१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त

प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त हुनुभएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा खनाललाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । त्यसैगरी प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिना नियुक्त हुनुभएको छ । सञ्चारमन्त्री खरेलले मन्त्रिपरिषद् बैठकका थप निर्णय दसैँ बिदापछि हुने सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जानकारी दिनुभयो ।...
बडा दशैंको छैटौँ दिन देवी कात्यायनीको पूजा आराधना गरिंदै

बडा दशैंको छैटौँ दिन देवी कात्यायनीको पूजा आराधना गरिंदै

नेपाल । बडादसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आइतबार देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै छ। अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ। धार्मिक विश्वासअनुसार आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिन्छ। शास्त्रीय मान्यताअनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भई भगवती उनकी पुत्रीका रूपमा जन्मिएपछि उनी कात्यायनी नामले परिचित भएकी हुन्। पुराण अनुसार, त्रिलोकमा आतङ्क मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म पूजा ग्रहण गरेर दशमीका दिन महिषासुरको संहार गरेकी थिइन्। त्यसपछि उनी धर्म र न्यायको प्रतीकका रूपमा प्रतिष्ठित भएकी छन्। देवी कात्यायनीलाई चार हातका साथ सिंह वाहिनी स्वरूपमा चित्रण गरिएको छ। ...
भक्तपुरको गुण्डुस्थित ओली निवासमा एमालेको सचिवालय बैठक बस्दै

भक्तपुरको गुण्डुस्थित ओली निवासमा एमालेको सचिवालय बैठक बस्दै

नेपाल । नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बस्ने छ । बैठकमा हालैको ‘जेनजी’ प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको प्रभावबारे विस्तृत छलफल हुने उहाँले बताउनुभयो । बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ । बैठकमा पछिल्लो घटनाक्रमपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, सङ्गठन सुदृढीकरण र आगामी कार्यक्रमबारे ठोस निर्णय हुने विभाग प्रमुख गौतमले जानकारी दिए । जेनजी प्रदर्शनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्न लागेको हो ।...
जेनजी आन्दोलनपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज २६ मा बस्दै

जेनजी आन्दोलनपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज २६ मा बस्दै

नेपाल । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक असोज २६ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो । जेनजी आन्दोलनपछि कांग्रेसले पहिलो पटक बैठक बोलाएको हो । गत २४ गते भएको जेनजीको हिंसात्मक आन्दोलनमा सभापति शेरबहादुर देउवा दम्पत्तिमाथि साङ्घातिक आक्रमण भएको थियो। उनीहरु अझै पनि उपचाररत छ। ...
आरजु राणाद्वारा युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा

आरजु राणाद्वारा युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा

नेपाल । निवर्तमान परराष्ट्रमन्त्री समेत रहेकी काँग्रेस नेतृ आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् । २४ भदौको प्रदर्शनको क्रममा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो । स्कुल जलेर पूर्णरुपमा नष्ट भएको छ । राणा उक्त स्कुलको लगानीकर्ता नभई व्यवस्थापन समितिको अध्यक्ष मात्रै हुन् । तर, पनि अराजक भीडले आरजुको स्कुल’ भन्दै युलेन्सलाई निशाना बनाएको थियो । अहिले राणाले अभिभावकको बैठकमा राजीनामा दिएको जानकारी गराएको एक अभिभावकले बताए । उनले राजीनामा दिएसँगै छिट्टै नयाँ अध्यक्ष छान्ने तयारीमा स्कुल रहेको छ । यसैगरी खरानीबाट उठेर फेरि नयाँ ढंगले स्कुल सञ्चालन गर्ने तयारीमा युलेन्स रहेको बताइएको छ । हाल अनलाइनबाट कक्षा संचालन भइरहेको छ । १० देखि १२ कक्षा र आइबीको कक्षा दशैंपछि फेस टु फेस संचालन गर्ने तयारी छ । विद्यालयले पूर्णरुपमा फेसफेस कक्षा ३४ मह...
शुक्रबार बडादशैँको पाँचौँ दिन

शुक्रबार बडादशैँको पाँचौँ दिन

नेपाल । शुक्रबार बडादशैँको पाँचौँ दिन । आज पनि बिहान सूर्योदय चतुर्थीमै हुने भएकाले नवदुर्गामध्ये कुष्माण्डा देवीकै पूजा आराधना गरिँदैछ । दिनका हिसाबले पाँचौँ देवी स्कन्दमाताको पूजा गर्नुपर्ने भए पनि शुक्रबार बिहान चतुर्थी नै रहेकाले कुष्माण्डा देवीकै पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यिनी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छिन् । सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, वाण कमल चक्र गदा आदि छन् । कुष्माण्डाको आराधनाबाट रोग, शोक र विभिन्न प्रकारका कष्ट निवारण हुने विश्वास गरिन्छ । नवरात्रमा भगवती दुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ। प्रत्येक दिन एक एक देवीको आराधना गरी नौ दिनमा नवरात्र अनुष्ठान पूरा गरिन्छ। पुराणअनुसार विभिन्न समयमा भगवती पार्वतीले लिएको रूपलाई नै नवदुर्गाका रूपमा पूजा आराधना गरिएको हो । पुराणहरूमा वर्षमा चार नवरात्र पर्ने उल...
आन्दोलनले उठाएका आवाजलाई सम्बोधन गर्न हातेमालो गर्नुपर्छः प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

आन्दोलनले उठाएका आवाजलाई सम्बोधन गर्न हातेमालो गर्नुपर्छः प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका त्याग, बलिदान एवं सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै ‘जेनजी’ आन्दोलनले उठाएका आवाजलाई सम्बोधन गर्न सबैले हातेमालो गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । राष्ट्रका नाममा पहिलो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले भन्नुभयो, “प्रदर्शनका क्रममा जीवन गुमाउने योद्धालाई सहिद घोषणा गरी निजका शोकसन्तप्त परिवारलाई आर्थिक राहतको व्यवस्था गरिएको छ । घाइतेको निःशुल्क औषधि उपचार तथा क्षतिपूर्तिको प्रबन्ध गरिएको छ । यसका अतिरिक्त आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवायुवतीले अनाहकमा ज्यान गुमाउनुपरेकामा दुःख व्यक्त गर्दै सम्बद्ध दोषीमाथि सख्त कानुनी कारबाही गर्ने वर्तमान सरकार प्रतिबद्ध छ ।” आगामी छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले स्वतन्त्र,...
सञ्चारमन्त्री खरेलसँग अमेरिकी राजदूत थम्प्सनको शिष्टाचार भेट

सञ्चारमन्त्री खरेलसँग अमेरिकी राजदूत थम्प्सनको शिष्टाचार भेट

नेपाल । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा बिहीबार भएको भेटमा उहाँहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्था र दुई देशबीचको सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्री खरेलको सचिवालयले जनाएको छ । उक्त भेटमा मन्त्री खरेलले जेनजीको प्रदर्शनपछि बदलिएको राजनीतिक परिस्थिति र वर्तमान सरकारको प्राथमिकताका विषयबारे राजदुतलाई जानकारी दिनुभएको थियो । राजदुत थम्प्सनले मन्त्री खरेललाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभएको मन्त्री खरेलको सचिवालयले जनाएको छ ।...
बाबुराम भट्टराईद्वारा पार्टीको अध्यक्ष पद त्याग

बाबुराम भट्टराईद्वारा पार्टीको अध्यक्ष पद त्याग

नेपाल । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गरेको घोषणा गर्नुभएको छ । पत्रकार सम्मेलन गरी अध्यक्ष भट्टराईले परिवर्तित राजनीतिक सन्दर्भमा नयाँ पुस्ताले अब मुलुकको नेतृत्व गर्नुपर्ने महसुस गरी नेसपा (नयाँ शक्ति) को अध्यक्ष पदबाट अलग भएको स्पष्ट गर्नुभयो । डा भट्टराईले भन्नुभयो, “राजनीतिक दलभित्र पुस्तान्तरण अपरिहार्य छ । नयाँ शक्ति र युवा पुस्ताका लागि मार्ग प्रशस्त गर्न आवश्यक रहेकाले पार्टीको अध्यक्ष पदबाट अलग भएको छु । तर, वैकल्पिक शक्ति निर्माण र समाज रूपान्तरणको अभियानलाई निरन्तरता दिन सदैव लागि रहने छु ।” उहाँले सुशासनका पक्षमा भएको ‘जेनजी’ युवाहरुको आन्दोलन जायज भए पनि केही नेता र बाहिरी शक्तिले त्यसलाई बदनाम गर्न खोजेको बताउनुभयो । भ्रष्ट नेतामाथि कारबाही हुनुपर्ने माग उठिरहेको सन्दर्भलाई इङ्गित गर्दै पूर्वप्रधानमन्...
पार्टीको आगामी महाधिवेशनसँगै नेतृत्व छोड्ने प्रचण्डको उद्घोष

पार्टीको आगामी महाधिवेशनसँगै नेतृत्व छोड्ने प्रचण्डको उद्घोष

नेपाल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा नेतृत्व परिवर्तन हुने जानकारी दिएका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा स्थायी कमिटीको बैठकपछि उनले पार्टीको आगामी महाधिवेशनसँगै आफूले नेतृत्व छोड्ने जानकारी दिएका हुन् । नेतृत्व परिवर्तनबारे पार्टीमा छलफल भइरहेको स्विकार्दै उनको यस्तो भनाइ आएको हो । आगामी महाधिवेशनसम्म जाँदा नेतृत्व परिवर्तनको कुरा टुंगिने उनको दाबी छ ।...