१० भाद्र २०८३, बुधबार

राजनीति/समाज

सत्ता सहकार्यलाई अझ प्रभावकारी बनाउन ओली र देउवाबीच भेट

सत्ता सहकार्यलाई अझ प्रभावकारी बनाउन ओली र देउवाबीच भेट

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको उनले बताए । भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।...
सहकारीको रकम अपचलन गरेको आरोपमा सांसद माया राई पक्राउ

सहकारीको रकम अपचलन गरेको आरोपमा सांसद माया राई पक्राउ

नेपाल । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा प्रहरीले थप अनुसन्धानका लागि उनलाई पक्राउ गरेको जानकारी दिएको छ । शनिवार राति उनलाई कपनस्थित निवासबाटै पक्राउ गरिएको हो ।
१४ महिनापछि काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने ओलीको घोषणा

१४ महिनापछि काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने ओलीको घोषणा

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएका छन् । सरकार परिवर्तनको हल्ला चलिरहेका वेला शुक्रवार संसद भवन परिसरमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ओलीले अब १४ महिनापछि आफूले राजीनामा दिने र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए । यता, काँग्रेस सभापति शेरबहादुर देउवाले पनि शुक्रबार थाइल्याण्ड भ्रमणबाट फर्किएसँगै सञ्चारकर्मीसँग गठबन्धन सरकार पूरा समय चल्ने प्रतिक्रिया दिएका थिए । ...
मकवानपुरको बकैया र दक्षिण कोरियाको बुय-गुन पालिकाबीच भगिनी सम्बन्ध

मकवानपुरको बकैया र दक्षिण कोरियाको बुय-गुन पालिकाबीच भगिनी सम्बन्ध

नेपाल (हेटौंडा) । मकवानपुरको एक गाउँपालिका र दक्षिण कोरियाको एक पालिकाबीच भगिनी सम्बन्ध कायम हुने भएको छ । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका र दक्षिण कोरियाको बुय–गुन पालिकाबीच भगिनी सम्बन्ध कायम गर्न लागिएको हो । ‎कोरियन कल्चर सेन्टरका प्रतिनिधि मुन यङ सुसहितको प्रतिनिधिहरुसँग बकैया गाउँपालिकामा बुधबार छलफलसहित बकैया गाउँपालिका र बुय–गुन पालिकाबीच भगिनी सम्बन्ध कायम गर्न प्रस्ताव गरिएको हो । ‎बकैया गाउँपालिका र बुय–गुन पालिकाबीच बकैया गाउँपालिकालाई कृषि, पर्यटन, शिक्षा र प्रविधि हस्तान्तरणको क्षेत्रमा सहयोग गर्ने गरी भगिनी सम्बन्ध कायम गर्न लागिएको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताए । ‎उक्त अवसरमा कोरियन कल्चर सेन्टरका अध्यक्ष मुन यङ सुलाई भगिनी सम्बन्ध कायम गर्नका लागि सहजीकरण गरिदिन अनुरोध गर्ने निर्णयसहित अध्यक्ष लामिछानेले कोरियन कल्चर सेन्टरका प्रतिन...
डा. स्वर्णिमको नेतृत्वमा संसदको बजेट अधिवेशनमा छलफल अगाडि बढाउने रास्वपाको निर्णय

डा. स्वर्णिमको नेतृत्वमा संसदको बजेट अधिवेशनमा छलफल अगाडि बढाउने रास्वपाको निर्णय

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा संसदको बजेट अधिवेशनमा छलफल अगाडि बढाउने निर्णय गरेको छ । बिहीवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले बजेट अधिवेशन प्रभावकारी बनाउन उपसभापति वाग्लेको नेतृत्वमा संसदमा छलफल र बहस गर्ने निर्णय गरेको हो । संसदीय दलको बैठकपछि पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभापति वाग्लेको नेतृत्वमा बजेट अधिवेशनमा छलफल, बहस र संवाद अगाडि बढाउने निर्णय गरिएको बताए ।...
युथ सेलिब्रेसनः युवाले देश बनाउने संकल्प गर्नुपर्छ- प्रधानमन्त्री

युथ सेलिब्रेसनः युवाले देश बनाउने संकल्प गर्नुपर्छ- प्रधानमन्त्री

नेपाल । प्रधानमन्त्री एवं नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र पश्चमगनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाहरुले सङ्कल्प र तागत देखाउनुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) ले लोकतन्त्र दिवसका अवसरमा बिहीबार भृकुटीमण्डपमा आयोजिते युुवा उत्सव (युथ सेलिब्रेसन) कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने र युवाले देश बनाउने सङ्कल्प गरी त्यसलाई साकार पार्नुपर्ने बताउनुभएको हो । एमालेको राष्ट्रवादी अडान र दृष्टिकोणको कारणले राष्ट्र विरोधी तत्त्वहरू एमाले विरुद्ध खनिएका उल्लेख गर्दै उहाँले त्यस्ता शक्तिले एमालेविरुद्ध हरेक दिन भ्रम फिजाउने कार्य गरेको टिप्पणी गर्नुभयो। आज युवालाई भड्काउने अनेक प्रयास भइरहेको बताउँदै उहाँले केही मानिसल...
आन्दोलनरत शिक्षकका समस्या वार्ताको माध्यमबाटै समाधान गर्छुः मन्त्री पन्त

आन्दोलनरत शिक्षकका समस्या वार्ताको माध्यमबाटै समाधान गर्छुः मन्त्री पन्त

नेपाल । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकका समस्या वार्ताको माध्यमबाटै समाधान गर्ने बताउनुभएको छ । बिहीबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि मन्त्री पन्तले आफू अब बोल्नेभन्दा पनि काम गरेर परिणाम निकाल्नेतर्फ लाग्ने पनि बताउनुभयो । उहाँले मन्त्रालयको आन्तरिक नियन्त्रण व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्न आवश्यक कार्यविधि निर्माण गर्ने टिम गठनको फाइल सदर गरेर कार्यभार समाल्नुभएको थियो । सबै समस्या समाधानको एउटै उपाय वार्ता भएको उहाँले बताउनुभयो । शिक्षकहरू चैत २० गतेदेखि निरन्तर बबरमहल तथा बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन्  ।...
संघीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदै

संघीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदै

नेपाल । संघीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि नियमित बजेट अधिवेशन सुरु हुन लागेको हो । दुवै सदनको अधिवेशनको पहिलो बैठक शुक्रबार १ बजे सुरु हुने छ । अधिवेशनको प्रारम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ । समसामयिक विषयमा प्रधानमन्त्रीले प्रतिनिधि सभामा सम्बोधन गर्न लाग्नुभएको हो । शिक्षक आन्दोलनको माग सम्बोधनका लागि सरकारले यो पटक यसअघिको अभ्यासभन्दा साताअघि नै अधिवेशन बोलाउन सिफारिस गरेको थियो । विद्यालय शिक्षा विधेयक पारितलगायतका माग राखेर शिक्षक तीन सातादेखि आन्दोलनमा छन् । यस्तै सङ्घीय निजामती विधेयक चाँडो पारित गर्नुपर्ने दबाब पनि सरकारमाथि छ । यस्तै यो अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस हुने छ । सरकारले वैशाख १९ गते नीति तथा कार्यक्रम सङ्घीय संसद्मा पेस गर्ने तयारी गरेको छ...
बैशाख ११ गते नेपालमा लोकतन्त्र दिवस मनाईंदै

बैशाख ११ गते नेपालमा लोकतन्त्र दिवस मनाईंदै

नेपाल । बैशाख ११ गते बिहीबार देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं २०६२–६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ । त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, “राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प...
शिक्षामन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त

शिक्षामन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त

नेपाल । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नुभएको हो । यसअघिका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै यही वैशाख ८ गते राजीनामा दिनुभएपछि पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको हो । नवनियुक्त शिक्षामन्त्री पन्त नेकपा एमालेका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुनुहुन्छ । उहाँ हाल प्रतिनिधिसभा राज्यव्यवस्था समितिको ...