नवसर्जक साहित्य चौतारीको आयोजनामा लघुकथा लेखन कार्यशाला सम्पन्न
नेपाल (हेटौंडा) । नवसर्जक सहित्य चौतारी नेपालको आयोजनामा लघुकथा लेखन कार्यशाला एवम् एकाइ समिति घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
चौतारीकी सचिव युकिसा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका, ४ नं वडाका वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सामुदायिक एवम् संस्थागत गरी मकवानपुरका २३ विद्यालयको सहभागिता रह्यो ।
कार्यक्रमको मुख्य आकर्षण लघुकथा लेखन कार्यशालाको सहजीकरण सर्जक सञ्जाल मकवानपुरका संयोजक एवम् संस्थाका सल्लाहकार निमेष निखिलद्वारा गरियो । अन्तरक्रियात्मक कार्यशालामा देश विदेशका उत्कृष्ट लघुकथाको उदाहरण दिँदै लघुकथामा सूत्रात्मक, रहस्यमूलक र व्यङ्ग्यात्मक व्यञ्जनात्मक लेखनलाई प्राथमिकता दिनुपर्ने प्रशिक्षक निखिलले बताउनुभयो ।
कार्यशालामा उपस्थित नवसर्जकले दिइएको विषयवस्तुमा आआफ्नो मौलिक कथ्यशैली प्रयोग गरी कार्यक्रम स्थलमा नै लेखिएका ...








