प्रधानमन्त्री कार्कीद्वारा भिडियो सन्देश जारी
नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार, बेराजगारी, विभेदजस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले बिहीबार एक भिडियो सन्देश जारी गर्दै भन्नुभएको छ, “गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका पीडितपरिवारलाई राहत र घाइतेको उपचारका लागि विशेष कार्यक्रम ल्याएका छौँ । उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा छौँ ।”
नेपालका जेनजी युवाले सुरु गरेको राजनीतिक आन्दोलन आज एक महिना पुगेको अवसरमा सार्वजनिक गरिएको भिडियो सन्देशमा प्रधानमन्त्रीले जेनजीको राजनीतिक क्रान्तिको भावनालाई सबैले आत्मसात् गर्न जरुरी रहेको बताउनुभएको छ ।
“हाम्रा युवाहरूको बलिदान पछाडि राजनीतिक र आर्थिक सुधार देख्ने तीव्र चाहना छ । देशमा न्याय, विधिको शासनको अपेक्षा छ । देशमा भ्रष्टाचार र बेथिति उन्मूलन भएको हेर्ने चाहना छ”, प्रधानमन्त्रीले ...








