९ भाद्र २०८३, मंगलवार

राजनीति/समाज

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा

नेपाल । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शनिवार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका छन्। गत असार ३२ गते कांग्रेस र नेकपाका १६ सांसदले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए। शनिवार दिउँसो तीन बजे मुख्यमन्त्रीले प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि बैठक आह्वान गरेका थिए। सोही बैठकमा उनले राजीनामा दिएका हुन्। गत असार ३१ गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल कांग्रेसका चार मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए। कँडेल २०८० साल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनले आफ्नो लागि कुर्सी नै ठूलो कुरा नरहेको पनि बताए ।...
नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबिच प्रदेश सभामा सहकार्य गर्ने सहमति

नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबिच प्रदेश सभामा सहकार्य गर्ने सहमति

नेपाल । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबिच प्रदेश सभामा सहकार्य गर्ने सहमति भएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शनिबार बसेको बैठकले सो सहमति गरेको हो । उहाँका अनुसार एमाले र नेकपाबिच मुख्य तीन बुँदामा सहमति भएको छ । प्रदेश सभाहरुमा सहकार्य गर्ने तथा संयुक्त सरकार गठन गर्ने, संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा (एमाले)ले गर्ने सहमति भएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ । यसैगरी मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरुसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागीताको स्वरुप तय गर्ने सहमति भएको उहाँको भनाइ छ ।...
संघीय सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

संघीय सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

नेपाल । संघीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा भएको निर्णय कानुनविपरीत भएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ । सर्वोच्च अदालतमा शुक्रबार अविधक्ताद्वय डा प्रेमराज सिलवाल र मनिराम उपाध्यायले दायर गरेका रिट निवेदनमा सांसदहरूले निजी स्वीकयसचिव राख्ने सम्बन्धमा भएको निर्णय कानुनविपरीत हुने मात्र नभई यो संविधानको भावना प्रतिकूल रहने उल्लेख छ । यही साउन ४ गते राजपत्रमा प्रकाशित सूचनामा ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३’ को दफा २५ प्रयोग गर्दै सांसदलाई पनि स्वकीयसचिवको सुविधा दिनेगरी अनुसूची हेरफेर गरिएको थियो ।...
कञ्चनपुरको धनगढीमा आमरण अनसनरत डा. गोबिन्द केसीको स्वास्थ्य अवस्था बिग्रियो

कञ्चनपुरको धनगढीमा आमरण अनसनरत डा. गोबिन्द केसीको स्वास्थ्य अवस्था बिग्रियो

नेपाल । कञ्चनपुरको धनगढीमा आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रदेशिक अस्पताल लगिएको छ । धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका केसीको अवस्थापछि चिकित्सकको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो । सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले उनको स्वास्थ्य परीक्षण गरेका छन् । स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न ७ बुँदे माग राखी धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा बिहीबारदेखि सत्याग्रह थालेका डा. केसीलाई मन्दिर व्यवस्थापन समितिले ठाउँ छाड्न पत्र पठाएपछि कठिनाइ उत्पन्न भएको छ। यसअघि पनि सोही स्थानमा दुईपटक सत्याग्रह गरिसकेका डा. केसीले यस पटक पनि व्यवस्थापन समितिको अनुमति लिएरै सत्याग्रह सुरु गरिएको बताए पनि समितिबाट अचानक पत्र आएपछि उनीहरू अप्ठ्यारोमा परेका छन् र अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको उनका सहयोगी डा...
अरोरा तथा सेन्टिनियल समर पिकनिकको तयारी पुरा

अरोरा तथा सेन्टिनियल समर पिकनिकको तयारी पुरा

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । अरोरा तथा सेन्टिनियलबासी नेपाली भाषी समुदायको समर पिकनिक कार्यक्रमको तयारी पूरा भएको छ । २६ जुलाई आइतबार दिउँसो ३ बजेदेखि ८ बजेसम्म सेन्टिनियल सेन्ट्रल पार्कमा आयोजना हुने पिकनिक कार्यक्रमको तयारी पूरा भएको पिकनिक कार्यक्रमका संयोजक राजन सापकोटाले जानकारी दिएका छन् । पिकनिक कार्यक्रममा झण्डै चार सय जना नेपाली भाषी सहभागि हुने उनको भनाई छ । कार्यक्रममा राफल, चम्चा गुच्चा, घैँटो फुटाई लगायतका खेल गतिविधि पनि सञ्चालन गर्ने तयारी छ । कार्यक्रमलाई सफल पार्न खाना व्यवस्थापन समितिको संयोजक अर्जुन कार्की, आर्थिक समिति संयोजक जगदिश ढकाल, स्वयंमसेवक तथा सरसफाई समिति संयोजक अंकित गेलाल, प्रचारप्रसार समिति संयोजक सुधिर भण्डारी, कार्यक्रम सञ्चालन समिति राजु खनाल, खेलकुद तथा मनोरञ्जन समिति सुदीप बगाले, कार्यक्रमस्थल व्यवस्थापन समिति संयोजक गंगा चौलागाईँ रहेका छन् ...
नेपाली कांग्रेसले घोषणा गर्‍यो नयाँ राजनीतिक अभियान

नेपाली कांग्रेसले घोषणा गर्‍यो नयाँ राजनीतिक अभियान

नेपाल । नेपाली कांग्रेसले बृहत्तर राष्ट्रिय हित र नागरिक कल्याणलाई केन्द्रमा राख्दै नयाँ राजनीतिक अभियान ‘एनसी फर एनसी’को घोषणा गरेको छ। बिहीबार ४४ औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित एक विशेष कार्यक्रमका बीच पार्टी सभापति गगनकुमार थापाले सो अभियानको औपचारिक घोषणा गरेका हुन्। अभियानको अर्थ स्पष्ट पार्दै सभापति थापाले ‘एनसी’ को अर्थ पार्टीको मात्र हित नभई ‘नेपाली कांग्रेस फर नेसनल कज’ (नेपाली कांग्रेस राष्ट्रिय हितका लागि) रहेको बताएका छन्। यो अभियान पार्टीको आन्तरिक मामिलामा मात्र सीमित नरही नागरिकहरूको कल्याण र वृहत्तर राष्ट्रिय हितमा पूर्ण रूपमा केन्द्रित रहने उनले स्पष्ट पारेका छन्। अभियानको कार्यतालिकाअनुसार साउन ७ गतेदेखि भदौ २४ गतेसम्म सांगठनिक तयारीको चरण रहनेछ। यस अवधिभर नेपाली कांग्रेसका प्रत्येक सदस्य र पार्टीका सबै तहका कमिटीहरूले नागरिक हित र राष्ट्रिय उद्देश्यका लागि विशेष ...
अर्गानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन निर्देशन

अर्गानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन निर्देशन

नेपाल । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा अर्गानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्गानिक कृषि व्यवसायीहरूको छाता सङ्गठन ‘अर्गानिक एसोसिएसन नेपाल’का पदाधिकारीहरूसँग बिहीबार भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले उक्त निर्देशन दिनुभएको हो। सो क्रममा एसोसिएसनका पदाधिकारीहरूले अर्गानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना हुनुपर्ने माग राख्नुभएको थियो। उक्त मागलाई प्रधानमन्त्रीले तत्काल सम्बोधन गर्नुभएको छ। यस्तै, अर्गानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण महँगो हुने गरेकाले सरकारले प्रमाणीकरणमा दिँदै आएको ७५ प्रतिशतसम्मको अनुदान रोकिएकामा...
बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकर अग्रवाल पक्राउ

बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकर अग्रवाल पक्राउ

नेपाल । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरी (सीआईबी) ले बुधवार डिल्लीबजारबाट उनलाई पक्राउ गरेको सीआईबीका प्रवक्ता अनुप शमशेर जबराले जानकारी दिए। शंकर ग्रुपका अध्यक्ष अग्रवालविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको छ। त्यसपछि उनी फरार थिए। उनलाई अदालत बुझाउने तयारी भइरहेको जबराले बताए। केही अघि सम्पत्ति शुद्धीकरणमा उनी पक्राउ परेकामा अदालतको आदेशले छुटेका थिए।...
गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन

गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन

नेपाल । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा पूर्व–सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया सदस्य रहनुभएको छ। बैठकले समितिलाई अबको सात दिनभित्र घटनासम्बन्धी छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको छ। नेपालीको गत असार २६ गते वीर अस्पतालको ‘बर्न युनिट’मा उपचारको क्रममा निधन भएको थियो। उहाँको मृत्युपछि नेपाल सरकार तथा काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको थियो। सहमतिको पहिलो बुँदामा भनिएको थियो, “यस घटनाको सत्यतथ्य र निस्पक्ष छानबिन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्व...
एमालेद्वारा बागमती प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता

एमालेद्वारा बागमती प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता

नेपाल । नेकपा (एमाले) ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ । बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटालाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलसहितका मन्त्रीहरुले संयुक्त रुपमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाउनुभएको हो । एमाले बागमती प्रदेश संसदीय दलले बुधबार प्रदेश प्रमुखसमक्ष पत्र बुझाउँदै नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन साउन ६ गतेदेखि लागू हुनेगरी फिर्ता लिएको छ । एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले हस्ताक्षर गर्नुभएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम २०८२ साउन २० गते गठन भएको सरकारलाई दिएको समर्थन फिर्ता लिइएको उल्लेख छ । संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम आवश्यक संवैधानिक प्रक्रियाका लागि प्रदेश प्रमुखलाई जानकारी गराइएको पत्रमा जनाइएको छ । समर्थन फिर्त...