नेता झलनाथ खनाल चीन भ्रमणमा

नेपाल । नेकपा एसका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री तथा झलनाथ खनाल शनिबार चीन प्रस्थान गर्नु भएको छ । नेता खनालको साथमा पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि चीन भ्रमणमा जानुभएको छ । मित्र राष्ट्र चीनको निमन्त्रणामा अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्स २०२४ को आठौँ श्रृंखलामा सहभागी हुन साताव्यापी भ्रमणको क्रममा नेता खनालले डिसेम्बर १ मा बेइजिङमा चिनियाँ उच्चस्तरिय नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको पार्टी विदेश विभाग सचिव खतिवडाले जानकारी दिनुभयो । बेइजिङको उच्चस्तरीय राजनीतिक भेटघाट सकेर नेता खनाल चाइना इन्स्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फॉरेन अफेयर्स र ग्वाङ्झाउ प्रान्तिय जनसरकारको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा सहभागि हुन ग्वाङ्झाउ जाने कार्यक्रम रहेको छ । ग्वाङ्झाउमा आयोजित अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्सको दोस्रो...
आइतबार स्थानीय तहका रिक्त ४१ पदका लागि मतदान हुँदै

आइतबार स्थानीय तहका रिक्त ४१ पदका लागि मतदान हुँदै

नेपाल । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आइतबार बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने–गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग आयोगले सहयोगको अपेक्षा गरेको छ ।...
संविधानको मूलभूत विषयमा संशोधन हुँदैनः गगन थापा

संविधानको मूलभूत विषयमा संशोधन हुँदैनः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न राजनीतिक संयन्त्र बनेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँगको भेटघाटमा उनले संविधान संशोधनको विषयमा पहिले नेपाली कांग्रेस र एमालेबीच साझा धारणा बन्ने र त्यसपछि अन्य दलहरुसँग छलफल गर्ने योजना रहेको बताए । उनले कसैले चाहेर पनि संविधानको मूलभूत विषयमा संशोधन नहुने तर्क गर्दै संविधान संशोधनका सन्दर्भमा जिम्मेवार सबै राजनीतिक दलसँग सौहाद्र्पूर्ण वातावरणमा छलफल गरी आवश्यक निर्णय लिइने स्पष्ट गरे ।...
रविलाई बयानका लागि कास्कीबाट काठमाडौं ल्याइयो

रविलाई बयानका लागि कास्कीबाट काठमाडौं ल्याइयो

नेपाल । बिहीबार साँझ सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइएको छ । कास्की प्रहरीको हिरासतमा रहेका उनलाई साँझ साढे ५ बजेको जहाजबाट काठमाडौँ ल्याइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई काठमाडौँको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि यहाँ ल्याइएको हो । सोही विषयमा परेको जाहेरीका आधारमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । उनीमाथि पोखरामा सूर्यदर्शन सहकारीको रकम अपचलन, संगठित अपराध र सम्पत्ती सुद्धीकरणमा अनुसन्धान भइरहेको छ। यसअघि लामिछानेसँग रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमासमेत बयान लिइसकिएको छ। उता चितवनको साहारा सहकारीको रकम अपचलनमा पनि अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भइसकेको छ । काठमाडौँपछि उनलाई चितवनमा लगेर बयान लिइने छ । ...
प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गतेदेखि चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गतेदेखि चीन भ्रमणमा जाँदै

नेपाल । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि हुन लागेको चीन भ्रमण स्वीकृत गरेको छ। बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले मंसिर १७ प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो। भ्रमण मंसिरको १७ देखि २० गतेसम्म हुनेछ । प्रधानमन्त्रीको भ्रमण टोलीमा ८७ जनाको संख्या रहेको र धेरै निजी क्षेत्रबाट उपस्थिति रहेको उनले बताए।...
लीलाबल्लभमाथि कानूनी कारवाही नभएको घटनाले रविमाथि राजनीतिक प्रतिशोध भएको पुष्टीः रास्वपा

लीलाबल्लभमाथि कानूनी कारवाही नभएको घटनाले रविमाथि राजनीतिक प्रतिशोध भएको पुष्टीः रास्वपा

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध हो भन्ने कुरा एमाले नेता लीलाबल्लभ अधिकारीमाथि कानूनी कारवाही नभएको घटनाले थप पुष्टि गरेको दाबी गरेको छ । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मनिष झाले आफूहरूमाथि चौतर्फी भाला प्रहार भइरहेको बताए । उनले सभापति रवि लामिछानेले सहकारीको ब्याज नै तिर्नको लागि चेक काटेको भन्ने डकुमेन्ट संगठित रूपमा बाहिर ल्याएर प्रचार गरेको जिकिर गरे ।...
काँग्रेस एकजुट भए २०८४ को निर्वाचनमा पार्टीले बहुमत ल्याउँछः महत

काँग्रेस एकजुट भए २०८४ को निर्वाचनमा पार्टीले बहुमत ल्याउँछः महत

नेपाल । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सिङ्गो पार्टी एकताबद्ध भएर सङ्गठन सुदृढीकरणसहित जनतामाझ जानुपर्ने खाँचो औँल्याएका छन् । नेपाली कांग्रेसका तर्फबाट स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँ महानगरपालिका–१६ का उम्मेदवारसँगको छलफलका लागि नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघले आयोजना गरेको कार्यक्रममा उनले पार्टीभित्रको एकतालाई बलियो बनाएर जनतामाझ जानुपर्नेमा जोड दिए । नेता डा. महतले पार्टीलाई एकताबद्ध गर्दै सङ्गठनलाई चुस्तदुरूस्त बनाएर लैजान सकेमा आगामी २०८४ को निर्वाचनमा पार्टीले बहुमत हासिल गर्ने दाबी गरे।...
परराष्ट्रमन्त्री डा. आरजु राणा चीन भ्रमणमा

परराष्ट्रमन्त्री डा. आरजु राणा चीन भ्रमणमा

नेपाल । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा बिहीवारदेखि चीनको औपचारिक भ्रमण गएकी छिन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशकसमेत रहेका वाङको निमन्त्रणमा मन्त्री राणाले यही मङ्सिर १३ देखि १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी हुन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा. राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्तामा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल गर्ने छिन् ।...
अदालतद्वारा दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार

अदालतद्वारा दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार

नेपाल । सर्वोच्च अदालतले विद्युतीय अपराध कसूरको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । गैरकानूनी रुपमा प्रसाईंलाई थुनामा राखेको दावी गर्दै उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले आज उक्त रिट खारेज गरिदिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै गम्भीर आरोपसहितका सामग्री प्रचार गरेपछि मंसिर ४ गते प्रसाईं पक्राउ परेका थिए।...