१९ बैशाख २०८३, शनिबार

राजनीति/समाज

काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा प्राडा वाग्ले नियुक्त

काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा प्राडा वाग्ले नियुक्त

नेपाल । काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा प्राडा अच्युतप्रसाद वाग्ले नियुक्त हुनुभएको छ । विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन जनामध्येबाट सोमबार डा वाग्लेलाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम नियुक्त गर्नुभएको हो । उपकुलपति छनोटका लागि डा सुरेशराज शर्मा, डा अर्जुन कार्की र जनार्दन नेपाल रहेको समिति गठन गरिएको थियो । सो विश्वविद्यालयका उपकुलपति डा भोला थापाको कार्यकाल गत माघ ६ गते सकिएको थियो । काभ्रेपलाञ्चोकको वनेपा नगरपालिकामा २०२५ सालमा जन्मनुुभएका नवनियुक्त उपकुलपति वाग्ले काठमाडौँ विश्वविद्यालयका कार्यवाहक उपकुलपति एवं रजिष्ट्रार हुनुहुन्थ्यो ।...
चैत ७ गतेदेखि नेपालमा एसइई परीक्षा हुँदै, सम्पूर्ण तयारी पूरा

चैत ७ गतेदेखि नेपालमा एसइई परीक्षा हुँदै, सम्पूर्ण तयारी पूरा

नेपाल । नेपालमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ । परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए । यसवर्षको परीक्षामा विद्यार्थीहरुको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेर पाँच लाख १४ हजार ७१ जना छन् ।” कार्यालयले यसवर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा ए...
नेकपा एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक बस्दै

नेपाल । नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा समसामयिक विषयमै छलफल हुने एमालेले जनाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ ।...
कुँवरको कार्यकाल सकियो, को होला नयाँ महानिरीक्षक ?

कुँवरको कार्यकाल सकियो, को होला नयाँ महानिरीक्षक ?

नेपाल । सोमबारदेखि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित ९ उच्च अधिकृतहरू एकसाथ अवकाशमा जाँदैछन् । कुँवर अवकाशमा जान लागेसँगै एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ नयाँ महानिरीक्षकको प्रतिस्पर्धामा छन् । प्रहरी महानिरीक्षक कुँवरसँगै अतिरिक्त महानिरीक्षकहरू टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह र जनक भट्टराई पनि अवकाशमा जान लोगका हुन् । त्यस्तै डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउतले पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने भएका छन् । सरकारले सोमबारनै बस्ने मन्त्रिपरिषद्‌बाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने तयारी गरेको छ ।...
जनताको ढुकुटीबाट कसैलाई पनि जीवनभर सेवा सुविधा दिनु हुन्नः गगन थापा

जनताको ढुकुटीबाट कसैलाई पनि जीवनभर सेवा सुविधा दिनु हुन्नः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वपदाधिकारीहरुले आजीवन सुबिधा पाउने कानूनको विरोध गरेका छन् । महामन्त्री थापाले शनिबार पाँचथरको प्रथम तुम्बेवा महोत्सव २०८१ लाई सम्बोधन गर्दै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले जनताको करबाट आजीवन सुविधा पाउनु न्यायसंगत नभएको बताउँदै यस्तो अनुत्पादक खर्च रोक्ने कानून बनाउनुपर्ने बताएका हुन् । स्वास्थ्य मन्त्री हुँदा सरकारी खर्चमा विदेश उपचार बन्द गर्ने कानून ल्याएका महामन्त्री थापाले जनताको ढुकुटीबाट जीवनभर सेवा सुविधा दिने कानुन ल्याउने तयारीको विरोध गरेका हुन् ।...
समाजवादी मोर्चा सरकारमा जाने टेको होइनः प्रचण्ड

समाजवादी मोर्चा सरकारमा जाने टेको होइनः प्रचण्ड

नेपाल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चा आफूलाई सरकारमा जाने टेकोका रुपमा निर्माण नगरिएको बताएका छन् । शनिवार ललितपुरमा समाजावदी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रचण्डको लागि समाजवादी मोर्चा टेको बनाइयो भन्नेकुरा सही नभएको बताए । उनले समाजवादी मोर्चालाई फागुन २५ गतेको राजावादीहरुको प्रदर्शनपछि मात्रै सक्रिय बनाइएको भन्ने कुरा गलत भएको र यसअघि पनि आफूहरुले विभिन्न कार्यक्रम गरेको बताए ।...
लुट्ने इतिहास बोकेकाहरूको हातमा देश जान हुँदैनः माधव नेपाल

लुट्ने इतिहास बोकेकाहरूको हातमा देश जान हुँदैनः माधव नेपाल

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वंशको आधारमा लुट्न खोज्नेहरूको हातमा देश पुगे बर्बाद हुने बताउनु भएको छ । समाजवादी मोर्चाले शनिबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लुट्ने इतिहास बोकेकाहरूको हातमा देश जान नहुने बताउनु भएको हो । पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै नेपालले वंशको आधारमा देश चलाउँछु भन्नेहरूले देशलाई लुट्न मात्रै जानेको बताउनुभयो। जनतामा असन्तुष्टि बढेको र पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्कने क्रममा त्यो सकडमा प्रकट भएको भन्ने प्रश्नको जवाफमा उनले व्यवस्था बदलिनु पर्ने तर पुरानोतिर फर्कने नभई अग्रगमनतिर जानु पर्ने विचार व्यक्त गर्नुभयो ।...
राजसंस्था र लोकतन्त्र एक अर्काको विरोधी होइनः राजेन्द्र लिङ्देन

राजसंस्था र लोकतन्त्र एक अर्काको विरोधी होइनः राजेन्द्र लिङ्देन

नेपाल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र लोकतन्त्र एक अर्काको विरोधी नभएको बताएका छन् । नेपालको राजनीतिक व्यवस्था परिवर्तनको संघारमा पुगेको उनको भनाई छ । उनले वर्तमान राजनीतिमा जनताले राखेको भावनालाई राजतन्त्र रोज्ने कि प्रजातन्त्र रोज्ने भनेर सञ्चारमाध्यमहरूले भ्रम सिर्जना गरेको आरोप लगाए । उनले राजसंस्था र प्रजातन्त्र एक आपसमा परिपूरक भएको भन्दै सञ्चारमाध्यमहरूले उचित सुझाव दिएर आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताए ।...
११ आङ्गिक क्याम्पसमा स्ववियु चुनावको प्रक्रिया रोकियो

११ आङ्गिक क्याम्पसमा स्ववियु चुनावको प्रक्रिया रोकियो

नेपाल । विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको प्रक्रिया अवरुद्ध भएको छ । विद्यार्थी सङ्गठनबीच विवाद हुँदा ११ वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न नसकेको त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ । देशभरि रहेका ६२ वटा आङ्गिक क्याम्पसमध्ये काठमाण्डौ उपत्यकामा छ र उपत्यका बाहिर पाँच वटा आङ्गिक क्याम्पसमा चुनावी प्रक्रिया अगाडि नबढेको हो । काठमाण्डौका नेपाल ल क्याम्पस, शङ्कर देव क्याम्पस, पब्लिक युथ क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, विश्वभाषा क्याम्पस र थापाथली इञ्जिनियरिङ क्याम्पस र काठमाण्डौ बाहिर महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, विराटनगर महेन्द्र मोरङ क्याम्पस र जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा प्रक्रिया रोकिएको निर्दे...
उत्पादन केन्द्रित विकास गर्नुपर्नेमा डा. बाबुराम भट्टराई जोड

उत्पादन केन्द्रित विकास गर्नुपर्नेमा डा. बाबुराम भट्टराई जोड

नेपाल । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले उत्पादन केन्द्रित विकास गर्नुपर्नेमा जोड दिएका छन् । उक्त पार्टीले आयोजना गरेको ‘नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिका अवधारणा र आधार’ विषयक अन्तरसंवादलाई सम्बोधन गर्दै उनले हालको अवस्थामा आर्थिक बजारलाई राज्यले खुला छाड्दा समस्या उत्पन्न भएकाले पूर्वाधारको विकास नहुँदासम्म राज्यले अपनत्व लिनु जरूरी रहेको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराईले सामन्तवादको तुलनामा पुँजीवाद प्रगतिशिल भएको उल्लेख गर्दै अहिले विकासलाई प्राथमिकता दिनुपर्ने बताए । ...