११ कार्तिक २०८३, बुधबार

भाषा/साहित्य

ध्रुवकृष्ण ताम्राकारको उपन्यास ‘दह’ सार्वजनिक

ध्रुवकृष्ण ताम्राकारको उपन्यास ‘दह’ सार्वजनिक

नेपाल । उपन्यासकार ध्रुवकृष्ण ताम्राकारको ‘दह’ सार्वजनिक गरिएको छ । वियोगान्त घटनामा आधारित उपन्यासभित्र मानवीय संवेदना, पीडा र जीवनका गहिरा अनुभूतिलाई सशक्त ढङ्गले प्रस्तुत गरिएको छ । लेखक ताम्राकारले विशिष्ट लेखनशैलीमार्फत पात्रहरूको मनोविज्ञान र सामाजिक यथार्थलाई जीवन्त रूपमा चित्रण गर्नुभएको छ । साहित्यकार सूर्यप्रसाद लाकोजूको सम्पादन रहेको उक्त उपन्यासका सर्जक ताम्राकारका यसअघि मुक्तक, कथा, कविताका आधा दर्जन पुस्तक प्रकाशित छन् । उक्त उपन्यास अक्षरमार्ग प्रकाशनले बजारमा ल्याएको हो ।...
पराजुलीको ‘बखान’ लाई सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार प्रदान गरिने

पराजुलीको ‘बखान’ लाई सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार प्रदान गरिने

नेपाल । चितवनको इतिहासलाई आधार बनाएर लेखिएको कृति ‘बखान’ लाई सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार प्रदान गरिने भएको छ। साहित्य संगम चितवनले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष ‘बखान’ उपन्यासका लेखक तथा पत्रकार बसन्त पराजुली लाई प्रदान गर्न लागिएको हो। साहित्य संगमका अध्यक्ष शशिकिरण रेग्मी ले आगामी शनिबार एक कार्यक्रमबीच पुरस्कार वितरण गरिने जानकारी दिनुभयो। पुरस्कारअन्तर्गत २० हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिनेछ। प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनमा आधारित उक्त उपन्यासमा चितवनको तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ । अध्यक्ष रेग्मीका अनुसार चितवन सहिदहरूको रगतले सिंचित भएको भूमि भएकाले सोही पृष्ठभूमिमा आधारित ‘बखान’ यस वर्षको पुरस्कारका लागि छनोट गरिएको हो । वि।सं। २०६४ सालमा स्थापना भएको ...
भागीरथी श्रेष्ठको लघुकथाकृति ‘पानीको अर्थ’ लोकार्पित

भागीरथी श्रेष्ठको लघुकथाकृति ‘पानीको अर्थ’ लोकार्पित

नेपाल । अग्रज कथाकार भागीरथी श्रेष्ठको लघुकथाकृति ‘पानीको अर्थ’ एक कार्यक्रमबिच लोकार्पित गरिएको छ । यो उहाँको दोस्रो लघुकथाकृति हो । ३४ वर्षअघि उहाँको पहिलो लघुकथाकृति ‘रङ्गीन पोखरी’ प्रकाशित भएको थियो । कृतिमा प्रकृति, समाज र मानवीय जीवनसँग पानीको सम्बन्धका कुरालाई कृतिभित्र उल्लेख गर्न खोजिएको छ । लघुकथा समाज नेपालले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्राडा दयाराम श्रेष्ठलगायतले कृति लोकार्पण गर्नुभयो । उक्त अवसरमा प्रमुख अतिथि डा। श्रेष्ठले लघुकथा लेखनमा संरचनागत शुद्धता हुनुपर्नेमा जोड दिँदै कृतिभित्रका लघुकथाबारे आफ्नो धारणा राख्नुभयो । उहाँले कृतिको सम्पादनको चर्चा गर्दै सम्पादकले धेरै कुराको जिम्मेवारी लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा समीक्षक डा. दीनबन्धु शर्माले श्रेष्ठका लघुकथामा साङ्केतिक प्रभाव र दार्शनिक दृष्टिकोण रहेको उल्लेख गर्नुभयो । उह...
वरिष्ठ गीतकार किरण खरेललाई ‘परशु-कल्पना स्रष्टा सम्मान’ समर्पण

