९ भाद्र २०८३, मंगलवार

राजनीति/समाज

पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

नेपाल । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस बिहीबार विविध कार्यक्रम गरी मनाइँदैछ । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् । विसं १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाउनुभएको थियो । उहाँ सहिद गङ्गालालको भाइ हुनुहुन्छ । पुष्पलालले कार्लमाक्स र फेडरिक एङगेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गर्नुभएको थियो । विसं २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उहाँले भारतको कोलकातामा नेकपा स्थापना गर्नुभएको थियो । नेकपा स्थापना गर्नुअघि विसं १९९८ म...
प्रचण्ड भन्छन्–नेकपा एमालेसँग सहकार्यको प्रक्रिया सुरु भयो

प्रचण्ड भन्छन्–नेकपा एमालेसँग सहकार्यको प्रक्रिया सुरु भयो

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया सुरु भएको बताएका छन् । जनकपुरधाम विमानस्थलमा पत्रकारसँग प्रचण्डले राजनीतिक घटनाक्रमले वाम शक्तिहरूबीच सहकार्यको वातावरण बनेसँगै उक्त सहकार्य अगाडि बढिसकेको जानकारी दिए । उनले प्रदेशस्तरमा सो सहकार्य हुने पनि बताए । तीन दलको सहकार्यको विषयमा भने उनले छलफल जारी रहेको बताए ।...
बीपी स्मृति दिवसमा काँग्रेसद्वारा काठमाडौँ उपत्यकामा ‘ग्रीन रन’ कार्यक्रम आयोजना

बीपी स्मृति दिवसमा काँग्रेसद्वारा काठमाडौँ उपत्यकामा ‘ग्रीन रन’ कार्यक्रम आयोजना

नेपाल । नेपाली कांग्रेसले जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ उपत्यकामा ‘ग्रीन रन’ कार्यक्रम आयोजना गरेको छ। बुधबार बिहान आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापासहित पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रमअन्तर्गत कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘ग्रीन रन’ आयोजना गरेको हो।...
व्यापक बिरोधपछि प्रधानमन्त्री शाहद्वारा शिक्षा र स्वास्थ्य कर हटाउने घोषणा

व्यापक बिरोधपछि प्रधानमन्त्री शाहद्वारा शिक्षा र स्वास्थ्य कर हटाउने घोषणा

नेपाल । निजी शैक्षिक र स्वास्थ्य संस्थालाई लक्षित गरेर सरकारले यसै आर्थिक वर्षदेखि लगाएको तीन प्रतिशत समता कर हट्ने भएको छ । कर हटाउने सरकारको निर्णयको सरोकारवालाले स्वागत गरेका छन् । करका सम्बन्धमा सरोकारवाला तथा जनस्तरबाट चासो र चिन्ता व्यक्त भएपछि सरकार उक्त कर हटाउने निष्कर्षमा पुगेको हो । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मङ्गलबार सामाजिक सञ्जाल फेसबुकबाट कर हटाएको जानकारी दिनुहुँदै जनताको विश्वास र अपेक्षाबाट बनेको सरकारले जनमुखी कामलाई सधैँ प्राथमिकता दिने बताउनुभएको छ । साथै सरकारको मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु रहेकोसमेत प्रधानमन्त्री शाहले स्पष्ट पार्नुभयो । समता कर हटाउने विषयमा प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि परामर्श गर्नुभएको थियो । दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई राम्रो शिक्षा र स्वास...
तयारी पोसाक र कपडा विकास परिषद् गठन गर्न प्रधानमन्त्री बालेनको निर्देशन

तयारी पोसाक र कपडा विकास परिषद् गठन गर्न प्रधानमन्त्री बालेनको निर्देशन

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक उद्योग (टेक्सटाइल) को विकास र प्रवर्धनमा सरकारले जोड दिने बताउनुभएको छ । नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीबिच मङ्गलबार भएको छलफलमा प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगको विकास र विस्तार गर्न सहजीकरणका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहने गरी तयारी पोसाक र कपडा विकास परिषद् (टेक्सटाइल एन्ड क्लोथिङ डेभलमेन्ट काउन्सिल) गठन गर्ने काम तत्काल अघि बढाउन प्रधानमन्त्री शाहले सम्बन्धित मन्त्रीलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री शाहले निःशुल्क व्यापार सम्झौता ९एफटिए० र वैदेशिक लगानी (एफडिआई) ल्याउन तत्कालै काम गर्ने, अमेरिकामा तयारी पोसाकलगायतका वस्तु रोकिएको र ‘टेस्टिङ सर्टिफिकेसन’ नभएकाले अब त्यसको बाटो खुलाउन परराष्ट्र मन्त्र...
प्रदेशमा तीन दलीय सरकार बनाउने प्रस्तावप्रति गगन थापाको विमति

