१८ बैशाख २०८३, शुक्रबार

राजनीति/समाज

मंसिर १६ गते उपनिर्वाचन हुने स्थानमा सार्वजनिक बिदा

मंसिर १६ गते उपनिर्वाचन हुने स्थानमा सार्वजनिक बिदा

नेपाल । मंसिर १६ गते उपनिर्वाचन हुने स्थानमा मतदान गर्ने दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । आयोगले स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक विदा दिने र मतदाताका लागि मतदान गर्न सहज वातावरण बनाउनका लागि आयोगले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो । आयोगले मंसिर १६ मा मतदान हुने दिन स्थानीय तहको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदका लािग उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्र सम्बन्धित स्थानीय तह अन्तरगतका कार्यालयमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउने मन्त्रालयलाई सिफारिस गरेको छ ।...
दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

नेपाल । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । दुर्गालाई सीआईबीले साइबर क्राइम कसुरमा पक्राउ गरेको थियो । यसअघि अदालतबाट लिएको अनुमति सकिएसँगै प्रहरीले म्याद थपका लागि अदालतमा पेश गरेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलको इजलासले उनलाई पुनः ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईँलाई यसभन्दा अघि पनि अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उनको यो दोस्रो पटक म्याद थप हो । प्रसाईविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, लिखत किर्ते, आपराधिक लाभ, संगठित अपराधलगायतका कसुरमा अनुसन्धान गरिरहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा २१ करोड अमेरिकी डलर लगानी गरेको दाबी गर्दै एक भिडियो सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।...
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न म्याद थप

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न म्याद थप

नेपाल । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान जारी रहँदा थप १५ दिनको म्याद थप भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश भिमलाल बेल्बासेको इजलासले थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । कास्कीपछि रुपन्देही, काठमाडौं र चितवनमा पनि लामिछाने बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  ...
मिश्रित निर्वाचन प्रणाली संशोधन गर्नुपर्छः काँग्रेस नेता महत

मिश्रित निर्वाचन प्रणाली संशोधन गर्नुपर्छः काँग्रेस नेता महत

नेपाल । नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक भएको बताएका छन् । नेपाली काङ्ग्रेस बीपी स्मृति प्रतिष्ठान गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित डा महतद्वारा लिखित ‘नेपाली कांग्रेस र राष्ट्रनिर्माण’ नामक पुस्तकको परिचर्चा कार्यक्रममा पार्टी प्रवक्तासमेत रहेका डा महतले समावेशीसहितको प्रत्यक्ष निर्वाचन आवश्यक रहेकाले मिश्रित निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए । यो पुस्तक बीपी कोइराला स्कूल अफ पब्लिक पोलिसीद्वारा सन् २०२१ मा पहिलो पटक प्रकाशन भएको थियो । डा महतले बीपीको आर्थिक नीतिको चिन्तनसँग वर्तमान आर्थिक नीतिलाई जोड्दै कांग्रेस अगाडि बढ्नुपर्नेमा जोड दिए ।...
रविलाई पोखरा, रुपन्देही, काठमाडौंपछि चितवनमा पनि पक्राउ पूर्जी जारी

रविलाई पोखरा, रुपन्देही, काठमाडौंपछि चितवनमा पनि पक्राउ पूर्जी जारी

नेपाल । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले गत शुक्रबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन् । रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । चितवनको साहारा सहकारी पीडित २४ जनाले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका थिए । साहाराबाट गोर्खा मिडियासहित ५ वटा संस्था तथा कम्पनीमा रकम पठाइएका संस्थाका सञ्चालक तथा पदाधिकारीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो । रवि कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा छन् । यसअघि रविलाई पक्राउ गर्न कास्कीसहित रुपन्देही र काठमाडौंबाट पनि पक्राउ पूर्जी जारी भएको छ ।...
सबै दल र सरोकारवालासँग सरसल्लाह नगरी संविधान संशोधन गर्दैनौंः देउवा

सबै दल र सरोकारवालासँग सरसल्लाह नगरी संविधान संशोधन गर्दैनौंः देउवा

नेपाल । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै दल र सरोकारवालासँग सरसल्लाह गरेर मात्रै संविधान संशोधन गरिने बताएका छन् । नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसन (डिएल नेपाल) को ३५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सत्ताघटक दलसँग सल्लाह भएर नै संविधान संशोधन गर्ने भनिएको जानकारी गराए । सभापति देउवाले आफू र आफ्नो पार्टीले कुनै पनि प्रजातान्त्रिक अधिकारसँग कुनै सम्झौता नगर्ने कुरामा ढुक्क हुन आग्रह गर्दै वतर्मान प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पनि प्रजातन्त्रका लागि लडेको व्यक्ति भएको बताए ।...
एमालेले शुक्रबार दरबारमार्गमा जागरण सभा गर्ने

एमालेले शुक्रबार दरबारमार्गमा जागरण सभा गर्ने

नेपाल । शुक्रबार नेकपा एमालेले अराजकता बिरुद्ध काठमाडौंमा गर्न लागेको जागरण सभाको पूर्वनिर्धारित सभास्थल परिवर्तन भएको छ । भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा आयोजना गर्ने एमालेले जनाएको छ । जागरण सभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईका अनुसार र्‍याली भद्रकालीबाट सुरु भएर सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ ।...
३१ जनाले फिर्ता लिए उम्मेदवारी, तीन पदमा निर्विरोध

३१ जनाले फिर्ता लिए उम्मेदवारी, तीन पदमा निर्विरोध

नेपाल । मङ्सिर १६ गते आइतवार हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीन सय ७६ जना उम्मेदवारलाई बुधबार सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट दुई सय ८९ र एक सय २१ स्वतन्त्र उम्मेदवार गरी कुल चार सय १० जनाको मनोनयनपत्र दर्ता भएको थियो। तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भए । यस्तै रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्...
सहकारी पीडितहरुको आन्दोलनमा रास्वपाको साथ, गैरदलीय पहिचानसहित सघाउने

सहकारी पीडितहरुको आन्दोलनमा रास्वपाको साथ, गैरदलीय पहिचानसहित सघाउने

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले मंसिर ५ गते सहकारी पीडितहरुको बचत रकम फिर्ता गराउने हेतुले गर्न लागेको काठमाडौं केन्द्रित आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । रास्वपाका प्रवक्ता मनिष झाले अभियानको आन्दोलनमा पार्टीको समर्थन रहेको बताउँदै उपस्थितिको लागि सम्पूर्ण पार्टी पंक्ति एवं शुभचिन्तकहरुलाई आह्वान गरेका छन् । सहकारी समस्याको मूल कारण नै फितलो कानून, भएको कानूनको इमानदार कार्यान्वयन नहुनु, पटकपटक बचतकर्ताहरुलाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लागेको रास्वपाको ठहर छ । बचतकर्ताहरुको रकम फिर्ता गराउने उद्देश्यसाथ राखिएको अभियानमा गैरदलीय पहिचानसहित शान्तिपूर्ण सहभागिताका लागि पार्टीका शुभेच्छुक एवं समस्त नेपाली नागरिकहरुलाई आउन विज्ञप्तिमार्फत आह्वान गरिएको छ ।...
मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी थप ५ दिन हिरासतमा

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी थप ५ दिन हिरासतमा

नेपाल । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन हिरासतमा रहने भएका छन् । हिरासतमा राख्न लिएको समय सकिएपछि मंगलबार जिल्ला अदालत काठमाडौँले उनलाई थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो । अधिकारमाथि जापान भ्रमणका क्रममा असम्बन्धित व्यक्तिलाईसमेत लगेको आरोप लागेको छ । एमाले प्रदेशसभा सदस्य एवं तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारीविरुद्ध यस प्रकरणमा छानबिन जारी रहेको छ ।...