२१ बैशाख २०८३, सोमबार

पूर्वराष्ट्रपति डा. रामवरण यादवद्वारा ‘सत्सङ्गदीक्षा’ पुस्तक लोकार्पण

कोलोराडोखबर संवाददाता , July 14th, 2025

नेपाल । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्राचीन सनातन धर्म र पूर्वीय सभ्यताले नेपाल र भारतलाई धार्मिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध प्रगाढ तुल्याउन महत्वपूर्ण योगदान गरिरहेको बताउनुभएको छ ।

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति र स्वामी नारायण संस्था नेपालद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा ‘सत्सङ्गदीक्षा’ पुस्तकको लोकार्पण गर्दै उहाँले हाम्रो पहिचानका रूपमा रहेका अध्यात्म र विज्ञानलाई जोडेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

उहाँले प्राचीन सनातन धर्मले नेपाल र नेपालीबिचमा संस्कार, प्रेमभाव, भक्तिभाव र मेलमिलापको अनुपम नमुना प्रस्तुत गर्न सफल भएको धारणा राख्नुभयो ।

लोकार्पण भएको ‘सत्सङ्गदीक्षा’ १११ पृष्ठको उक्त ग्रन्थमा सत्सङ्गको महत्व दर्साउँदै सत्सङ्ग एवं भजनबिना व्यर्थ समय खेरा नफाल्नु तथा आलस्य एवं प्रमादका परित्याग सदैव गर्नु भन्ने जस्ता सन्देश दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्