१० भाद्र २०८३, बुधबार

राजनीति/समाज

मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्र १२५औँ वर्षमा प्रवेश

मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्र १२५औँ वर्षमा प्रवेश

नेपाल । नेपालबाट गोरखापत्रको प्रकाशन वैशाख २४ गते बुधबार १२५औँ वर्षमा प्रवेश गरेको छ । यसै दिन राष्ट्रिय पत्रकारिता दिवससमेत मनाउने गरिन्छ । मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको विसं १९५८ वैशाख २४ गतेको स्मरणमा हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाइन्छ । विसं २०७३ देखि राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरु गरिएको हो । एक शताब्दीभन्दा लामो इतिहास बोकेको गोरखापत्र मुलुकको गौरवशाली प्रकाशन हो । गोरखापत्र प्रकाशनको प्रारम्भदेखि १९९१ साल वैशाख ८ गतेसम्म हप्ताको एक दिन सोमबार र त्यसपछि २००१ साल असोजसम्म बुधबार प्रकाशन हुन थाल्यो । पछि साताको दुई र तीन पटक हुँदै २०१७ साल फागुन ७ बाट दैनिक भएको हो ।...
वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी

वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी

नेपाल । मंगलबार पनि संघीय संसद्को दुवै बैठक बस्दै छन् । प्रतिनिधिसभाको बैठक विहान ११ वजे र राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ वजे बस्ने छ । सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रममाथि सोमबारदेखि ती दुवै सदनमा छलफल जारी छ । बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि केन्द्रित रही सांसदहरूले आ आफ्नो भनाइ राख्नहुने कार्यसूची छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । ...
नेकपा (एस) ले देशभरका ७ सय ५३ पालिकामा बुझायो ज्ञापन पत्र

नेकपा (एस) ले देशभरका ७ सय ५३ पालिकामा बुझायो ज्ञापन पत्र

नेपाल । नेकपा (एस) ले देशभरका ७ सय ५३ पालिकामा ज्ञापन पत्र बुझाएको छ । सोमबार पार्टी केन्द्रको निर्णयअनुसार देशभरका ७ सय ५३ पार्टीको पालिकामा पालिका कमिटीले ज्ञापन पत्र बुझाएका हुन् । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ का सन्दर्भमा पालिका कमिटीले स्थानीय समस्या समाधान गर्नका निम्ति ज्ञापन पत्र बुझाइएको हो । स्थानीय समस्यालाई स्थानीय सरकारले नै सम्बोधन गर्नुपर्ने भन्दै सुशासन, रोजगारी, उत्पादन, विकास र समृद्धिका माग अघि सारेर मागपत्र बुझाएको हो । यसअघि बैशाख १७ गते पार्टीका केन्द्रीय कमिटीले प्रधानमन्त्री केपी ओलीलाई भेटेर ज्ञापन पत्र बुझाएको थियो। त्यस्तै बैशाख १९ गते जिल्ला र प्रदेश कमिटीले ज्ञापन पत्र बुझाएका थिए।...
हेम-सरिता पाठक फाउन्डेसनद्वारा पाँच जना सर्जक पुरस्कृत

हेम-सरिता पाठक फाउन्डेसनद्वारा पाँच जना सर्जक पुरस्कृत

नेपाल । हेम–सरिता पाठक फाउन्डेसनले प्रज्ञा भवनमा पत्रकार तथा गीत र कविताका गरी पाँच जना सर्जकलाई पुरस्कृत गरेको छ । कार्यक्रममा दुई लाख राशिको टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय मातृका दाहाल र दीपा दाहाल संयुक्त रूपमा पुरस्कृत हुनुभयो । यसैगरी एक लाख राशिको ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ गीतकार गोपालप्रसाद थपलिया र सङ्गीतकार एवं गायक शिशिर योगी संयुक्त रूपमा पुरस्कृत हुनुभयो । उहाँहरूले ‘जनतालाई रुवायो’ गीतका लागि सो पुरस्कार पाउनुभएको हो । यसै गरी एक लाख राशि रहेको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कारबाट कवि तोया भट्ट पुरस्कृत हुनुभयो । कार्यक्रममा उत्कृष्ट २५ कविलाई प्रमाणपत्र प्रदान गरिएको थियो । उहाँहरूलाई प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंह, फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक र अध्यक्ष जेनी पाठकले संयुक्त रूपमा पुरस्कार प्रदा...
संक्रमणकालीन न्याय र समसामयिक विषयमा ओली र प्रचण्डबीच छलफल

