१० भाद्र २०८३, बुधबार

राजनीति/समाज

 नेपालमा कक्षा १२ को परीक्षा शुरु

 नेपालमा कक्षा १२ को परीक्षा शुरु

नेपाल । नेपालमा कक्षा १२ को परीक्षा शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आइतबार बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा एकैसाथ सुरु हुने जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गर्नुभएको छ । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । परीक्षमा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५  छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक ल...
मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाईंदै

मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाईंदै

अमेरिका । मे ३ तारिक शनिबार विश्व प्रेस स्वतन्त्रता दिवस मनाईंदै छ । सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । हरेक वर्षको मे ३ तारिखमा विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्त्वको विषयमा पैरवी अनि बहस गरिँदै समाचार सङ्कलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको सम्झना र सम्मान गर्दै मनाइन्छ । संयुक्त राष्ट्र संघीय युनेस्कोको आह्वानमा यो दिवस मनाइने क्रमको सुरुआत भएको हो ।...
कोलोराडोमा साहित्यकार नवराज लम्सालसँग साहित्यिक भेटघाट तथा अन्तरक्रिया हुँदै

कोलोराडोमा साहित्यकार नवराज लम्सालसँग साहित्यिक भेटघाट तथा अन्तरक्रिया हुँदै

कोलोराडो । अमेरिकाको कोलोराडोमा वरिष्ठ साहित्यकार डा. नवराज लम्सालसँग साहित्यिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । अनेसास कोलोराडो शाखाको आयोजनामा मे ४ तारिक अर्थात आगामी आइतबार वेस्टमिनिस्टर स्थित नेपाली घरमा उक्त कार्यक्रम हुनेछ । दिउँसो २ बजेबाट शुरु हुने उक्त कार्यक्रममा कोलोराडोवासी नेपालीभाषी साहित्यप्रेमीहरुलाई उपस्थितिका लागि शाखा अध्यक्ष किरण अधिकारीले निमन्त्रणा गरेका छन् । कार्यक्रममा डा. लम्सालसँग अन्तरक्रियासँगै रचना बाचनसमेत हुनेछ । ...
रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु

रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु

नेपाल । बिहीबारदेखि रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको छ । मच्छिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान गराएपछि विधिवत रुपमा मच्छिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ । हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा बुधबार सुरु भएको हो । पद्मपाणी लोकेश्वर र बुगं द्यःको नामले पनि पुकारिने मच्छिन्द्रनाथको आगमन नेपालमा भएको र विनाशकारी खडेरीको अन्त्यको उपलक्ष्यमा रथयात्रा निकालिएको मानिन्छ । पुल्चोकबाट रथलाई तानेर गावहाल पुर्‍याइएको छ । गावहाल सुन्धारा हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ । त्यसपछि मच्छिन्द्रनाथलाई बुङमती पुर्‍याइन्छ । ...
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छ्न् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट गर्बुजालाई उक्त मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकिएको शितल निवासले जनाएको छ । गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् । यसअघिका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई प्रधानमन्त्रीले बर्खास्त गरेका थिए । ...
माधवले केपीलाई बुझाए सुशासन र रोजगारी तथा समाजवादको तयारी सन्दर्भमा ज्ञापन पत्र

माधवले केपीलाई बुझाए सुशासन र रोजगारी तथा समाजवादको तयारी सन्दर्भमा ज्ञापन पत्र

नेपाल । नेकपा (एस) ले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सुशासन र रोजगारी, समाजवादको तयारीका सन्दर्भमा ज्ञापन पत्र बुझाएको छ। बुधबार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा पार्टीले प्रधानमन्त्री ओलीलाई मुलुकको सुशासन, रोजगारी, आर्थिक, सामाजिकलगायतका क्षेत्रमा सुधारका लागि गर्नुपर्ने कामबारे मागपत्र बुझाएका हो। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार ओलीलाई एकीकृत समाजवादीले बुझाएको मागपत्रमा मुलुक बेरोजगारी र कुशासनबाट मुक्त हुन नसकेको उल्लेख गर्दै व्यवस्थामा सुधार गर्नुपर्ने माग गरिएको छ। माग पत्रमा भनिएको छ, ‘हाम्रो अपमानपूर्ण इतिहासलाई बदल्न, हाम्रो राजनीतिका नालायकीबाट शिक्षा लिन, बरालिएको राजनीतिलाई राष्ट्र निर्माणमा फर्काउन र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धि र समाजवादका आधार तयार गर्ने एउटा सार्थक राजनीतिका लागि ढिलो भैसकेको छ। त्यसबाट आजको राज...
एउटा नाटकीय घटनाः रेशम चौधरी पक्राउ परे, करीब ५ घण्टामै रिहा भए !

एउटा नाटकीय घटनाः रेशम चौधरी पक्राउ परे, करीब ५ घण्टामै रिहा भए !

नेपाल । बुधबार नेपालमा एउटा नाटकीय घटना भयो । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ दिउँसो परे र साँझ रिहा भए । सर्वोच्च अदालतको एक अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनलाई लगत्तै डिल्लीबजार कारागार लगिएको थियो । प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेको थियो । फेरि सर्वोच्चको पत्र अनधिकृत भएको पाइएसँगै अर्को पत्र लेखेर छाड्न भनिएको थियो । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता सभामा सहभागी हुन प्रज्ञाभवन गएका बेला उनी पक्राउ परेका थिए । चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टमाथि अनुसन्धान गर्न आदेश जारी गरेसँगै विष्ट पक्राउ परेका छन् । ...
सरकार र शिक्षक महासंघबीच भएका ९ बुँदे सहमति, २९ दिनमा आन्दोलन स्थगित

सरकार र शिक्षक महासंघबीच भएका ९ बुँदे सहमति, २९ दिनमा आन्दोलन स्थगित

नेपाल । बुधबार राति नेपाल सरकार र नेपाल शिक्षक महासंघबिच नौ बुँदे सहमति भएको छ । सहमति भएसँग आन्दोलन फिर्ता लिएर शिक्षकहरु बिहीबारदेखि घर फर्किएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले उक्त सहमतिलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा गृहमन्त्री रमेश लेखकले कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट सुरु हुने भएकाले त्यसलाई सफल बनाउनका लागि लाग्न सबै शिक्षकसँग आग्रह गर्नुभयो । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधबार बसेको बैठकमा सहमति जुटेको जानकारी दिनुभयो । शिक्षकहरुले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका थिए । आन्दोलनको २९ दिनपछि सहमति भएको हो । सो आन्दोलन स्थगन भएको र बिहीबारदेखि विद्यार्थी भर्ना र परीक्षाका कार्यक्रम सुचारु हुने उहाँको भन...
अदालतको अवहेलना मुद्दामा गगन थापासँग लिखित जवाफ माग्ने आदेश

अदालतको अवहेलना मुद्दामा गगन थापासँग लिखित जवाफ माग्ने आदेश

नेपाल । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश गरेको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मंगलबार लिखित जवाफ माग्ने आदेश गरेको हो । “संविधानको धारा १०५ ले आत्मसात गरेको सन्दर्भमा अदालतमा विचाराधीन मुद्दामा निस्पक्ष न्याय सम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलता समेतलाई विचार गरी अदालत समक्ष विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै अभिव्यक्ति दिने कार्य नगर्नु नगराउनु”, आदेशमा भनिएको छ । कांग्रेस महामन्त्री थापाले ५२ जना संवैधानिक पदाधिकारीहरूको मुद्दा ‘सर्वोच्च अदालतले डिल गरेको’ भन्ने अभिव्यक्ति दिएका थिए । अधिवक्ता अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बोलेको उल्लेख गर्दै कांग्रेस महामन्त्री थापाविरूद्ध अदालतको अवहेलनामा कारबाह...
भारत सरकार नेपालमा व्यवस्थालाई उल्ट्याउने पक्षमा छैनः बाबुराम

भारत सरकार नेपालमा व्यवस्थालाई उल्ट्याउने पक्षमा छैनः बाबुराम

नेपाल । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले भारत सरकार नेपालमा व्यवस्थालाई उल्ट्याउने पक्षमा नरहेको बताउनुभएको छ । भारत भ्रमण सकेर स्वदेश फर्किनुभएका पूर्वप्रधानमन्त्री डा. भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो बताउनुभएको हो । उहाँले भारतमा नागरिकस्तरमै पनि नेपालमा व्यवस्था उल्टिने बारेमा चासो रहेको पाएको तर भारत सरकार र भारतका मुख्य शक्तिहरु त्यस पक्षमा नरहेको बताउनु भयो । उहाँले अनावश्यक ढंगले भ्रम पैदा गरेर प्रतिगामी शक्तिहरुले बिरोध गरिरहेको आरोप लगाउनु भयो । उहाँले नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा भारत नरहेको पाउँदा सन्तुष्टि मिलेको बताउनु भयो ।...