नेपाल । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरी (सीआईबी) ले बुधवार डिल्लीबजारबाट उनलाई पक्राउ गरेको सीआईबीका प्रवक्ता अनुप शमशेर जबराले जानकारी दिए।
शंकर ग्रुपका अध्यक्ष अग्रवालविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको छ। त्यसपछि उनी फरार थिए। उनलाई अदालत बुझाउने तयारी भइरहेको जबराले बताए।
केही अघि सम्पत्ति शुद्धीकरणमा उनी पक्राउ परेकामा अदालतको आदेशले छुटेका थिए।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्