संक्रमणकालीन न्याय र समसामयिक विषयमा ओली र प्रचण्डबीच छलफल

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सिंहदरबारमा भेटवार्ता भएको छ । आइतवार साँझ सिंहदरबारमा भएको भेटवार्तामा दुवैबीच संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीसँग नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भेटका क्रममा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको र संक्रमणकालीन न्यायको प्रक्रिया सकारात्मक रुपमा अघि बढिरहेको पाएको बताए । अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्याय टुंगो लगाउनेबारेमा भइरहेको प्रक्रियाका बारेमा जिज्ञासा राखेका थिए । जसमा संक्रमणकालीन न्याय टुंगो लगाउन भइरहेको प्रक्रियाबारे प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई जानकारी गराएको उपमहासचिव पुनले बताए । संक्रमणकालका पीडितहरुले प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्ना सरोकारका विषयहरु राखेको र स...
बजेट ठोस र परिमाणमुखी हुनुपर्नेमा नेकपा एमालेको जोड

बजेट ठोस र परिमाणमुखी हुनुपर्नेमा नेकपा एमालेको जोड

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ। ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकमा आगामी आर्थिक वर्षको सन्दर्भमा छलफल भएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले बैठकमा नेताहरुले बजेट ठोस र परिमाणमुखी हुनुपर्नेमा जोड दिएको बताउनुभयो । यसैगरी, बैठकले बजेट उत्पादन र उत्पादत्वमा केन्द्रित हुनुपर्ने नेताहरुले सुझाव दिएका छन् । उपमहासचिव ज्ञवालीले कृषि क्षेत्रका सघन क्षेत्र निर्माण गरेर किसानलाई जमिन, प्रविधि, बजार र बचतमा जोड दिँदै उनीहरुको आम्दानी बढाउने र मुलुकलाई आत्मनिर्भरतामा बढाउने गरी बजेट केन्द्रित हुनुपर्ने सुझाव प्राप्त भएको उहाँले बताउनुभयो । उपमहासचिव ज्ञवालीले बजेटमा ‘जेन–जी’ पुस्तालाई केन्द्रमा राखेर उद्यमशीलता, उद्यममा क्रियाशील बनाउँदै जेन–जीसँग...
डा. अर्जुन कार्की नेपाल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त

डा. अर्जुन कार्की नेपाल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त

नेपाल । नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा। अर्जुन कार्की र रजिस्ट्रारमा डा. सूर्यराज आचार्य नियुक्त हुनुभएको छ । विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रस्टी) ले उहाँहरूलाई आइतबार नियुक्त गरेको हो । पेसाले चिकित्सक कार्की पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति हुनुहुन्छ । आचार्य सार्वजनिक नीति र पूर्वाधारविज्ञ हुनुहुन्छ । उपकुलपति तथा रजिस्ट्रारको नियुक्ति सिफारिस समितिको सिफारिसका आधारमा गरिएको हो । विश्वविद्यालय ऐन अनुसार विश्वविद्यालयको उच्च शासकीय निकाय संरक्षक परिषद् रहने व्यवस्था छ । सार्वजनिक सूचनामार्फत प्राप्त आवेदनमध्येबाट सिफारिस समितिले योग्य उम्मेदवारलाई सङ्क्षिप्त सूचीमा समावेश गरी कार्यपत्र प्रस्तुतीकरण र अन्तर्वार्ता सञ्चालन गरेको थियो ।...
जमिनमुनि भासिएर हराएको माछा बोक्ने बलेरो अझै भेटिएन

