२१ बैशाख २०८३, सोमबार

‘भूपरिवेष्ठित मुलुकहरूको रूपान्तरण कुनै विकल्प होइन, समयको आवश्यकता हो’-प्रधानमन्त्री

कोलोराडोखबर संवाददाता , August 6th, 2025

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित विकासशील देशहरू (एलएलडिसी) को दीगो समृद्धिका लागि संरचनात्मक रूपान्तरण, विविधीकरण, तथा विज्ञान, प्रविधि र नवप्रवर्तनलाई प्रमुख आधार बनाउनुपर्नेमा जोड दिनुभएको छ।

तुर्कमेनिस्तानको आवाजामा जारी एलएलडिसीहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन अन्तर्गत आयोजित ‘समृद्धिको चालकको रूपमा संरचनात्मक रूपान्तरण, विविधीकरण र नवप्रवर्तन’ विषयक उच्चस्तरीय विषयगत राउण्ड टेबल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भूपरिवेष्ठित मुलुकहरूको रूपान्तरण कुनै विकल्प होइन, समयको आवश्यकता हो।’

उहाँले भूपरिवेष्ठित देशहरूमा दिगो विकास सुनिश्चित गर्नको लागि नवप्रवर्तन र प्रविधिको उपयोग अपरिहार्य रहेको धारणा राख्नुभयो। ‘हाम्रो भौगोलिक अवस्थाले हामीलाई सीमित बनाएको छ, तर प्रविधिको प्रयोगले यी सीमाहरू पार गर्न सकिन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्