१० भाद्र २०८३, बुधबार

राजनीति/समाज

बोलेरो गाडी माथि बिजुलीको तार खसेर आगोलागि हुँदा चार जनाको मृत्यु

बोलेरो गाडी माथि बिजुलीको तार खसेर आगोलागि हुँदा चार जनाको मृत्यु

नेपाल । प्रशिद्ध तीर्थस्थल पाथीभरा जाने क्रममा बोलेरो गाडी माथि बिजुलीको तार खसेर आगोलागि हुँदा चार जनाको मृत्यु भएको छ । सदरमुकाम फुङ्लिङदेखि पाथीभरा मन्दिरको दर्शनका लागि गएको बोलेर गाडी फुङ्लिङ नगरपालिका १० सेवारो चोकमा करेन्ट सहितको बिजुलीको नाङ्गो तार खसेर आगोलागि हुँदा चालक सहित चार जनाको मृत्यु भएको हो । मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० सेवारो चोकमा बिजुलीको तार झरी मे १ ज ३०११ गाडीमा आगो लाग्दा चार जनाको मृत्यु हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० का सवारी चालक दुर्गा भट्टराई, ललितपुर जिल्लाकी वर्ष १६ की आध्या आचार्य, झापा जिल्लाका वर्ष ६९ की सरिता पौडेल, झापाकै वर्ष ७० का विनोद पौडेल रहेको प्रहरीले जनाएको छ । गाडीमा ६ जना रहेको र ललितपुरकी वर्ष ४५ की सविना आचार्य...
मुलुकमा धमिलो पानीमा माछामार्ने दुस्प्रयास भइरहेको छः प्रचण्ड

मुलुकमा धमिलो पानीमा माछामार्ने दुस्प्रयास भइरहेको छः प्रचण्ड

नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा धमिलो पानीमा माछामार्ने दुस्प्रयास भइरहेको भन्दै त्यसलाई कदापी सफल हुन नदिइने बताउनु भएको छ । नेवाः राष्ट्रिय मुक्तिमोर्चाद्वारा काठमाडौँको वसन्तपुरमा आयोजित खबरदारीसभामा उहाँले प्रतिगामी षड्यन्त्र र दुस्साहसलाई परास्त गरिने बताउनु भयो । नेपालको लोकतान्त्रिक आन्दोलनलगायत परिवर्तनमा नेवार समुदायले खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष दाहालले विभिन्न कारणले संविधान जारी हुनेबेला केही मुद्दा छाडे पनि माओवादी आफ्ना मुद्दाबाट पछि नहटेको धारणा राख्नुभयो । ...
राप्रपाले काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्दै

राप्रपाले काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्दै

नेपाल । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आइतबार काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्ने भएको छ । वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरासहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइ मागेर आन्दोलन गर्दै आएको राप्रपाले विरोध प्रदर्शन गर्न लागेको हो । प्रदर्शन दिउँसो १२ बजेबाट सुरु हुने राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन राप्रपाले बताएको छ।...
गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा उभिन आह्वान

गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा उभिन आह्वान

नेपाल । तीन राजनीतिक दलका शीर्ष नेताहरूले गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा उभिन आह्वान गरेका छन्। शनिवार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको तीन राजनीतिक दलका शीर्ष नेताहरू केपी ओली‚ पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाले गणतन्त्र पक्षधरवादी शक्तिहरू एकै ठाउँमा उभिने ऐक्यबद्धता जनाएका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्रीका मानवअधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेलले बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिए । उनका अनुसार छलफलमा देशको विद्यमान परिस्थितिको बारेमा कुराकानी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए ...
परारष्ट्रमन्त्री आरजु राणा थाइल्याण्ड किन जाँदैछिन् ?

परारष्ट्रमन्त्री आरजु राणा थाइल्याण्ड किन जाँदैछिन् ?

नेपाल । परारष्ट्रमन्त्री आरजु राणा देउवा संयुक्त राष्ट्र संघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोगको ८१ औं सत्रमा सहभागी हुन आज थाइल्याड जाँदैछिन् । बैंककमा अप्रिल २१ देखि २५ सम्म आयोजना हुने सो कार्यक्रमका लागि मन्त्री राणा थाइल्याण्ड जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । एशिया तथा प्रशान्त क्षेत्रमा दिगो र प्रतिरोधी सहरी विकासका लागि क्षेत्रीय सहकार्य विषयक सत्रको राणाले अध्यक्षता गर्ने मन्त्रालयले जनाएको छ । मन्त्री देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग, तथा बैंककस्थित नेपाली दूतावासका उच्च अधिकारीहरु सम्मिलित नेपाली प्रतिनिधिमण्डलले बैठकमा सहभागीता जनाउने छ। बैठक सम्पन्न भएपछि देउवा अप्रिल २५ मा स्वदेश फर्किने कार्यक्रम छ।...
गृहले भन्यो-अराजकता फैलाउने गतिविधि सह्य हुँदैन

गृहले भन्यो-अराजकता फैलाउने गतिविधि सह्य हुँदैन

नेपाल । गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन सबैमा अनुरोध गरेको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट आइतबार प्रचलित कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रवक्ता रामचन्द्र तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,“संविधान र कानुनको ठाडो उल्लङ्घन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई पनि कानूनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।”...
शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा प्रधानमन्त्रीसँग छलफल

शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा प्रधानमन्त्रीसँग छलफल

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले शुक्रबार जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका छन् । विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्नेलगायत माग राखेर महासङ्घको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँ केन्द्रित आन्दोलन जारी राखेका छन् । प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसहितलाई निर्देशन दिएका थिए । मन्त्रिपरिषद्को यही वैशाख २ गतेको बैठकले सङ्घीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित ...
विभिन्न क्षेत्रमा योगदान पुर्याएका चार स्रष्टालाई पारिजात स्मृति सम्मान

विभिन्न क्षेत्रमा योगदान पुर्याएका चार स्रष्टालाई पारिजात स्मृति सम्मान

नेपाल । यस वर्षको पारिजात स्मृति सम्मान विभिन्न क्षेत्रमा योगदान पुर्याएका चार स्रष्टालाई प्रदान गरिएको छ । पारिजात स्मृति दिवसका अवसरमा शुक्रबार पारिजात स्मृति केन्द्रले काठमाडौँमा एक समारोहको आयोजना गरी उक्त सम्मान प्रदान गरेको हो । यस वर्षको पारिजात कला सम्मान मूर्तिकार उत्तम डङ्गोललाई प्रदान गरिएको छ । चित्रकला र मूर्तिकलाका माध्यामबाट सामाजिक रुपान्तरणको अभियानमा पुर्याएको योगदानको कदर गर्दै पारिजात स्मृति केन्द्रले उनलाई सम्मान गरेको हो । लामो समयदेखि कला क्षेत्रमा सक्रिय कलाकार डङ्गोल दर्जनौँ एकल तथा संयुक्त कला प्रदर्शनीमा सहभागी भइसकेका छन् । यस्तै केन्द्रले पारिजात बाल साहित्य सम्मान बाल साहित्यकार तेजप्रसाद श्रेष्ठ, सृजना सम्मान साहित्यकार बिना थिङ र पारिजात सङ्घर्षशील नारी सम्मानबाट डा विन्दा पाण्डेलाई सम्मान गरेको छ। उनीहरूलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाल...
संचारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित

संचारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित

नेपाल । महिला पत्रकारहरुको संस्था संचारिका समूह नेपालको ९औं महाधिवेशनबाट नयाँ कार्य समितिमा चयन भएको छ । अध्यक्षमा कमला पन्थी, उपाध्यक्षमा बसन्ती बस्तोला, महासचिवमा राधा खनाल, सचिवमा उर्बसी बस्न्यात र कोषाध्यक्षमा साजना तामाङ निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, कल्पना शर्मा, देवी सापकोटा र विष्णु पन्थी निर्वाचित भएका छन् ।...
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल भएको पुनको आरोप

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल भएको पुनको आरोप

नेपाल । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल भइरहेको आरोप लगाएका छन् । पार्टी सम्वद्ध रोल्पा काठमाण्डौं सम्पर्क समन्वय समितिद्वारा शुक्रबार चन्द्रागिरीमा गरेको कार्यक्रममा पुनले सरकार स्वार्थ समूहले अगाडि सारेका व्यक्तिलाई गभर्नर नियुक्ति गर्न अग्रसर रहेको बताए । यसअघि विभिन्न नियामक निकायमा स्वार्थ समूह र बिचौलियाको स्वार्थमा नियुक्ति गरेको सरकारले उनीहरुकै चाहनामा गभर्नर नियुक्त गर्न चाहेको उनको भनाइ थियो । पुनले राज्यका निकायहरुमार्फत अर्थतन्त्रमा कब्जा जमाउन चाहने स्वार्थ समूहले नै वर्तमान काँग्रेस–एमाले सरकार बनाएको विभिन्न घटनाक्रमले पुष्टि गरेको बताए । उनले काँग्रेस–एमाले सरकार पूर्ण रुपमा असफल भएको पनि टिप्पणी गरे ।...