जमिनमुनि भासिएर हराएको माछा बोक्ने बलेरो अझै भेटिएन

नेपाल (हेटौंडा) । हेटौँडा उपमहानगरपालिका वडा नं १७ गैरीगाउँमा एक्कासी जमिनमुनि भासिएर हराएको माछा बोक्ने बलेरो गाडी (भ्यान) तीन दिन बितिसक्दा पनि फेला परको छैन । वैशाख १९ गते शुक्रबार जमिन भासिएर हराएको गाडी आइतबार साँझसम्म फेला नपरेको हो । घटनास्थलको हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानिया, वडा नं १६ का वडाध्यक्ष रामकृष्ण कोइराला र १७ नं वडाध्यक्ष उद्धव सत्यालले स्थलगत अनुगमन पनि गर्नुभएको छ । स्थलगत अनुगमन पश्चात् विपद्को बैठक बसेर भूगर्भविद् ल्याएर अध्ययन अनुसन्धान गर्ने तयारी गरिएको छ । गाडीको खोजलाई निरन्तरता दिँदै गाडी भासिएको विषयमा खोज अध्ययन गर्ने तयारी गरिएको हो । नजिकै बोरिङ भएकाले घटना भएको हुन सक्ने पनि उपप्रमुख बानियाले अनुमान गर्नुभयो । अनुसन्धान गर्न सरोकारवाला निकायमा पत्राचार गरिसकेको उहाँले जानकारी दिनुभयो । गाडी भासिँदै गएपछि सडकमै पानीको ...
सत्तारुढ एमाले र काँग्रेसले गरे आगामी आव २०८२–८३ को नीति तथा कार्यक्रमबारे छलफल

सत्तारुढ एमाले र काँग्रेसले गरे आगामी आव २०८२–८३ को नीति तथा कार्यक्रमबारे छलफल

नेपाल । सत्तारुढ नेकपा एमाले र नेपाली काँग्रेसले गते शुक्रबार सार्वजनिक सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रमबारे छलफल गरेका छन् । यसैक्रममा नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझावसहित छलफलमा सहभागी भई समर्थन जनाउने निर्णय गरेको छ । नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनमा पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा शनिबार बसेको संसदीय दलको बैठकले नीति तथा कार्यक्रममा राष्ट्रिय आवश्यकता समेटिएकाले समर्थन गर्ने निर्णयसमेत गरेको छ । संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे बैठकले नीति कार्यक्रम सम्बोधन गर्ने गरी आगामी बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको जानकारी दिए । त्यसैगरी सरकारको नीति तथा कार्यक्रमको पक्षमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको...
नेपालमा एक वर्षमा भए प्रेस स्वतन्त्रता हननका ७३ घटना

नेपालमा एक वर्षमा भए प्रेस स्वतन्त्रता हननका ७३ घटना

नेपाल । नेपाल पत्रकार महासंघका अनुसार बितेको एक वर्षमा नेपालमा प्रेस स्वतन्त्रता हननका ७३ घटना भएका छन् । महासंघको रिपोर्टले सन् २०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्म भएका ७३ वटा प्रेस स्वतन्त्रता हननका घटनामा दुई जना पत्रकारको हत्या र दुई जना गिरफ्तारीमा परेका हुन् । महासंघले शनिबार सार्वजनिक गरेको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा २०८२ को वार्षिक प्रतिवेदनमा २२ जना पत्रकारलाई रिपोर्टिङमा अवरोध, २९ जनालाई दुव्र्यवहार र धम्की, २१७ जनालाई आक्रमण र ७४ जनालाई पेसागत असुरक्षा भएको हो । महासंघले शनिबार आयोजना गरेको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन (२०८१ वैशाख २१ देखि २०८२ वैशाख १७ गतेसम्म) सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारीकर्मी र विभिन्न विषयविज्ञले तीनकुने घटनाको अनुसन्धान जारी राखेकाले अध्ययन पूरा भएपछि...