वरिष्ठ गीतकार किरण खरेललाई ‘परशु-कल्पना स्रष्टा सम्मान’ समर्पण

नेपाल । आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु–कल्पना स्रष्टा सम्मान, २०८२’ वरिष्ठ गीतकार किरण खरेललाई समर्पण गरिएको छ । काठमाडौँमा नेपाल स्रष्टा समाजद्वारा आयोजित विशेष कार्यक्रममा वरिष्ठ समालोचक प्राडा दयाराम श्रेष्ठले गीतकार खरेललाई सम्मानपत्र समर्पण गरे । उनलाई सम्मानसाथ नगद राशि एक लाख १११ रुपियाँसमेत प्रदान गरियो । सम्मानित स्रष्टा खरेलको पहिलो गीत ‘ए दूरका सितारा मेरो चाँदनी कहाँ छ...’ २०१४ सालमा रेकर्ड भएको थियो । त्यसपछि उहाँ निरन्तर अगाडि बढ्नुभएको हो । उहाँका ‘हिमालको काखमा छ सानो मेरो गाउँ’, ‘तिमीले चुमेका पाइला’, ‘उसको मायाले मार्यो थाहा पाएन’, ‘यो मौसम यो हरियाली रङ्गीबिरङ्गी फूलहरू’, ‘नमान लाज यस्तरी कि...’लगायत सात सयभन्दा बढी गीत छन् ।...
ओम रिजालको उपन्यास ‘पैकेलो’ सार्वजनिक

ओम रिजालको उपन्यास ‘पैकेलो’ सार्वजनिक

नेपाल । लेखक ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक भएको छ । पब्लिकेसन नेपालयको कालिकास्थानस्थित आरशालामा पुस्तक लोकार्पण गरिएको हो । रिजालले इतिहासकार भवेश्वर पंगेनी र छोरी स्पृहा रिजाललाई पुस्तक उपहार दिएसँगै पुस्तक सार्वजनिक गरिएको थियो । लेखक रिजालले कर्णालीको लोकसाहित्य, भाषा र संस्कृतिबाट प्रेरित भएर ‘पैकेलो’ लेखेको बताए । “कर्नालीका लोकसाहित्य र संस्कृतिले मकन लेख्न्या नैयाइ नैयाइ कथा दिया,” उनले भने, “मेरा लेखनका स्रोत अपठित कर्णालीका मान्ठहरूले सुनायाका श्रुतिसामाग्री हुन् । म लेख्य साहित्यका पूरा कितापमा नभेटिन्या गइला दर्शन कर्नाली लोकसाहित्यका हरफ हरफमा भेटाउँछु ।” उनले नेपाली भाषा, सभ्यता र संस्कृतिको मूलथलोका रूपमा कर्नालीको महत्व औँल्याए । कर्णालीको लोकसाहित्यमा समाज, संस्कृति र इतिहासका गहिरा पक्षहरू समेटिएको बताएको प्रकाशक नेपालयले प्रेस नोटमा उल्लेख गरेको छ । २५...
बनारसमा नेपालका पाँच साहित्यकारलाई सम्मान

बनारसमा नेपालका पाँच साहित्यकारलाई सम्मान

नेपाल । काशी हिन्दी विद्यापीठ एवम् अखिल भारतीय लेखक कवि कलाकार परिषदद्वारा संयुक्तरूपमा भारतको बनारसमा आयोजित एक कार्यक्रममा नेपालका पाँच जना वरिष्ठ साहित्यकारलाई सम्मान गरिएको छ । भारतका पूर्व सांसद वरिष्ठ साहित्यकार ओमपाल सिंह ‘निडर’ र अखिल भारतीय लेखक कवि कलाकार परिषदका संस्थापक इन्द्रजित तिवारीले संयुक्त रूपमा नेपाली साहित्यकारहरू डा. हरि तिमिल्सिना, डा. राजकुमार थारू, कल्पना पौडेल, मीना कुमारी बराल र ऋषिराम सापकोटालाई ‘नेपाल–भारत मैत्री सम्मान’ बाट सम्मानित गर्नुभयो । सो अवसरमा बोल्दै भारतका पूर्व सांसद वरिष्ठ साहित्यकार ओमपाल सिंह ‘निडर’ले नेपाल र भारतको सम्बन्ध राजनितिक मात्र नभई साहित्यिक, सांस्कृतिक र आर्थिक रूपमा पनि निकै बलियो तथा पुरानो रहेको बताउनुभयो । उहाँले सदियौंदेखि नेपाल र भारतबिचको साहित्यिक सम्बन्धले दुबै देशका नागरिकबिचको सम्बन्धलाई सुदृढ गर्ने कार्य गरिरहेको बताउन...
समालोचनात्मक कृति ‘अक्षरको यात्री’ लोकार्पण

समालोचनात्मक कृति ‘अक्षरको यात्री’ लोकार्पण

नेपाल । समालोचनात्मक कृति ‘अक्षरको यात्री’ लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार डा. कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा साहित्यिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभएको थियो । सङ्ग्रहभित्र १६ जना मूर्धन्य साहित्यकारका कृतिमाथि गरिएका समालोचना समेटिएका छन् । कृतिमा युगपुरुष विश्वेश्वरप्रसाद कोइरालादेखि वर्तमान पुस्ताका स्रष्टासम्मका सिर्जनामाथि आलोचनात्मक दृष्टि प्रस्तुत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि दाहालले नेपाली साहित्यमा समालोचना विधाको गरिमा र आवश्यकतामाथि प्रकाश पार्नुभयो । उहाँले भन्नुभयो, “सिर्जनाको उचित मूल्याङ्कन र निष्पक्ष विश्लेषणले नै साहित्यलाई परिष्कृत बनाउँछ । स्वस्थ समालोचनाबिना साहित्यको जग बलियो हुन सक्दैन, त्यसैले यो कृतिले नयाँ सर्जकका लागि मार्गदर्शनको कार्य गर्ने छ ।” कृतिका सम्पादक निर्मला कोइरालाले ...
बुढ्‌यौली साहित्य समाज महोत्तरीद्वारा गौशालामा आठौँ शृङ्‌खला सम्पन्न

बुढ्‌यौली साहित्य समाज महोत्तरीद्वारा गौशालामा आठौँ शृङ्‌खला सम्पन्न

नेपाल । बुढ्‌यौली साहित्य समाज (बुसास) महोत्तरीले २०८२ साल चैत्र ७ गौशालाको त्रिभुवन नमुना माविमा आफ्नो आठौँ शृङ्‌खला सम्पन्न गरेको छ । बुसासले पहिलो पटक गौशालामा गरेको सो कार्यक्रममा दीपलाल महतो, विलट भारती, मोहन गिरी, सुनिधी गुप्ता, मुस्कान साह, सुनिलकुमार साह, जयनारायण महतो, विनोद यादव, देवी घिमिरेले कविता, मुक्तक, गजल तथा गीत सुनाएका थिए । यसैगरी कार्यक्रममा बुढ्यौली साहित्य समाज मधेस प्रदेशका सचिव राम‌चन्द्र पौडेल तथा भीमकुमार राउत, भरतप्रसाद सिंह ‘दोषी’, उमेशकुमार कुशवाहा, गोपाल यादव, यशोदा श्रेष्ठ, ध्रुव वख्रेललगायतले शुभकामना मन्तव्य दिएका थिए । सञ्चालन नारद काफ्ले तथा स्वागत गोपाल सिंह कुशवाहाले गरेको सो कार्यक्रमको प्रमुख आतिथ्य बुढ्‌यौली साहित्य समाज मधेस प्रदेशका अध्यक्ष लम्बोदर काफ्ले तथा सभाध्यक्षता बुसास महोत्तरीका अध्यक्ष लालबाबु पोखरलले गरेका थिए। समाचार स्रोतः रामचन्द...
वानीरा फाउन्डेसनद्वारा भावुक, शाक्य र गिरीलाई पुरस्कार प्रदान गर्ने निर्णय

