१९ बैशाख २०८३, शनिबार

राजनीति/समाज

नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरण कार्य तीव्र

नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरण कार्य तीव्र

नेपाल । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको लक्षित गरी क्रियाशील सदस्यता वितरण कार्य तीव्र पारिएको छ । महामन्त्री गगनकुमार थापा संयोजकत्वको क्रियाशील सदस्यता वितरणसम्बन्धी समितिको निर्देशनपछि मात्रै सदस्यता वितरणले तीव्रता पाएको हो । समितिले पार्टीका सबै कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण र वितरण कार्य सम्पन्न गरी निर्णयको प्रतिलिपि, अद्यावधिक विवरण, सदस्यता शुल्कसहितका कागजात तथा जिल्लाको प्रतिवेदन २०८१ चैत २९ गते केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएपछि मात्रै वडास्तरबाटै सदस्यता वितरणको काम अघि बढेको हो । कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीका अनुसार एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका क्षेत्रीय कार्यसमितिले प्रदेश सभा कार्यसमितिबाट प्राप्त क्रियाशील सदस्यता नवीकरण फाराम चैत १५ गते पठाउन भनिएको छ ।...
प्रतिगामी शक्तिका विरुद्ध संघर्षको तयारी गर्न नेकपा एसको कार्यकर्ता भेला हुँदै

प्रतिगामी शक्तिका विरुद्ध संघर्षको तयारी गर्न नेकपा एसको कार्यकर्ता भेला हुँदै

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एस) को राष्ट्रिय कार्यकर्ता भेला शुक्रबारबाट सुरु हुने भएको छ । पार्टीले मुलुकमा प्रतिगामी शक्तिका विरुद्ध संघर्षको तयारी, गणतन्त्रको पक्षमा जनप्रदर्शन, मुलुकमा पछिल्लो विकासित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न काठमाडौँको बबरमहलमा भेला आयोजना गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो । पार्टी निकट जनवर्गीय सङ्गठनका प्रतिनिधि, देशभरका प्रतिनिधि, कार्यकर्तालगायत करिब एक हजार सहभागी हुने भेलाको अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नुहुनेछ । शीर्षनेताहरूले प्रशिक्षण दिने कार्यसूची रहेको भेलामा पार्टीको कार्ययोजना तथा रणनीतिलाई सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश कमिटीले सन्देश प्रवाह गरी जनतालाई चनाखो गराउने तथा जनआन्दोलनको व्यवस्थापन गर्नेछन् । पार्टीका सबै तहका कमिटीहरू परिचालन गरी देशभर सङ्गठित सदस्य विस्तार तथा सङ्गठन थप स...
रछ्यानमा मिल्काइएका प्रतिगामी तत्वहरुले धमिलो पानीमा माछा मार्न खोजेः प्रचण्ड

रछ्यानमा मिल्काइएका प्रतिगामी तत्वहरुले धमिलो पानीमा माछा मार्न खोजेः प्रचण्ड

नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने बताएका छन् । मगर राष्ट्रिय मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन । अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र विचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको देखेर इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्वहरुले धमिलो पानीमा माछा मार्न खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यी दुबै हर्कतका विरुद्ध आवश्यक परे लाखौं जनता सडकमा उतारेर खबरदारी गर्ने बताए । अहिलेको राजनीतिक परिवर्तन विशेषतः संघीय लोकतान्त्रिक गणतन्त्रको जननी शक्तिको हैसियतले आफ्नो पार्टीले गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि सबै परिवर्तनकारी शक्ति र जनतालाई लिएर जस्तोसुकै सं...
विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन इजिप्टका राष्ट्रपतिलाई प्रधानमन्त्रीको आग्रह

विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन इजिप्टका राष्ट्रपतिलाई प्रधानमन्त्रीको आग्रह

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत विद्यार्थी जोशीको सकुशल र शीघ्र रिहाइका लागि भूूमिका निर्वाहका लागि राष्ट्रपति अब्देलसँग आग्रह गर्नुभएको हो । जवाफमा राष्ट्रपति अब्देलले यसबारे आफ्नो प्रयास भइरहने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले इजरायल र हमासबीचको युद्धविराम सम्झौताको नेपालले स्वागत गरिसकेको र यो क्रममा अरब गणतन्त्र इजिप्टले खेलेको भूमिकाको महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा सदैव रहेको स्पष्ट गर्दै यस मानवीय प्रकृतिको कार्यमा भूमिका निर्वाहका लागि कतार र संयुक्त राज्य अमेरिका सरकारलाई पनि...
संविधान र व्यवस्थाको रक्षाको लागि कांग्रेस दृढताका साथ उभिएको छः गगन

संविधान र व्यवस्थाको रक्षाको लागि कांग्रेस दृढताका साथ उभिएको छः गगन

नेपाल । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले संविधान र व्यवस्थाको रक्षाको लागि कांग्रेस दृढताका साथ उभिएको बताउँदै अन्य दलहरुलाई पनि एकजुट हुन आग्रह गरेका छन् । । मंगलबार प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनता आक्रोशित भएको भन्दै उनीहरु रिसाएको विषयलाई समाधान गर्नुपर्नेमा जोड दिएका छन् । थापाले गणतन्त्र आएपछि सबैभन्दा धेरै सरकारमा माओवादी केन्द्र बसेको उल्लेख गर्दै वर्तमान सरकारले गर्दा मात्र अहिलेको अवस्था आएको भन्ने प्रचण्डको भनाईको खण्डन गरेका थिए ।...
राष्ट्रिय सुरक्षामा देखिएको चुनौतीको सामना गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय सुरक्षामा देखिएको चुनौतीको सामना गर्न प्रधानमन्त्रीको निर्देशन

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षाका क्षेत्रमा देखिएका नयाँ नयाँ आयामहरुलाई मनन् गर्दै देखा पर्न सक्ने चुनौतीको सामना गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २४ औँ वार्षिकोत्सवका अवसरमा सिंहदबारमा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष प्रधानमन्त्री ओलीले परम्परागत सुरक्षा चुनौतीका अतिरिक्त सूचना र प्रविधिको दू्रत विकाससँगै यसको दुरुपयोगका कारण उत्पन्न साइबर अपराध, अन्तरदेशीय अपराध, जलवायु परिवर्तन, लागु औषध दूूव्र्यसन, सामाजिक सञ्जालको दुरुपयोगजस्ता कारणले राष्ट्रिय सुुरक्षालाई संवेदनशील बनाउने उल्लेख गर्नुभयो । उहाँले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा विभिन्न नयाँ आयाम र नवीन प्रवृत्तिहरू देखा पर्न थालेका र यसबाट राष्ट्रिय सुरक्षामा के कस्ता असर, प्रभाव र चुनौतीहरू सिर्जना हुन सक्ने भएकाले समयमै आँकलन तथा विश्लेषण गरी तदनुसार ...
गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने

गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने

नेपाल । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले देशलाई प्रतिगमनतर्फ लैजाने षडयन्त्रलाई प्रतिकार गर्नका लागि भन्दै चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको हो । गणतन्त्रको पक्षमा र प्रतिगमनको विरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्न लागिएको हो । त्यसअघि चैत्र १ गते बुद्धिजीवीसँग अन्तक्र्रिया गर्ने र त्यहि दिन पत्रकार सम्मेलन गर्ने निर्णय गरिएको छ ।...
राजावादीहरुको गतिविधिको जिम्मा वर्तमान सरकारले लिनुपर्छः प्रचण्ड

राजावादीहरुको गतिविधिको जिम्मा वर्तमान सरकारले लिनुपर्छः प्रचण्ड

नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरुको प्रदर्शनबाट नडराउने बताएका छन् । सोमबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले राजावादीहरुको प्रदर्शनले डराउनुपर्ने आवश्यकता नरहेको टिप्पणी गरे । प्रचण्डले राजावादीहरुको गतिविधिको जिम्मा सरकारले लिनुपर्ने बताउदै जनतामाझ सरकारप्रति निकै ठूलो आक्रोश रहेको प्रतिक्रिया दिए । साथै उनले राजावादीहरुको गतिबिधिविरुद्ध सडकमा उत्रिने बारेमा आफुहरु छलफलमा रहेको समेत बताए ।...
राजधानीका केही संवेदनशील क्षेत्रमा २ महिनाका लागि निषेधाज्ञा जारी

राजधानीका केही संवेदनशील क्षेत्रमा २ महिनाका लागि निषेधाज्ञा जारी

नेपाल । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुई महिनाका लागि राजधानीका केही संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा फागुन २५ गतेदेखि लागू भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरवार, प्रधानमन्त्री निवास बालुवाटार र संघीय संसद् भवन आसपासका क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ । प्रशासनले जारी गरेको आदेशअनुसार निषेधाज्ञा लागु भएका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भएर नाराबाजी, जुलुस, धर्ना, घेराउ तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालयहरू, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र आसपास विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, यातायात, सार्वजनिक सम्पत्तिको सुरक्षा तथा समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न...
कुलमानको अवमूल्यन हुने गरी कुनै पनि निर्णय नगर्न तामाङ राष्ट्रि मुक्ति मोर्चाको चेतावनी

कुलमानको अवमूल्यन हुने गरी कुनै पनि निर्णय नगर्न तामाङ राष्ट्रि मुक्ति मोर्चाको चेतावनी

नेपाल । तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अवमूल्यन हुने गरी कुनै पनि निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै मोर्चाले कुलमानको अवमूल्यन हुनेगरी सरकारले कुनै पनि निर्णय गरेको खण्डमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा निर्णायक आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी छ । ‘नेपाल विद्युत प्राधिकरण घाटामा गएकोमा पछिल्लो ६ महिनामा १२ अर्बभन्दा बढी मुनाफामा पु¥याउन सफल नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नियोजित र गैरन्यायिक ढंगले कार्य सम्पादनमा शुन्य अंक दिई कार्यक्षमतामा प्रश्न उठाई पटक पटक मन्त्रीले स्पष्टीकरण लिनु आफैंमा हास्यास्पद हो’ विज्ञप्तिमा भनिएको छ, ‘कार्यकारी निर्देशक घिसिङको अवमूल्यन हुनेगरी कुनै पनि निर्णय नगर्नका लागि हाम्रो मोर्चा सरकारको ध्यानकर्षण गराउँदछौँ, यदि ...