१७ बैशाख २०८३, बिहीबार

भाषा/साहित्य

साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार वप्राडा वासुदेव त्रिपाठीलाई

साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार वप्राडा वासुदेव त्रिपाठीलाई

नेपाल । यस वर्षको साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार वरिष्ठ साहित्यकार प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरिएको छ । विसं २०३९ देखि साहित्यिक गतिविधि गर्दै आएको संस्था साहित्य सन्ध्याद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाबाट उहाँलाई ५० हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । माक्र्सवादी चिन्तक भट्टको स्मृतिमा प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीबाट अक्षयकोष स्थापना भई पहिलोपटक यो पुरस्कार प्रदान गरिएको हो। पुरस्कार सिफारिस समितिका संयोजक प्रा. जगतप्रसाद उपाध्यायले डा त्रिपाठी नेपाली साहित्यका महासमालोचक भएको उल्लेख गर्दै उहाँको शोधपरक समालोचनाको विषयमा चर्चा गर्नुभयो । भट्टको व्यक्तित्वबारे प्रकाश पार्दै साहित्यकार प्राडा हेमनाथ पौडेलले समालोचना र दर्शनका क्षेत्रमा भट्टको अलग पहिचान रहेको बताउनुभयो । विसं १९...
कविताः खरानीको मूल्य

कविताः खरानीको मूल्य

-लालगोपाल सुवेदी- कुरै बुझ्न सकेको छैन मैले खरानीकै पो मूल्य बढाबढ भैरहेछ अहिले ! बाढी पहिरोले पानी धमिलिएको छ बगेको छ पानीमा माटो ( यो माटो !!! ) निभेका छन् घर घरमा बत्ती भत्केको छ सुदूर लक्ष्यसम्म पुग्ने मूलबाटो हाँसिरहेका छन् कसैका त हड्डी नै मन्चन भैरहेका छन् नाटक कतै न कतै मासुले टन्नै अघाएका गोहीहरू रुँदै छन् एक्ला एक्लै घाउ सुम्सुम्याउनु, सँगैसँगै रुनुको साटो मौकामा चौका हान्ने दाउ तिनको तिनीहरूलाई मन पर्छ द्वन्द्व ल्याउन खोज्दै छन् ती दाजुभाइ , दाजुभाइमा फाटो जन जनका मनमा बल्झिरहेछ घाउ कसैको भने धमिलो पानीमा माछा मार्ने दाउ मस्तराम तान्दै छ गाँजा साधुरामले भुँडी फुट्ने गरी छ्याङ पिएको छ कोही खोज्दै छन् बल्छी कोही बुन्दै छन् ढडिया कोही गँड्यौलाको खोजीमा छन् उता चतुरनाथ भ्यागुता, चेपागाँडा अरूकै भागमा छाडी सग्ला सग्ला माछाहरू आफ्नै भागमा पार्ने सोचमा छ र...
कविताः खुशीमा म सुसेलेर नेपाली गीत गाउँछु

कविताः खुशीमा म सुसेलेर नेपाली गीत गाउँछु

–सुदीपभद्र खनाल– खुशीमा म सुसेलेर नेपाली गीत गाउँछु सुस्केरा दुस्खमा हाली नेपाली पन पाउँछु टेके पहाडमा मैले तनहूँसुर पुग्दछु मैदान टेकिए मेरै तराई फाँट देख्दछु जब पुग्छु कुनै ताल हेर्न फेवा म देख्दछु नदी हेरे म कर्णाली गण्डकी मात्र देख्दछु श्वास बनी बगेको छ कोशीको धार प्राञ्जल बसेको छ म भित्रैनै नेपाली रूप उज्वल कतै हिमालका देखे ताँती नेपाल देख्दछु म मेरा कविता भित्र नित्य नेपाल लेख्दछु खै कहाँ म भएँ टाढा मेरो नेपालबाट म जति टाढा भएँ झन्झन् नेपाली छु सपाट म नेपाली तन हो मेरो जति टाढा गएपनि नेपाली मन हो मेरो जति दूर रहेपनि नेपाली मूल हो मेरो बसाइँनै गएपनि म नेपाली सधैँ हुन्छु दूरदेश भएपनि नशा नशा बगेको छ मेरो नेपाल रक्त भै हाड मासु तथा पानी छ यो नेपालकै सबै जहाँ जाऊँ जता हेरूँ मात्र नेपाल देख्दछु दृष्टिमानै बसेको छ मेरो नेपाल लेख्तछु । –अमेरिका ।...
लघुकथाः दोश्रो जुनि

