९ भाद्र २०८३, मंगलवार

राजनीति/समाज

सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री शाहको अपील

सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री शाहको अपील

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै भन्नुभयो, “प्रधानमन्त्रीका रूपमा मात्र होइन, यही देशका नागरिकका रूपमा म सुनसरीमा भएका घटनाक्रमबाट दुःखी छु । मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको चाँडो स्वास्थ्य ठिक होस् भन्ने कामना गर्दछु । यो घटनाबाट ज्यान गुमाएका परिवारहरूको दुःख मैले महसुस गरेको छु । सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउने छ । फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारलाई कानुनबमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु ।” प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुन...
सुनसरी घटनाप्रति रास्वपाको ध्यानाकर्षण, संयम अपनाउन र सद्भाव कायम राख्न अपिल

सुनसरी घटनाप्रति रास्वपाको ध्यानाकर्षण, संयम अपनाउन र सद्भाव कायम राख्न अपिल

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीलगायतका पूर्वी जिल्लामा हालै घटेको संवेदनशील तथा दुःखद् घटना र त्यसले निम्त्याएको तनावपूर्ण परिस्थितिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै, घटनामा घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। कुनै पनि समस्या वा असन्तुष्टिको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने उल्लेख गर्दै रास्वपाले नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता र सामाजिक सद्भाव खलबलिने गरी कुनै पनि गतिविधि नगर्न सम्पूर्ण आम नागरिक, नागरिक अगुवा र सरोकारवाला पक्षसँग अपिल गरेको छ। पार्टीले कुनै पनि उत्तेजना र अफवाहको पछि नलागी उच्च संयम अपनाउन आग्रह गरेको छ। विज्ञप्तिमा परिस्...
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेपाल । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । मङ्गलबार दिउँसो ललितपुरस्थित एक अस्पतालमा उपचारका क्रममा वरिष्ठ नेता श्रेष्ठको निधन भएको नेपाली काङ्ग्रेसका महामन्त्री गुरु घिमिरेले जानकारी दिनुभयो । पार्टीको कार्यवाहक सभापति, उपसभापतिलगायत विभिन्न भूमिकामा रहेर गरेको योगदान गर्नुभएका श्रेष्ठ क्यान्सर पीडित हुनुहुन्थ्यो । उहाँ विगत १५ दिनदेखि ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालको आईसीयूमा उपचाररत हुनुहुन्थ्यो ।श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बुधबार बिहान सानेपास्थित नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा राखिने छ। काङ्ग्रेस उपसभापति विश्वप्रकाश शर्माका अनुसार वरिष्ठ नेता श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको हो ।...
सुनसरीको देवानगञ्ज घटनाको छानबिन उच्चस्तरीय समिति विराटनगरमा

सुनसरीको देवानगञ्ज घटनाको छानबिन उच्चस्तरीय समिति विराटनगरमा

नेपाल । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समिति सोमबार राति विराटनगर पुगेको छ। गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि नेपाल सरकारका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित समितिले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको हो। समितिले सोमबार राति नै विराटनगरस्थित न्युरो अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ। साथै, घाइते तथा घटनाका प्रत्यक्ष पीडितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन गरिरहेको छ। समितिले घटनास्थलको निरीक्षण, प्रत्यक्षदर्शीको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणका आधारमा घटनाको वास्तविकता पत्ता लगाउने जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न तथा जिम्मेवार देखिएका व्यक्तिमाथि आवश्यक कानुनी कारबाहीका लागि सरकारसमक्ष सिफारिस गरिने बताइएको छ। गृह मन्त्रालयले निष्...
वर्तमान चुनौतीहरूको सामना गर्न पार्टी एकता अपरिहार्यः सभापति थापा

वर्तमान चुनौतीहरूको सामना गर्न पार्टी एकता अपरिहार्यः सभापति थापा

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमतिउन्मुख दिशामा अघि बढेको बताएका छन्। पार्टी एकताका लागि दबाब दिन नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गानाको नेतृत्वमा आएको कांग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिहरूसँगको भेटमा उनले वर्तमान चुनौतीहरूको सामना गर्न पार्टी एकता अपरिहार्य रहेको स्पष्ट पारे। भेटका क्रममा सभापति थापाले एकतामा आँच आउने वा असर पुग्ने किसिमका कुनै पनि कार्य नगर्न सबैसँग आग्रह गर्दै, दबाब अभियानले आगामी साउन १६ गतेका लागि तय गरेको राष्ट्रिय भेला समेत स्थगित गर्न आग्रह गर्नुभएको अभियानका संयोजक ढुङ्गानाले जानकारी दिए। असन्तुष्ट नेताहरूसँग छलफल गरी सहमतिको ठोस खाका तयार पार्न दुई जना सदस्यको नाम मागिएको र सोही आधारमा एक–दुई दिनभित्रै चार सदस्यीय कार्यदल गठन हुने जानकारी पनि उनले दिए। त्यस अवसरमा स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी एकताबिना जनतामा...
साउन महिनाको दोस्रो सोमबार भगवान् शिवको पूजा आराधना गरिँदै

साउन महिनाको दोस्रो सोमबार भगवान् शिवको पूजा आराधना गरिँदै

नेपाल । ११ गते साउन महिनाको दोस्रो सोमबार भगवान् शिवको पूजा आराधना गरिँदैछ । हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको रूपमा लिइने दोस्रो साउने सोमबारमा शिवको पूजा आराधना गर्ने गर्दछन् । शिवालयहरूमा भक्तजनको भीड रहेको छ । साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ । यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिङ्ग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने प्रचलन छ । साउन महिनाको सोमबार शिवको व्रत तथा पूजा गर्दा विशेष फलदायी हुने धार्मिक विश्वास छ ।...
एमालेमा अब वैचारिक पुनर्गठन आवश्यकः महासचिव पोखरेल

एमालेमा अब वैचारिक पुनर्गठन आवश्यकः महासचिव पोखरेल

नेपाल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र आन्तरिक कमजोरी भएकै कारण यो अवस्था आएको स्वीकार गर्दै अब वैचारिक पुनर्गठनको आवश्यक रहेको बताएका छन् । धेरै कार्यक्रममा पोखरेलले नेतृत्वको कमजोरी अस्वीकार गर्ने नेताको पहिचान बनाएका पोखरेल आइतबार एमाले लुम्बिनी प्रदेश कमिटीले गरेको मिशन पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रममा नेताकार्यकर्तासँग खुलेर आफ्ना कमजोरी स्वीकार गरेका हुन् । उनले पार्टी शुद्धीकरण सहितको रूपान्तरण तयार रहेको बताए । महासचिव पोखरेलले कार्यकर्ताको भावना र पार्टीको बृहत्तर हितका लागि खुला रूपले निर्णय गर्न तयार रहेको बताए । उनले समाजमा सामाजिक सञ्जालबाट गलत भाष्य बनाइएका कारण आफूहरूले गरेका राम्रा कामहरू नकारात्मक मात्रै अघि बढाइएको बताए । ...
सुनसरीमा झडप हुँदा गोली लागेर एकको मृत्यु, पाँच बजार क्षेत्रमा कर्फ्यु आदेश जारी

सुनसरीमा झडप हुँदा गोली लागेर एकको मृत्यु, पाँच बजार क्षेत्रमा कर्फ्यु आदेश जारी

नेपाल । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समूहबिच भएको झडप नियन्त्रणका क्रममा गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको आदेशअनुसार सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम तोकिएका क्षेत्रमा चार जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्नाजस्ता गतिविधि गर्न निषेध गरिएको छ। प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम एक हजार रुपियाँसम्म जरिवाना वा एक महिनासम्म कैद, वा दुवै सजाय हुन सक्ने जनाएको छ। निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा हरिनगर बजार क्षेत्र, भ...
नयाँ शक्तिहरू अवसरवाद र अराजकताको जगमा खडा भएको पोखरेलको आरोप

नयाँ शक्तिहरू अवसरवाद र अराजकताको जगमा खडा भएको पोखरेलको आरोप

नेपाल । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकरिझ्याइँ र अराजकतावादको जगमा उभिएका राजनीतिक शक्तिहरूको भविष्य लामो नभएको टिप्पणी गरेका छन्। नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह र रास्वपा लक्षित यस्तो टिप्पणी गरेका हुन्। महासचिव पोखरेलले वर्तमान समयमा उदाएका नयाँ शक्तिहरू अवसरवाद र अराजकताको जगमा खडा भएको आरोप लगाए। नयाँ शक्तिहरूको पतन निश्चित भए पनि उनीहरूको असफलतापछि जनमत स्वतः पुरानै दलहरूतिर फर्किन्छ भन्नेमा विश्वस्त हुन नसकिने पोखरेलको तर्क छ। उनले नयाँ शक्तिको असफलतापछिको रिक्ततामा जनतालाई पुनः मूलधारका राजनीतिक दलहरूमा आकर्षित गर्नु अहिलेको मुख्य चुनौती रहेको बताए। पार्टीको आन्तरिक अवस्थाप्रति समीक्षा गर्दै महासचिव पोखरेलले युवा पुस्ताको आकर्षण घट्दै गएकोमा चिन्ता व्यक्त गरे। ...
रास्वपा सांसदमाथि कालो मसी प्रहार हुनु निन्दनीयः गगन थापा

रास्वपा सांसदमाथि कालो मसी प्रहार हुनु निन्दनीयः गगन थापा

नेपाल । नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाका प्रतिनिधिसभाका सांसद गणेश पौडेलमाथि भएको आक्रमणको निन्दा गरेका छन्। सभापति थापाले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै लोकतन्त्रमा विचार फरक हुनसक्ने र असहमति पनि स्वाभाविक हुने उल्लेख गरे। कुनै पनि व्यक्तिमाथि कालो मसी प्रहार गर्ने, दुर्व्यवहार गर्ने वा अराजक गतिविधिमा उत्रिने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाइ छ। सभापति थाापाले सांसद पौडेलमाथि भएको आक्रमण निन्दनीय भएको उल्लेख गरे उनले असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्ने धारणा व्यक्त गरे।...