११ भाद्र २०८३, बिहीबार

राजनीति/समाज

जेठ १५ गतेबाट जनआन्दोलन सुरू गर्ने राजावादीहरुको घोषणा

जेठ १५ गतेबाट जनआन्दोलन सुरू गर्ने राजावादीहरुको घोषणा

नेपाल । नेपालमा राजावादीहरूले राजसंस्था पुनःस्थापनाका लागि अनिश्चितकालीन संयुक्त जनआन्दोलनको घोषणा गरेका छन् । आउँदो जेठ १५ गतेबाट जनआन्दोलन सुरू गर्ने तथा राजसंस्था र हिन्दू राष्ट्र स्थापन नभएसम्म नटुंगिने उनीहरूले घोषणा गरेका हुन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार एक कार्यक्रम गरी संयुक्त आन्दोलनको घोषणा गरेको हो । यो आन्दोलनमा राप्रपा र राप्रपा नेपालसहित अन्य राजावादी शक्तिहरू पनि सामेल रहनेछन् । राजावादीले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना, सनातन हिन्दू राष्ट्रको स्थापना र संघीयता खारेजीका तीन प्रतिवद्धता व्यक्त गरेका छन् ।...
लेखकहरू विचार उत्पादनका केन्द्रः राष्ट्रपति

लेखकहरू विचार उत्पादनका केन्द्रः राष्ट्रपति

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले लेखकहरू विचार उत्पादनका केन्द्र भएको उल्लेख गर्दै हरेक स्रष्टाले सिर्जनाका माध्यमबाट नवीन चिन्तन गरिरहने उल्लेख गर्नुभएको छ । नेपाली लेखक संघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई बिहीबार राष्ट्रपति कार्यालयमा बधाई तथा शुभकामना दिँदै उहाँले भन्नुभयो, “लेखक स्वयंमा सत्ता हो, सङ्गठन, विचार र आफैँमा अभियान पनि हो ।” मुलुकभरका ३०१ प्रतिनिधि सहभागी सङ्घको गत चैत १६ र १७ गते लुम्बिनीमा आयोजित आठौँ राष्ट्रिय अधिवेशनले वियोगी बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । उक्त कार्यसमितिलाई राष्ट्रपतिले एक कार्यक्रमबीच बधाई तथा शुभकामना दिनुभएको हो । उहाँले सङ्घले लोकतान्त्रिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र प्रकाशन स्वतन्त्रताका पक्षमा वकालत गर्दै आएको इतिहाससमेत रहेको स्मरण गर्नुभयो । लेखक संघले स्थापनाकालदेखि नै लोकतान्त्रिक मूल्यमान...
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलगायत २३ जनामाथि ५ दिनको म्याद थप

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलगायत २३ जनामाथि ५ दिनको म्याद थप

नेपाल । राज्यविरुद्धको कसुर र सङ्गठित अपराध कसुरमा अनुसन्धान गर्न राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २३ जनामाथि ५ दिनको म्याद थप गरिएको छ । जिल्ला प्रहरी पसिसर काडमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले उहाँहरुलाई बिहीबार काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको जिल्ला प्रहरी पसिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक हुँदा २ जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए । सरकारीलगायत निजी संरचनामा आगो समेत लगाइएको थियो भने तोडफोड समेत भएको थियो । यी घटनाहरुमा जोडेर मिश्र र प्रसाईंलाई पक्राउ गरिएको हो ।...
पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न काँग्रेसको पदाधिकारी बैठक बस्दै

पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न काँग्रेसको पदाधिकारी बैठक बस्दै

नेपाल । शुक्रबार सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पर्सि बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्नेछ । बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा कुराकानी हुने उनले बताए । बैठकले भारत र पाकिस्तान युद्धमा पार्टीको धारणा पनि तय गर्नसक्ने सुनाए । सत्तारुढ दल एमालेसँग कुरा नमिल्दा राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको छ । बैठकमा त्यसबारेमा पनि छलफल हुने जनाइएको छ । ...
हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीयः राष्ट्रपति

हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीयः राष्ट्रपति

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको बताउनुभएको छ । राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त तथा प्रभावकारी माध्यम भएको बताउनुभयो । राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएको भन्दै स्वतन्त्र र निष्पक्ष पत्रकारिता बिना लोकतन्त्रको कल्पना गर्न नसकिने स्पष्ट पार्नुभयो । सो अवसरमा वरिष्ठ पत्रकार सम्मान २०८१ पत्रकार महासङ्घका पूर्व अध्यक्ष विपूल पोखरेल र प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गणेश बस्नेतलाई प्रदान गरिएको थियो भने राष्ट्र...
अझै फेला परेन जमिनमा भासिएको गाडी !

