नेपाल (मकवानपुर) । झसापको ३२७ औँ कार्यक्रमका सिलसिलामा झरना साहित्यिक परिवारको आयोजना तथा बकैया गाउँपालिका ५ नम्बर वडाको प्रायोजनमा जेठ २९ गते रचना वाचन तथा आधारभूत तह (१–५) स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
नृत्य प्रतियोगितामा सहभागी १२ ओटा समूहमध्ये महेन्द्र मावि बकैया–४ की अनुपा स्याङ्तान, किसान जागरुक आवि, बकैया–५ की समृध्दि लो र माटाकोरी मावि बकैया–७ की तेन्जिना भोलन क्रमशः प्रथम, द्वितीय, तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए ।
कार्यक्रममा जनार्दन खनाल, ॐ भक्त भण्डारी, सविना घलान, स्नेहा पराजुली, आक्रोश विकलगायतले मुक्तक, कविता, गीत प्रस्तुत गरेका थिए ।
यसैगरी पालिका उपाध्यक्ष भक्तबहादुर खत्री, वडाध्यक्ष लक्ष्मी जिम्बा तथा रमेशमोहन अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।
नृत्य प्रतियोगिताको निर्णय समीर पाख्रिन तथा देवराज लामिछानेले गरेका थिए ।
हरि घिमिरेले सञ्चालन, कृष्ण घतानेले स्वागत तथा गायत्री रुपाखेतीले सभाध्यक्षता गरेको सो कार्यक्रमको प्रमुख आतिथ्य पालिका अध्यक्ष धर्मराज लामिछानेले गरेका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्