सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता सहमति नजिक
नेपाल । विभिन्न पेसागत माग राखेर २८ दिनदेखि आन्दोलरत शिक्षक र सरकारबिच मङ्गलबार साँझको वार्ता सहमतिनजिक पुगेको छ ।
वार्तामा सहभागी दुवै पक्षका सदस्यका अनुसार सहमतिबारे बुधबार औपचारिक घोषणा हुने छ ।
सहमति भएपछि शिक्षकहरू पनि बुधबारदेखि नै आन्दोलनबाट विद्यालय फर्किने छन् । मङ्गलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राति साढे १० बजेसम्म वार्ता भएको थियो ।
वार्तामा शिक्षकले उठाएका मागमध्ये मन्त्रीपरिषद्बाट निर्णय गराउन सकिने मागमा दुवै पक्षबिच सहमति भएको शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताउनुभयो । तर तत्काल पूरा गर्न सकिने मागमा मन्त्रीपरिषद्ले निर्णय गरे पनि विद्यालय शिक्षा ऐन आउने सुनिश्चितता गराउने विषयमा थप छलफल गर्नुपर्ने भएका कारण मङ्गलबार निर्णय नभएको हो ।
शिक्षा विधेयक अहिले संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलकै क्रममा छ । छलफलकै क्रममा रहे...