अझै फेला परेन जमिनमा भासिएको गाडी !

नेपाल । हेटौँडा उपमहानगरपालिका वडा नं १७, गैरीगाउँमा गत शुक्रबार जमिनमा भासिएर हराएको बोलेरो गाडीका बारेमा अध्ययन गर्न आएको भूगर्भविद्को टोली गाडीको अवस्थितिका बारेमा पत्ता नै नलगाई फर्किएको छ । गैरीगाउँबाट चुच्चेखोलातर्फ आउँदै गरेको ना ४ च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बोलेरो गाडी अचानक चिप्लिन गई गत शुक्रबार दिउँसोबाट जमिनमा भासिएपछि बेपत्ता भएको हो । दलदलमा भासिएर बेपत्ता भएको उक्त गाडी छैटौँ दिन हुँदासमेत फेला परेको छैन । उता जमिनभित्रै हराएको गाडीका बारेमा अध्ययन गर्न आएको भूगर्भविद्को टोली बुधबार दिउँसो काठमाडौँ फर्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । भूगर्भविद् नारायण अधिकारीसहितको टोली आफूहरू नै असुरक्षित भएको भन्दै फर्किएको हो । भूगर्भविद् अधिकारीले गाडी भासिएको घटनास्थल क्षेत्रमा चुम्बकीय शक्ति भएको प्रारम्भिक अ...
शौचालयमा लडेर घाइते भएका प्रचण्डको मेडिसिटी अस्पतालमा उपचार हुँदै

शौचालयमा लडेर घाइते भएका प्रचण्डको मेडिसिटी अस्पतालमा उपचार हुँदै

नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन् । मंगलबार राति करिब १२ बजे निवासमा शौचालयमा चिप्लिएर लडेपछि निधारमा चोट लागेको हो । उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । हाल उनको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको सचिवालयले जनाएको छ ।...
नेकपा एसको केन्द्रीय सचिवालय बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल

नेकपा एसको केन्द्रीय सचिवालय बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एस) केन्द्रीय सचिवालयको पाँचौ बैठक सम्पन्न भएको छ । मंगलबार पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठान, चम्पादेवीमा बैठक सम्पन्न भएको हो । बैठकमा वर्तमान समसामयिक राजनीतिक परिस्थिति, संसदमा छलफल भैरहेको सरकारको नीति तथा कार्यक्रम, आन्दोलनका दोस्रो चरणका कार्यक्रम निर्धारण, पार्टीको सङ्गठनात्मक कार्ययोजना लगायतका विषयमा छलफल गरिएको थियो। आन्दोलनको दोस्रो चरणका कार्यक्रमहरू पार्टी केन्द्रीय कार्यालयले तयार गरी घोषणा गर्ने निर्णय गरिएएको छ ।...
राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिलाईः देउवा

राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिलाईः देउवा

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिमा कुनै समस्या नभएको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कारण नभई राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिला भएको देउवाको भनाइ छ । मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले वर्तमान गठबन्धनमा कुनै समस्या नभएको जिकिर गर्नुभयो । ...
पूर्वमन्त्री प्रदीप नेपालको निधन, मंगलबारनै अन्त्येष्टि

पूर्वमन्त्री प्रदीप नेपालको निधन, मंगलबारनै अन्त्येष्टि

नेपाल । पूर्वमन्त्री प्रदीप नेपालको मंगलबार निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उहाँको मङ्गलबार उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उहाँ सूचना तथा सञ्चारमन्त्री हुनुहुन्थ्यो । यसैगरी उहाँले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । एमालेको पोलिटब्युरो सदस्य रहिसक्नुभएका उहाँले पत्रकारिता एवम् साहित्य विधामा निरन्तर कलम चलाउँदै आउनुभएको थियो । नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ताका रूपमा समेत काम गर्नुभएको थियो । विसं २०१० पुस २७ गते भोजपुरको गोगनेमा जन्मनुभएका नेपाल नवयुग, दृष्टि, छलफल, प्रकाश साप्ताहिकमा सम्पादक र विभिन्न पत्रपत्रिकामा लेख, रचना र नियमित स्तम्भकारका रूपमा पनि सक्रिय हुनुहुन्थ्यो । भूमिगत कालमा उहाँ सञ्जय थापाका नाममा परिच...