१८ बैशाख २०८३, शुक्रबार

राजनीति/समाज

युवा पलायन रोक्न देशमै रोजगारी सिर्जना गरौंः गगन

युवा पलायन रोक्न देशमै रोजगारी सिर्जना गरौंः गगन

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् । ७६औँँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको ‘बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा’ विषयक नागरिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा पलायन रोक्न देशमा रोजगारी सिर्जना गर्नुपर्ने बताएका हुन् । एक आर्थिक वर्षमा कति राजस्व सङ्कलन भयो भनेर मापन गरिए जस्तै वर्षमा कति रोजगारी सिर्जना भयो भनेर पनि मापन गरिनुपर्ने उनले बताए ।...
एमालेको बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र उपनिर्वाचनको समीक्षा

एमालेको बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र उपनिर्वाचनको समीक्षा

नेपाल । सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको निष्कर्षसहित धन्यवाद ज्ञापन गरेको छ । मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले चीन भ्रमणमा प्रधानमन्त्री ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा सम्झौता गरी अघि बढाउनु आफैँमा सफलता भएको निष्कर्ष निकालेको हो । बैठकले मंसिर १६ गते भएको उपनिर्वाचनको समीक्षासमेत गरेको छ । जसमा समग्रमा विगतको भन्दा धेरै सिट जिते पनि कुनै पनि पार्टीले जनताको मत आफ्नो साथमा राख्न नसकेकोमा समीक्षा भएको छ । शहरी क्षेत्रमा जनमत सोचेको जस्तो नआएको बारेमा पनि छलफल गरिएको र आगामी दिनमा जनमत जोड्दै जानेबारेमा निष्कर्ष निकालेको छ ।...
जनताले गरेको भरोसा र दिएको मतको रक्षा गर्न सकेनौंः प्रचण्ड

जनताले गरेको भरोसा र दिएको मतको रक्षा गर्न सकेनौंः प्रचण्ड

नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीमाथि जनताले गरेको भरोसा र दिएको मतको रक्षा गर्न नसक्दा कार्यकर्ता र कर्मचारीहरुमा असन्तुष्टि बढ्दै गएको स्वीकारेका छन् । सोमवार नेपाल राष्ट्रिय कर्मचारी महासंघको १८औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । जनताको विश्वासअनुसार पार्टीलाई एकताबद्ध गरेर जनभावनालाई उच्च सम्मान गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढ्न नसकेका कारण जनता र कार्यकर्तामा असन्तुष्टि बढेको बताए ।...
खुलेआम असन्तुष्टि पोखेर गाईजात्रा नगर्न शेखर कोइरालालाई नेताहरुको सुझाव

खुलेआम असन्तुष्टि पोखेर गाईजात्रा नगर्न शेखर कोइरालालाई नेताहरुको सुझाव

नेपाल । नेपाली काँग्रेसका नेताहरुले पार्टीभित्रको असन्तुष्टि पार्टीभित्रै राख्न सुझाव दिएका छन् । कांग्रेसका नेता डा शेखर कोइरालालाई केही असन्तुष्टि भए पार्टीभित्रै राख्न सुझाव दिइएको हो । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकमा बोल्ने नेताहरुले पार्टीभित्रको असन्तुष्टि पार्टीभित्रै राख्न सुझाव दिएका हुन् । उनीहरुले खुलेआम असन्तुष्टि पोखेर गाईजात्रा नगर्न पनि चेतावनी दिएका हुन् ।...
रविलाई कास्कीबाट काठमाडौं हुँदै वीरगञ्ज पुर्याइयो

रविलाई कास्कीबाट काठमाडौं हुँदै वीरगञ्ज पुर्याइयो

नेपाल । रास्वपा सभापति रवि लामिछानेलाई कास्कीबाट काठमाडौं हुँदै पर्साको वीरगञ्ज लगिएको छ । रविलाई काठमाडौंबाट विमानमा सिमरा पुर्याउँदा समर्थकहरुले चर्को नाराबाजी गरे ‌। वीरगञ्ज प्रहरी कार्यालयमै चिकित्सक बोलाएर रविको स्वास्थ्य परीक्षण गराइएको छ । चिकित्सकले रविको ब्लड प्रेसर उच्च देखिएको बताएका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई कात्तिक २ गते पक्राउ गरिएको थियो ।...
पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय सर्वोच्चबाट सदर

पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय सर्वोच्चबाट सदर

नेपाल । सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लब अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय सदर गर्न आदेश दिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको निवेदनको सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले कानुनबमोजिम गर्न आदेश जारी गरेको हो । १० मंसिरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो । अधिकारीलाई मुद्दा नचल्ने भनी गरेको निर्णय बदनियतपूर्ण भएकाले तत्काल बदर हुनुपर्ने त्रिपाठीको माग थियो । पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए । उनले असम्बन्धित व्यक्तिलाई आफूसँगै कार्यक्रममा लगेको आरोप लागेको थियो ।...
रवि लामिछाने थप ४ दिन हिरासतमा !

रवि लामिछाने थप ४ दिन हिरासतमा !

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानेमाथि अनुसन्धान गर्न ४ दिन म्याद थपिएको छ। आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले प्रहरीलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सरकारी गठी प्रकरणमा रवि कात्तिक २ गते पक्राउ परेका हुन् ।...
बीआरआई परियोजनामा सम्झौता गर्नु सुखद्ः झलनाथ

बीआरआई परियोजनामा सम्झौता गर्नु सुखद्ः झलनाथ

नेपाल । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वदेशफिर्ता हुनुभएको छ । नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा रोड एण्ड बेल्ड इनिसिएटिभ (बीआरआई) सम्झौता गर्नु नै थियो भने यति धेरै नाटक किन गरेको भन्दै सरकारलाई प्रश्नसमेत गर्नुभएको छ । खनालले नेपालको तयारी नपुगेपनि अन्तिममा बीआरआई परियोजनामा सम्झौता गर्नु सुखद् रहेको बताउनुभयो ।...
सार्वजनिक सम्पत्ति अपचलन गर्ने जुनसुकै पार्टीको भए पनि छुट हुँदैनः गगन

सार्वजनिक सम्पत्ति अपचलन गर्ने जुनसुकै पार्टीको भए पनि छुट हुँदैनः गगन

नेपाल । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी लगायतका सार्वजनिक सम्पत्ति अपचलन गर्ने जुनसुकै पार्टीको भए पनि छुट नहुने बताएका छन् । शनिवार विराटनगरमा नेपाली काँग्रेसको कोशी प्रदेश सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । अर्को प्रसंगमा उनले पार्टीले गरेका काम जनतासँग लगेर समुदायसँग जोड्नुपर्नेमा जोड दिँदै उनले नागरिकको मन जित्न सके २०८४ को निर्वाचनमा आफ्नै पोल्टामा आउने दाबी गरे । पार्टीभित्र एकता अपरिहार्य रहेको बताउँदै उनले सबैलाई मिलाएर लानुपर्ने बताए । ...
चीन भ्रमणको उपलब्धीबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

चीन भ्रमणको उपलब्धीबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

नेपाल । मंगलबार सत्तारूढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । २५ गते पार्टी कार्यालय च्यासलमा अपराह्न ४ बजे बस्ने गरि बैठक बोलाइएको हो । बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, स्थानीय तहको उपनिर्वाचानको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक कार्यक्रमबारे छलफल गर्नको लागि बैठक बस्न लागेको बुझिएको छ ।...