गणेश जिसीलाई ‘लक्षिमा-शेरबहादुर रानाभाट स्मृति पुरस्कार’
नेपाल । ‘लक्षिमा-शेरबहादुर रानाभाट स्मृति पुरस्कार’ यस वर्ष वरिष्ठ साहित्यकार गणेशबहादुर जिसीलाई प्रदान गरिएको छ ।
भेरी साहित्य समाज केन्द्रीय समिति, बाँकेको आयोजनामा सम्पन्न गरिएको पुरस्कार वितरण तथा सम्मान अर्पण कार्यक्रममा वरिष्ठ साहित्यकार जिसीलाई साहित्य, पत्रकारिता तथा रेडियो नाटक क्षेत्रमा पु¥याएको योगदानका लागि उक्त पुरस्कार प्रदान गरिएको हो ।
१५ हजार १११ रुपियाँ नगद राशिको सो पुरस्कार प्रगतिशील लेखक सङ्घ नेपालका पूर्वअध्यक्ष तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव जीवेन्द्रदेव गिरी एवं पुरस्कारका संस्थापकद्वय भरतबहादुर रानाभाट र भीमबहादुर रानाभाटले संयुक्त रूपमा प्रदान गर्नुभयो ।
त्यसै गरी सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालकी उपाध्यक्ष तथा राजयोग क्षेत्रीय प्रशिक्षण केन्द्र नेपालगन्जकी प्रमुख दुर्गा दिदीलाई पनि सोही अव...









