नेपाल । नेकपा (एमाले) ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ ।
बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटालाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलसहितका मन्त्रीहरुले संयुक्त रुपमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाउनुभएको हो ।
एमाले बागमती प्रदेश संसदीय दलले बुधबार प्रदेश प्रमुखसमक्ष पत्र बुझाउँदै नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन साउन ६ गतेदेखि लागू हुनेगरी फिर्ता लिएको छ । एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले हस्ताक्षर गर्नुभएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम २०८२ साउन २० गते गठन भएको सरकारलाई दिएको समर्थन फिर्ता लिइएको उल्लेख छ ।
संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम आवश्यक संवैधानिक प्रक्रियाका लागि प्रदेश प्रमुखलाई जानकारी गराइएको पत्रमा जनाइएको छ । समर्थन फिर्ता लिए पनि एमालेका सरकारमा सहभागी छजना मन्त्रीले तत्काल राजीनामा दिएका छैनन् ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ चितवनमा रहेकाले उहाँ हेटौँडा फर्किएपछि मात्र एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी भएको कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसूदन पौडेलले जानकारी दिनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्