लघुकथाः दोश्रो जुनि

–आरसी रिजाल– बुढाले– ‘ए बुढी... अब म जान्छु जस्तो छ । छोरो लफङ्गोले पक्कै तिमीलाई दुख दिन्छ । सन्तानलाई आफुले संस्कार सिकाउन खोजेरमात्र हुँदोरहेनछ । बाह्य वातावरणले पनि असर पार्दोरहेछ । मैले सक्दो प्रयास गरेकै हुँ । त्यो सुध्रिन्न, अर्ती दिने काम नगर्नु । चुपचाप भगवानलाई सम्झेर बाँकी जिबन गुजार्नु ।यदि अर्को जुनि हुनेभए पक्कै भगवानले हाम्रो मेल गराउलान’ भनेको तेस्रो दिन बुढाले संसार त्यागे । छोराबुहारीले बुढी आमालाई सन्चो बिसन्चो कहिल्यै सोधपुछ गरेनन् । उल्टो ‘छिमेकीसंग घरको कुराकानी गर्ने होईन । चुपचाप घरको काममा दल्लिनु’ भन्थे । बुढा बितेको करिब सातबर्ष भयो। छोराबुहारीको सधैंका किचलोबाट मन दुखेकी बुढीले आजदेखी माथी स्कुलमा भागवत लगाएकोले बुढाको आत्माको पनि शान्तिको कामना गर्न फुल टिपेर सुन्न गएकी थिइन् । पुस महिनाको छोटो दिनमा पुराण सुनेर फर्कदा झमक्क साँझ पर्‍यो।छोराबुहारी दुबै बमबम ...
कविताः शासक, भेडाहरू, निमको रुख र जनता

कविताः शासक, भेडाहरू, निमको रुख र जनता

–आर.आर. चौलागाईं– अहिले एउटा शासक सत्ताच्यूत भएर गुन्डूमा गएर बसेको छ र भन्दै छ– ‘हाम्रो गुन्डाराज फेरि फर्किन्छ ।’ मलाई भेडाहरू मान्छे भएको हेर्न मन छ । हामीले रोप्यौँ धेरै वर्षसम्म निमको रुख तर सुन्तला कहिल्यै फलेन । हामी जनता मासुभात खाएर भोट हाल्छौँ र पाँच वर्षसम्म नेतालाई गाली गरेर बसिरहन्छौँ । -हेटौंडा, मकवानपुर ।...
बालकविता: मेरो भाइ

बालकविता: मेरो भाइ

-रमेशचन्द्र घिमिरे- कहिले खिस्स हाँस्छ कहिले बर्र आँसु झार्छ मेरो भाइ जहिले पनि हैरान मात्रै पार्छ जब पढ्ने बेला हुन्छ लाग्छ भोक उसलाई काम अह्राउँदा फन्किन्छ ऊ चल्छ झोक उसलाई घरको जितार भई के भो बाहिर जाँदा हार्छ मेरो भाइ जहिले पनि हैरान मात्रै पार्छ फुकाएर किताब उसले पढे पनि हुन्थ्यो कापी झिकी गृहकार्य गरे पनि हुन्थ्यो अल्छी छ ऊ केही गर्दैन हाँसी हाँसी टार्छ मेरो भाइ जहिले पनि हैरान मात्रै पार्छ । -भोर्लेटार लमजुङ ।...
डा. टीकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

डा. टीकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

नेपाल । नेपाली साहित्यमा कथा, लघुकथा, निबन्ध, समालोचना र समसामयिक लेखनमा कलम चलाउँदै आएका डा. टीकाराम पोखरेलको ‘अन्त्यारम्भ’ नामक कथासङ्ग्रह प्रकाशित भएको छ । कथामा प्रेम, यौन, जीवन, मानव मनोविज्ञान, मानवीय मूल्य मान्यवता, मानवताको ह्रास, राजनीतिक विकृति, विसङ्गति, सामाजिक झिनाझम्टी, अपराध, अशिक्षा, अन्धविश्वास, अविकास र गरिबीबाट उत्पन्न विषम परिस्थितिहरुको उठान कथा संग्रहमा गरिएको छ । कल्पनाभन्दा बढी भोगाई, असामाजिक लाग्ने यथार्थ र समाजका कुरीतिप्रति व्यंग्यात्मक प्रहार गरिएका कथाहरुमा यौनका बाछिटा, केही प्रेमका मिठास, केही राजनीतिका धब्बा, केही छलनीतिका कुरा, केही कृत्य र केही कुकृत्य, केही लोभ र केही पापका पाटाहरू समाविष्ट छन् । २१ वटा कथाहरु समेटिएको कथा सङ्ग्रह सुन्दर स्वदेश प्रकाशनले प्रकाशित गरेको हो । पोखरलेको यो नवौँ कृति र दोस्रो कथा सङ्ग्रह हो । यसअघि पोखरेलको कृति धोको (२०५६...
यस बर्षको नोबेल साहित्य पुरस्कार हङ्गेरीका क्राज्नाहोर्काइलाई