प्रदेशमा तीन दलीय सरकार बनाउने प्रस्तावप्रति गगन थापाको विमति

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रस्तावप्रति विमति प्रकट गरेका छन् । ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औँ वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्तावले लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने बताए। सभापति थापाले तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेश संसद्लाई प्रतिपक्षविहीन बनाउनु भएको टिप्पणी गरे। तीन दलीय सरकार बनाउनु जनताले दिएको म्यान्डेटभन्दा फरक कुरा भएकाले कांग्रेसले यसलाई स्वीकार गर्न नसक्ने उनले स्पष्ट पारे। नेपाली कांग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै थापाले अब पार्टीले सिद्धान्तमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे। सत्तालाई नै सबैथोक मान्ने सोचका कारण विसं. २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको उनको तर्क छ। राजनीतिक...
सार्वजनिक बिदालाई पुनरावलोकन गर्न चार सदस्यीय कार्यदल गठन

सार्वजनिक बिदालाई पुनरावलोकन गर्न चार सदस्यीय कार्यदल गठन

नेपाल । सरकारले सार्वजनिक बिदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने भएको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको सचिवहरुको बैठकले हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिन थालिएपश्चात साविकमा रहेका अन्य सार्वजनिक बिदाको पुनरावलोकनका लागि उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशानसन र अर्थमन्त्रालयको प्रतिनिधि रहने र उक्त कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्ने मुख्यसचिव कार्कीद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख छ । चालु आर्थिक वर्षमा तर्जुमा गर्ने गरी पहिचान भएका विधेयकको मस्यौदा तयार गर्ने कार्य सम्बन्धित मन्त्रालयले शीघ्र प्रारम्भ गर्ने बैठकको निर्णय छ । बैठकले धेरै पुराना, असान्दर्भिक र कार्यसम्पादनम...
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस चलाउनु पर्छः गगन थापा

सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस चलाउनु पर्छः गगन थापा

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस चलाउनुपर्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज, कास्कीद्वारा आइतबार पोखरामा आयोजित ‘संविधान संशोधन सुझाव’ विषयक विचार गोष्ठीमा सभापति थापाले संविधान संशोधनका लागि पहिला प्राथमिकता निर्धारण गर्नुपर्ने बताउनुभयो । संविधान संशोधनको विषयले ठीक ढङ्गले लय पक्रेन भने मुलुक नयाँ द्वन्द्वमा जाने उहाँको भनाइ थियो । “संविधान केवल कागजी दस्तावेज मात्र होइन, यो त जीवन्त प्रकृया हो”, सभापति थापाले भन्नुभयो, “संविधान संशोधनका विषयलाई ऐतिहासिक दृष्टिकोण र चेतबाट हेनुपर्छ, यो आवेश र उत्तेजनामा आई गर्ने कुरा होइन, संविधान संशोधन आफैमा संवेदनशील विषय हो ।” लोकतन्त्र, विधिको शासन, नागरिक अधिकार र संविधानवादका आधारभूत विषयबाहेक संविधान संशोधनका हरेक मुद्दामा नेपाली कांग्रेस बहस गर्न तयार रहेको सभापति थापाले...
नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग राति बन्द

नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग राति बन्द

नेपाल । नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आइतबार राति १० बजेदेखि बन्द हुने भएको छ। स्थानीय प्रशासनले जिल्लाका विभिन्न स्थानहरूसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ–मुग्लिन–काठमाडौँ सडक राति १० बजेपछि बन्द रहने जनाएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातको समयमा सवारी सञ्चालन राखिरहँदा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी बन्द गरिएको उल्लेख छ ।...
कोशी ब्यारेजका ५२ वटै ढोका खोल्ने तयारी

कोशी ब्यारेजका ५२ वटै ढोका खोल्ने तयारी

नेपाल । जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको जनाएको छ। उपल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको जलसतह सोमबारसम्म सतर्कता तह पार गर्नसक्ने सम्भावना रहेको जनाएको विभागले जनाएको छ। विभागकी बाढीविद् सरस्वती विष्टले उपल्लो तटीय क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको बहाव उल्लेख्य बढ्नसक्ने बताइन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित बाढी जोखिमलाई ध्यानमा राख्दै कोशी ब्यारेजका ५२ वटा ढोका खोल्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए। उनले बाढीको अवस्था निरन्तर अनुगमन भइरहेको र आवश्यकतानुसार पूर्वतयारी तथा प्रतिकार्यका सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको जानकारी दिए। विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै ...