नेपाल । नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आइतबार राति १० बजेदेखि बन्द हुने भएको छ।
स्थानीय प्रशासनले जिल्लाका विभिन्न स्थानहरूसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ–मुग्लिन–काठमाडौँ सडक राति १० बजेपछि बन्द रहने जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातको समयमा सवारी सञ्चालन राखिरहँदा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी बन्द गरिएको उल्लेख छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्