११ भाद्र २०८३, बिहीबार

राजनीति/समाज

कांग्रेससँगको गठबन्धन २०८४ को चुनावसम्म जारी रहन्छः प्रधानमन्त्री ओली

कांग्रेससँगको गठबन्धन २०८४ को चुनावसम्म जारी रहन्छः प्रधानमन्त्री ओली

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धन २०८४ को चुनावसम्म जारी रहने बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकार नढल्ने दाबी गर्दै आफू अझै एक वर्ष प्रधानमन्त्री हुने जिकिर गरे । झापाको कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले मुलुकमा स्थिरता कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको बताए । उनले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै विधेयक पारित गरिने जानकारी दिए । ...
राप्रपाको आन्तरिक विवाद सतहमा, राणाको नेतृत्वमा छुट्टै भेला

राप्रपाको आन्तरिक विवाद सतहमा, राणाको नेतृत्वमा छुट्टै भेला

नेपाल । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्तरिक विवाद सतहमा आएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी ढंगले चलेको भन्दै इतर समूहले छुट्टै गुटगत भेला सुरु गरेका छन । पार्टीका महामन्त्री शवलशम्शेर राणाको नेतृत्वमा छुट्टै भेला बसेको हो । भेला राणाकै नक्सालस्थित सचिवालयमा बसेको हो । उनीहरुले अध्यक्ष लिङ्देनले विधान विपरीतका कार्य गरेको, मनोमानी रुपमा संगठन चलाएको आरोप लगाएका छन । राणासहितका नेताहरुले लिङ्देनका पछिल्ला काम–कारबाही प्रक्रिया संगत नभएको भन्दै निर्वाचन आयोगलाई जानकारी गराउने तयारी गरेको स्रोतको दाबी छ । छुट्टै भेलामा पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री तथा कार्यसम्पादन समिति सदस्य, हरिबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे, उपाध्यक्षस् मुकुन्दश्याम गिरी, महामन्त्री डा। धवलशम्सेर राणा,...
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाईंदै

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाईंदै

नेपाल । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती आइतबार देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति ...
पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन

पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन

नेपाल । पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएको छ। अस्पताल स्रोतका अनुसार शर्माको शनिबार साँझ ८ः१० बजे काठमाडौंका थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । उहाँ विसं २०६९ फागुन १२ देखि २०७५ फागुन १२ सम्म निर्वाचन आयुक्त हुनुभएको थियो । त्यसअघि उहाँले गोरखापत्र संस्थानबाट प्रकाशित दि राइजिङ नेपालमा १३ वर्ष कार्य गर्नुभएको थियो । उहाँका दुई छोरी हुनुहुन्छ ।...
नेपाली कांग्रेसका २६ नेता कार्यकर्तालाई कारबाही

नेपाली कांग्रेसका २६ नेता कार्यकर्तालाई कारबाही

नेपाल । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गर्ने २६ नेता तथा कार्यकर्तालाई सचेत गराएको छ । पार्टीको केन्द्रीय अनुशासन समितिको यही असार ९ देखि १७ गतेसम्म बसेको बैठकले पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको भनी प्राप्त हुनआएका उजुरीका आधारमा सचेत गराएको हो । समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाका अनुसार समितिले कैलालीमा दुई, डोल्पामा १०, सल्यानमा ११, दैलेखमा एक, खोटाङमा एक र धनुषामा एक गरी २६ जना पार्टीका नेता तथा कार्यकर्तालाई अब उप्रान्त पार्टी हितविरुद्ध काम नगर्न सचेत गराउने निर्णय गरेको हो । साथै प्राप्त अनुशासन कारबाही सम्बन्धित उजुरीहरू छानबिनकै क्रममा रहेको उनले जानकारी दिए । कांग्रेसले २०७९ सालमा सम्पन्न तीनै तहको निर्वाचनमा पार्टीका उम्मेदवार र पार...
एमालेका सम्पूर्ण कमिटीको ध्यान विधान महाधिवेशनमा केन्द्रित

एमालेका सम्पूर्ण कमिटीको ध्यान विधान महाधिवेशनमा केन्द्रित

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेका सम्पूर्ण कमिटीको ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको उल्लेख गर्नुभएको छ । विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसङ्गठनका इन्चार्ज र पदाधिकारीको भेलालाई बिहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले विधान महाधिवेशनको तयारीमा नलागेर कार्यकर्ता पार्टीभित्र नै कित्ताकाट गरेर हिँड्ने नेता कार्यकर्तालाई पार्टीले नजिकबाट नियालिरहेको उल्लेख गर्नुभयो । पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा आफैँ प्रतिनिधि हुने अनि सोही महाधिवेशनले पास गरेको विधानका बारेमा प्रश्न उठाउने कुरा सङ्गठनात्मक अराजकता भएको उहाँले दाबी गर्नुभयो ।...
एमालेको नेतृत्व लिनकै लागि सक्रिय राजनीतिमा फर्किएको विद्या भण्डारीको घोषणा

एमालेको नेतृत्व लिनकै लागि सक्रिय राजनीतिमा फर्किएको विद्या भण्डारीको घोषणा

नेपाल । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमन नेकपा एमालेको नेतृत्व लिनकै लागि भएको बताएकी छन् । बिहीबार इमेज टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भण्डारीले अहिले नै घोषणा गर्ने समय आइनसकेको तर आफू एमालेको अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएको बताएकी हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले यो कुरा भनिसकेको र पार्टी सदस्यता लिइसकेको उनको भनाइ छ ।...
पार्टी हित विपरीत कार्य नगर्न काँग्रेसले ६ नेता कार्यकर्तालाई सचेत गरायो

पार्टी हित विपरीत कार्य नगर्न काँग्रेसले ६ नेता कार्यकर्तालाई सचेत गरायो

नेपाल । नेपाली कांग्रेसको अनुशासन समितिको २६ नेता कार्यकर्तालाई पार्टी हित विपरीत कार्य नगर्न सचेत गराएको छ । गत निर्वाचनमा पार्टीका वा समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको उजुरीका आधारमा अब उप्रान्त पार्टी हित विपरीत कार्य नगर्न सचेत बनाएको समितिका संयोजक आनन्द ढुङ्गानाले जानकारी दिएका छन । कैलालीमा २, डोल्पामा १०, सल्यानमा ११, दैलेखमा १, खोटाङ्गमा र धनुषामा १–१ जना समेत गरी जम्मा २६ जना सचेत गराइएको ढुङ्गानाले जानकारी दिए । तीन तहको निर्वाचनमा पार्टीका उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक भई कारबाही परेका तर फुकुवाको पुनरावेदन प्राप्त अनुशासन समितिले जनाएको छ । कारबाही फकुवाको माग गरेर निवदेन दिनेहरूमा कोशीमा १७, मधेशमा २३, बागमतीमा ४, गण्डकीमा ३, लुम्बिनीमा ३६, कर्णालीमा ४ र सुदूरपश्चिममा १ गरी ८८ जना रहेको अनुश...
बाढीपहिरोबाट धनजनको क्षति भएकाले राज्य संवेदनशील हुनुपर्छः माओवादी केन्द्र

बाढीपहिरोबाट धनजनको क्षति भएकाले राज्य संवेदनशील हुनुपर्छः माओवादी केन्द्र

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले बाढीपहिरोबाट ठुलो मात्रामा धनजनको क्षति भएकाले राज्य संवेदनशील हुनुपर्ने माग राखेको छ । माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पदाधिकारी बैठकले रसुवागढी नाकालगायत देशैभर बाढीपहिरोले जनता पीडित भएकाले राज्यले उद्धार र राहतको कार्यमा तत्परता देखाउनुपर्ने सुझाव दिएको हो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले मनसुन सुरु भएलगत्तै देशैभर बाढीपहिरोले धनजनको क्षति पुर्‍याएकाले त्यसमा राज्य संवेदनशील हुनुपर्ने बताउनुभयो ।...
पार्टीलाई समाज बदल्ने उद्देश्यतर्फ केन्द्रित गर्नु पर्छः महासचिव पोखरेल

पार्टीलाई समाज बदल्ने उद्देश्यतर्फ केन्द्रित गर्नु पर्छः महासचिव पोखरेल

नेपाल । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीमा नेतृत्वको विषयमा छलफल गर्ने बेला नभएको बताएका छन्। ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले अहिले विधान महाधिवेशनमा आइरहेकाले पार्टीले विधि र विधानको विषयमा प्रवेश गरेको बताए । उनले पार्टीको वैचारिक र राजनीतिक काममा पार्टीको ध्यान पुग्न नसकेको बताए । महासचिव पोखरेलले पार्टीलाई समाज बदल्ने उद्देश्यतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिए । महासचिव पोखरेलले मिसन २०८४ मा पार्टी एकताबद्ध भएर लैजानु आवश्यक रहेको छ ।...