यस बर्षको नोबेल साहित्य पुरस्कार हङ्गेरीका क्राज्नाहोर्काइलाई

अमेरिका । यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई दिने निर्णय गरिएको पुरस्कार छनोट समितिले बिहीबार जनाएको छ । क्राज्नाहोर्काइलाई प्रलयकारी भयका बीच पनि कलाको शक्ति पुनः पुष्टि गर्ने उहाँका ‘प्रभावशाली र दूरदर्शी रचना’ का लागि पुरस्कृत गर्ने निर्णय गरिएको पुरस्कार समितिले जनाएको छ। उहाँको जन्म सन् १९५४ मा दक्षिणपूर्वी हङ्गेरीको एउटा सानो सहरमा मध्यमवर्गीय परिवारमा भएको थियो । नोबेल पुरस्कार पाउने उहाँ हङ्गेरीका दोस्रा साहित्यकार हुनुहुन्छ। सन् २००२ मा इम्रे केर्टेस पनि उक्त पुरस्कारबाट सम्मानित हुनुभएको थियो । उनका कैयौँ कृति हङ्गेरियाली भाषामा प्रकाशित छन्। उहाँले विभिन्न चलचित्रका लागि कथा पनि लेख्नुभएको छ र उहाँका कृतिहरू अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्वीडिश भाषामा पनि छापिएका छन्। यस वर्षका लागि हालसम्म चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त...
संस्मरण: सम्झना बोस्टनको, स्पर्श महासागरको

संस्मरण: सम्झना बोस्टनको, स्पर्श महासागरको

-विमल अधिकारी- सन् २०२३ मार्च १०-१२ सम्मका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को पाँचौँ अन्तर्राष्ट्रिय च्याप्टर तथा महिला सम्मेलन तय भएको थियो। कार्यक्रम स्थल थियो बोस्टनस्थित पशुपति बुद्ध मन्दिर। सम्मेलनमा ‘मनु ब्राजाकीको श्यामकहानी’ पुस्तकको लोकार्पण पनि गरिने भएकाले कार्यक्रममा मेरो उपस्थिति अनिवार्य थियो। त्यसमा पनि कोलोराडो च्याप्टरका तत्कालीन अध्यक्ष राजु सिटौलाले अनुरोध गरिसकेपछि नाइँ भन्नै सकिनँ। जाने निर्णय गरेँ। दुईतीन महिनाअघि नै चार दिनका लागि काममा छुट्टी मिलाएँ। चार सय डलरमा डेल्टा एयरलाइन्सको हवाई टिकट मिल्यो। उडान समय थियो- मार्च १० शुक्रबार साढे १० बजे। कोलोराडोस्थित मेरो निवासबाट विमानस्थलसम्म जानका लागि चिनजानका उबरलाई मैले पहिल्यै अनुरोध गरेको थिएँ। उबरचालक ८ः३० मा घरमा आए। म साढे ९ भित्रै डेन्भर इन्टरनेसनल एयरपोर्टमा पुगेँ। विमानस्थलमा लाम र भीड त हु...
कविताः लिपि कि प्रतिलिपि ?

कविताः लिपि कि प्रतिलिपि ?

-लालगोपाल सुवेदी- लिपि लोप हुँदै छ प्रतिलिपिहरू छन् असरल्ल पृथ्वी पृथ्वी हो पृथ्वीको प्रतिलिपि पृथ्वी होइन जे देखिन्छौ ऐनामा त्यो पनि तिमी होइनौ जुन पानीले छोयो तिम्रो गोडा जेलाई तिमीले नदी भन्यौ अहिले त्यो पानी छैन अहिले त्यो नदी छैन ए बुढा बा आकाशलाई झ्यालखाना बनाउन सकिँदैन जे बोल्यौ तिमीले कसैले त मन्त्र पनि भन्लान् कसैले ध्वनि प्रदूषण भन्लान् खारिएर बन्ने हो सुन कोही पित्तल बन्लान् कोही बन्लान् चौबिस क्यारेटकै नम्बरी सुन यहाँ के देख्दै छु म यो विशाल काष्ठमण्डपमा काठ खाने धमिरा ? यहाँके के देख्दै छु म घरको जगमा एक हूल मुसा र आँटीको भकारीमा एक जमात घून ? धमिराहरू खानकै लागि जन्मेका हुन् मुसाहरू जग खोस्री खोस्री घर लडाउनकै लागि तैनाथ छन् घूनहरू अघाएनन् कहिल्यै भोलिका बाबु नानीहरूको पेट मार्न गहुँ, धान, मकै धुस्नो पार्दै छन् निकै बढेको छ प्रदूषण तिनको श्व...