१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

बडादशैंको नवौं दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

बडादशैंको नवौं दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

नेपाल । आश्विन शुक्ल नवमीका दिन बुधबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले यी देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ । यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिएकी छिन् । सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ । दुर्गा देवीका नौ नाम स्वयम् ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताउनुभएको विभिन्न पुराणमा उल्लेख छ । यी नौ नाम स्मरणमात्र गर्नाले जुनसुकै कष्ट वा सङ्कटबाट पनि मानिसले सजिलैसँग छुटकारा पाउने विश्वास गरिन्छ । नवरात्रको पहिलो दिन...
नवकुमारीलाई कुमारी घरमा प्रवेश गराइयो

नवकुमारीलाई कुमारी घरमा प्रवेश गराइयो

नेपाल । जीवितदेवी कुमारी चयन भएसँगै नवनियुक्त कुमारीलाई मंगलबार अष्टमीको दिनको शुभ साइतमा कुमारी घर प्रवेश गराइ आसनमा विराजमान गराइएको छ । इतुम्बहालका आर्यतारा शाक्य कुमारीको रुपमा उहाँ चयन हुनुभएको हो । बिहान ढल्को अवस्थित उहाँको निवासमा बाजागाजाका साथ हनुमानढोकासम्म ल्याइ विधिवत पूजाआजा गरी कुमारी घरमा प्रवेश गराइएको हो । नव कुमारीको आगमनसँगै पूर्व कुमारीलाई सम्मानका साथ विदाइ गरिएको हो । कुमारीघरबाट विधिवत रुपमा उहाँको निवाससम्म पुर्याउन गएको हो । आसनमा आशितकुमारी परिपक्व हुनुभन्दा अगाडि नै कुमारी परिवर्तन परम्परा रहिआएकोलाई अनुसरण गरी आजको शुभसाइत कुमारी परिवर्तन भएको चिताइदार गौतम शाक्यले बताउनुभयो । तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइन्छ। कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई ...
कांग्रेस सभापति देउवाका सासुससुराको घरमा पनि सीआईबीको छापा

कांग्रेस सभापति देउवाका सासुससुराको घरमा पनि सीआईबीको छापा

नेपाल । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका सासुससुराको घर पनि छापा मारेको छ । आइतबार साला भूषण राणा र उनका बुवाआमा बस्ने जावलाखेलका छुट्टाछुट्टै दुई घरमा सीआईबीले छापा मारेको हो । भूषण देउवाका साला एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाकी भाइ हुन् । छापा मार्ने क्रममा भूषण भने घरमा थिएनन् । बुवाआमा भने घरमै थिए । ललितपुर महानगरपालिका–४ मा पर्ने उनीहरूको घरमा प्रहरीले छुट्टाछुट्टै छापा मारेको हो । सीआईबीका अधिकृतहरूले बताए अनुसार, शंकास्पद नगद वा अन्य केही कागजात रहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।...
चार डिआइजी एआईजीमा बढुवा सिफारिस

चार डिआइजी एआईजीमा बढुवा सिफारिस

नेपाल । नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समिति, सचिवालयको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फका डिआइजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआइजीमा बढुवा सिफारिस गरेको हो । बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार चार डिआइजीलाई एआइजीमा बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो ।...
जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिको पहिचान र सहज उपचारको व्यवस्था गर्न परिचयपत्र वितरण

जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिको पहिचान र सहज उपचारको व्यवस्था गर्न परिचयपत्र वितरण

नेपाल । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिको पहिचान र सहज उपचारको व्यवस्था गर्न परिचयपत्र उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले घाइतेलाई परिचयपत्र उपलब्ध गराउन गृह मन्त्रालयले प्रारम्भ थाल्ने जानकारी दिनुभयो । मन्त्री खरेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले घाइतेको पुनः उपचार अर्थात् फलोअपका लागि अस्पताल तोक्नुका साथै ती अस्पतालमा जेनजी क्लिनिक सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो । “घाइतेको निःशुल्क आवतजावतसँगै उपचारको समेत व्यवस्था मिलाउने निर्णय भएको छ । घाइतेको उपचारका लागि स्वास्थ्य मन्त्रालयले हटलाइनको व्यवस्था मिलाउनुका साथै सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकेर निजको सम्पर्क नम्बर सार्वजनिक रूपमा राखिने छ,” उह...
नेकपा एसले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने

नेकपा एसले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने

नेपाल । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सैद्धान्तिक आधार तयार गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गर्नुभएको अपानीमा कम्युनिष्ट पार्टीको कार्यशैलीमा सुधार गर्ने र कमीकमजोरी सच्याएर आन्तरिक लोकतन्त्रको सुदृढीकरण तथा नेतृत्व हस्तान्तरणको विषयलाई प्राथमिकतामा राखिएको हो । पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रियता हुने, पार्टीको रणनीतिक लक्ष्य समाजवाद हुने, समाजवादी कार्यदिशा अगाल्ने, नेपाली विशेषताको समाजवादी कार्यक्रम अंगिकार गर्नेलगायत सैद्धान्तिक आधार तयार गरिएको अपानीमा समान वैचारिक दृष्टिकोण भएका समूह तथा दलसँग एकताका लागि पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवादलाई मानिएको छ । नेपाली जनता र पूँजीपती वर्गबीचको अन्तरविरोध समाधान गर्ने, नव उपनिवेशवादको विरोध गर्ने नीति पार्टीले अवलम्बन गर्ने छ । बामपन्थी शक्ति, क...
बडा दशैं अन्तरगत सप्तमीका दिन घर घरमा फूलपाती भित्र्याइँदै

बडा दशैं अन्तरगत सप्तमीका दिन घर घरमा फूलपाती भित्र्याइँदै

नेपाल । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आ...
वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा हिँडेको एमालेको आरोप

वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा हिँडेको एमालेको आरोप

नेपाल । नेकपा (एमाले) ले वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा हिँडेको आरोप लगाउँदै त्यसप्रति आपत्ति जनाएको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जना नेताको राहदानी रोक्का गर्ने निर्णयलाई दुर्भावनापूर्ण र असंवैधानिक कदमका रूपमा लिएको छ। बैठकले हालै सरकारले गठन गरेको जाँचबुझ आयोगमार्फत पार्टी अध्यक्षसहित नेताहरूको राहदानी रोक्का सिफारिस गराइएको विषयलाई लक्षित राजनीतिक हमला भएको ठहर गरेको छ । त्यस्तै, भदौ २३ र २४ गते भएका विध्वंसकारी घटनामा संलग्न दोषीलाई कारबाही अघि नबढाउन गृह मन्त्रालयले प्रहरीलाई दिएको निर्देशनप्रति पनि एमालेले असन्तुष्टि जनाएको छ । पार्टीको ठहरमा, यस कदमले प्रहरी प्रशासनको कानुनसम्मत अधिकारक्षेत्रमा हस्तक्षेप गरेको छ र सुरक्षाकर्मीहरूलाई निर्बाध रूपमा काम गर्न नदिने वातावरण सिर्जना भएको छ । बैठकले समसामयिक विषयमा विस्तृत छलफलका लाग...
निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्धः प्रधानमन्त्री कार्की

निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्धः प्रधानमन्त्री कार्की

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बडा दसैंका पावन अवसरमा सोमबार जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको तथा यसले सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउने प्रतिबद्धता जनाउनुभएको हो । साथै उहाँले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू र यो पर्व मनाउनुहुने संसारभर छरिएर रहनुभएका नेपाली भाषीहरूमा सुखशान्तिको कामना गर्नुभएको छ । यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्कीले यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम नरहेको जनाएको छ ।...
केपी ओली, रमेश लेखकसहित पाँच जनाको विदेश भ्रमणमा रोक लगाउने निर्णय

केपी ओली, रमेश लेखकसहित पाँच जनाको विदेश भ्रमणमा रोक लगाउने निर्णय

नेपाल । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकसहित पाँचको विदेश भ्रमणमा रोक लगाउने निर्णय भएको छ। भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ का सदस्य विज्ञान राज शर्माका अनुसार आयोगको आइतबार बसेको बैठकले पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा, काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेका हो । भदौ २३ र २४ गतेको घटना छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेको हुँदा निजको विदेश भ्रमणमा रोक लगाउने निर्णय भएको सदस्य शर्माले जानकारी दिनुभयो । निजमाथि आवश्यक कारवाही गर्न तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगका स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायमा...