३१ जेष्ठ २०८३, आईतवार

कतार र स्विट्जरल्यान्डबीचको खेल १–१ को बराबरीमा

कोलोराडोखबर संवाददाता , June 14th, 2026

नेपाल । फिफा विश्वकपको समूह ‘बी’ अन्तर्गत कतारले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको छ । डिफेन्डर बुआलेम खुखीले हेडमार्फत बराबरी गोल गरे ।

खेलभरि दबाब कायम राखेको स्विट्जरल्यान्डले पहिलो हाफमा पेनाल्टीमार्फत अग्रता लिएको थियो। भिसा सम्बन्धी ढिलाइपछि मात्र अमेरिकामा प्रवेश अनुमति पाएका ब्रिल एम्बोलोले १७औँ मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै स्विस टोलीलाई १–० ले अगाडि बढाएका थिए ।

तर त्यसपछि प्राप्त अन्य अवसरहरूको सदुपयोग गर्न नसक्दा स्विट्जरल्यान्डले जित गुमायो । १३औँ मिनेटमा कतारका गोलरक्षक महमुद अबुनादाले एम्बोलोलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

उक्त क्रममा अबुनादाले पहेंलो कार्ड पनि पाए । एम्बोलोले १७औँ मिनेटमा शान्त रूपमा पेनाल्टीलाई जाली चुमाउँदै बललाई गोलपोस्टको माथिल्लो बायाँ कुनामा प्रहार गरेपछि लेभाइस स्टेडियममा उपस्थित स्विस समर्थकहरू उत्साहित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्