वानीरा फाउन्डेसनद्वारा भावुक, शाक्य र गिरीलाई पुरस्कार प्रदान गर्ने निर्णय

नेपाल । वानीरा फाउन्डेसनले यस वर्षको ‘वानीरा प्रज्ञा पुरस्कार’ वरिष्ठ कवि तथा गीतकार माधव खनाल ‘भावुक’ लाई प्रदान गर्ने निर्णय गरेको छ । फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा शनिबार बसेको बैठकले नेपाली भाषा–साहित्यमा साढे सात दशकदेखि साधनारत भावुकलाई सो पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो । भावुकको पहिलो कृति वि।सं। २००९ मा प्रकाशित भएको थियो भने उहाँका कविता सङ्ग्रहमा मविवि शाह, बालकृष्ण सम र मातृकाप्रसाद कोइरालाले भूमिका लेख्नुभएको छ । उहाँका तीनवटा कृति र करिब एक सय फुटकर रचना प्रकाशित छन् । त्यसै गरी, ‘वानीरा शङ्कर पुरस्कार’ कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई प्रदान गरिने भएको छ । चार दशकअघिदेखि कम्प्युटरमा नेपाली लिपिको निर्माणका साथै कृत्रिम बौद्धिकता ९एआई० मा आधारित मौलिक यन्त्रमानव ९रोबोट० को आविष्कार गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको गौरव बढाएबापत उहाँलाई सो पुरस्का...
पाँच नाटक र एक खण्डकाव्यसहित कुशवाहाका आधा दर्जन कृति लोकार्पित

पाँच नाटक र एक खण्डकाव्यसहित कुशवाहाका आधा दर्जन कृति लोकार्पित

नेपाल (रौतहट) । सर्लाहीका बहुभाषिक साहित्यकार रामचन्द्र महतो कुशवाहाको आधा दर्जन कृतिको एकसाथ लोकार्पण गरिएको छ । नेपाली, हिन्दी र बज्जिका भाषामा विभिन्न विधामा साहित्य सिर्जन गरिरहेका कुशवाहाको एक खण्डकाव्य र पाँच नाटक गरी छ ओटा कृतिको एक साथ लोकार्पण गरिएको हो । सर्लाहीको गोडैता नगरपालिका ५ रामवनस्थित सरस्वतीदेवी कुशवाहा सामुदायिक आधारभूत विद्यालयमा शनिवार ‘कुल खन्दान’ (कुल खानदान), ‘नहिराके कुत्तो प्यारा’ (माइतीको कुकुरै प्यारो), ‘घर परिवार’, ‘पिया परदेश’ (पति परदेश) र ‘अपन समाज’ (आफ्नो समाज) नाट्यकृति र ‘सरस्वती’ खण्डकाव्यको संयुक्त लोकार्पण गरिएको हो । गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्रकुमार यादव, वडा नम्बर ५ का वडाध्यक्ष प्रकाशप्रसाद गुप्ता, बज्जिका शिरोमणि सञ्जय साह मित्र, कृतिकार कुशवाहा, बज्जिका सेवीहरू किशुनदयाल श्रीकृष्ण र शिवचन्द्र साहले एकसाथ छ कृतिलाई सार्वजनिक गरेका ह...