मछिन्द्र क्लबको अगुवाइमा १२ वर्षे इन्दुजात्रा भव्य रूपमा सम्पन्न
नेपाल । ऐतिहासिक इन्दुजात्राको अवसरमा हल्चोक क्षेत्रका १० देवगणहरूको सहभागितामा १२ वर्षमा एकपटक मात्र हुने भव्य जात्रा यसपटक केलटोल परिसरमा भव्य रूपमा सम्पन्न गरिएको छ ।
यस विशेष अवसरमा मछिन्द्र क्लबको प्रमुख आयोजनामा प्रदिप्त पुस्तकालय र केलटोल श्री नारेश्वर दवली व्यवस्थापन समितिको संयुक्त सहकार्यमा जात्रालाई सफल बनाइएको हो । स्थानीय बासिन्दाको व्यापक सहभागिता, सांस्कृतिक झाँकी, बाजागाजाको धुन र आस्थाले भरिएको वातावरणले जात्रालाई झनै ऐतिहासिक बनाएको छ ।
जात्रामा श्री चण्डी, श्री कुमारी, श्री हल्चोक भैरव, श्री गंगा, श्री महादेव, श्री पार्वती, श्री आकाश देवी, श्री श्री बाराही, श्री महाकाली र श्री दक्षिणकाली गरी जम्मा १० देवगणहरूको भव्य नाचगान प्रस्तुत गरिएको थियो। देवगणहरूको स्वागतमा वस काप विच्छ्याई, सुकुन्दा, धुप, दीप, लावा–अविर र फूलहरूसँग भव्य स्वागत गरिएको थियो।
नाच प्रदर्शन पश्चात ...








