१७ बैशाख २०८३, बिहीबार

भाषा/साहित्य

कविताः जीवन र संस्कृति

कविताः जीवन र संस्कृति

-सुदीपभद्र खनाल- जहाँ बस्यो त्यहीँको हो मान्छे यो पृथिवी भर पृथ्वी हो सबको साझा ईश प्रदत्त यो घर मान्छेले हो बनाएको सिमाना देश बन्धन सँस्कृति पनि आफ्नै हो जस्तो हो तेल वा नुन मेरो संस्कृति हो मेरो चिनारी धरतीभर चिनो पिता र पूर्खाको परम्परा निरन्तर मान्नु कर्तव्य हो मेरो मिले नमान्नु के छ र आफ्नो कर्तव्यमा मैले चुकेको कहिले छु र जसरी दूर पुग्दैमा छोडिँदैन कसै नुन संस्कार पनि उस्तै हो म कसै छाड्न सक्तिन सबै संस्कार मान्छेका म हेर्छु समभावले जहाँ कानूनले दिन्छ नमान्नु कुन हेतुले ? नमिले मनमा राख्छु आज यस्तै भयो भनी जिन्दगी एक यात्रा हो यात्रा बाटै गरी जनी प्रणाम राममा गर्छु कुसंस्कार छुटोस् भनी सुसंस्कार म थाम्नेछु जहाँ सम्म छ जीवनी म भातृत्व उचालेर जितेमा सत्य नाच्दछु म आफ्नै श्रमले बाँची श्वास स्वाधीन फेर्दछु म सहन्न कतै मेरो हेपिए पन चिन्तन जहाँ मानवता फुल्छ त्य...
कविताः विद्रोह र कारणहरू

कविताः विद्रोह र कारणहरू

-आर.आर. चौलागाईं- उब्जाउने हामी बसीबसी खाने उनीहरू अनि हामीचाहिँ भोकै हुनुपर्ने विद्रोह हुनुमा यो पनि एउटा कारण हो । बुन्ने हामी छानीछानी लाउने उनीहरू अनि हामीचाहिँ नाङ्गैभुतुङ्गै हुनुपर्ने विद्रोह हुनुमा यो पनि एउटा कारण हो । बनाउने हामी आरामसँग बस्ने उनीहरू अनि हामीचाहिँ घरबारविहीन हुनुपर्ने विद्रोह हुनुमा यो पनि एउटा कारण हो । –हेटौंडा, मकवानपुर ।...
साहित्यकार जयदेव भट्टराईको नयाँ कृति शब्दचित्र ‘नमन’ को लोकार्पण

साहित्यकार जयदेव भट्टराईको नयाँ कृति शब्दचित्र ‘नमन’ को लोकार्पण

नेपाल । साहित्यकार जयदेव भट्टराईको नयाँ कृति शब्दचित्र ‘नमन’ को लोकार्पण गरिएको छ । आरब्ध प्रकाशनद्वारा आयोजित कार्यक्रममा उर्मिला उपाध्याय, डा. तीर्थबहादुर श्रेष्ठ, नूपुर भट्टाचार्य, भुवन चन्द, शकुन्तला शर्मा, शङ्करनाथ रिमाल, शशि शाह, विजया शर्माले संयक्त रूपमा पुस्तक लोकार्पण गर्नुभयो । सो कार्यक्रममा नाट्यकर्मी अशेष मल्लले पुस्तकबारे चर्चा गर्दै नेपाली साहित्य र ललितकलाका विविध विधामा योगदान पुर्याउनुभएका साधकका काम र व्यक्तित्वबारे लेखिएको उक्त पुस्तकले सर्जकलाई अमर बनाउने बताउनुभयो । उहाँले साहित्यकार भट्टराईले गोरखापत्र, मधुपर्कमा सेवा दिँदा लेखिएका र सेवाबाट अवकाश लिएपछि नेपाली साहित्यका मूर्धन्य व्यक्तिबारे खोजी, अनुसन्धान गरी नमन पुस्तकमा समेटेकोले भावीपुस्ताले व्यक्तित्व, कृतित्व दुवै पक्षबारे बुझ्ने, पढ्ने अवसर सिर्जना भएको बताउनुभयो । प्राडा लक्ष्मणप्रसाद गौतमले साहित्यकार भ...
तीन श्रष्टालाई भैरव पुरस्कार प्रदान

तीन श्रष्टालाई भैरव पुरस्कार प्रदान

नेपाल । भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार भैरव पुरस्कार गुठीले बुधबार प्रदान गरेको छ । २०८२ सालको भैरव पुरस्कार भारत सिलगुढी निवासी हास्य व्यङ्ग्यकार कृष्ण प्रधानलाई प्रदान गरियो । पुरस्कारको राशि एक लाख ११ हजार १११ रुपियाँ रहेको छ । यसैगरी एक लाख एक हजार १११ रुपियाँ राशिको भैरव वाङ्मय पुरस्कारबाट वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मा सम्मानित हुनुभयो । भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका विवश पोखरेललाई प्रदान गरियो । उहाँलाई ५१ हजार १११ रुपियाँसहित पुरस्कृत गरिएको हो । गुठीका अध्यक्ष रोचक घिमिरे, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्याल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललगायतले पुरस्कार प्रदान गर्नुभयो । सो कार्यक्रममा साहित्यकारहरू नरनाथ लुइटेल, केके कर्माचार्य, प्रमोद प्रधानलगायतले नेपाली साहित्यमा भैरव अर्यालको योगदानबारे चर्चा गर्नुभ...
गोपीकृष्ण थापाको ‘स्पन्दित मन’ मुक्तक सङ्ग्रह लोकार्पण

गोपीकृष्ण थापाको ‘स्पन्दित मन’ मुक्तक सङ्ग्रह लोकार्पण

नेपाल । गोपीकृष्ण थापाद्वारा लिखित ‘स्पन्दित मन’ मुक्तक सङ्ग्रह लोकार्पण गरिएको छ । मंगलबार आयोजित नेपाल स्रष्टा समाज केन्द्रीय समितिको १९औँ वार्षिक साधारणसभा एवं पुस्तक लोकार्पण समारोहमा ‘स्पन्दित मन’ सार्वजनिक गरिएको हो । कार्यक्रमका सभापति श्रीओम श्रेष्ठ ‘रोदन’ ले गोपीकृष्ण थापाका मुक्तकहरू आजको समाज, व्यक्ति र समयको यथार्थ चित्रण भएका बताउनुभयो । उहाँले भन्नुभयो, “साहित्य समाजको दर्पण हो । ‘स्पन्दित मन’ केवल शब्दहरूको संयोजन होइन, लेखकको भावनात्मक यात्राको दस्तावेज हो । थापाद्वारा लिखित मुक्तक आजको समाज, व्यक्ति र समयको यथार्थ चित्रण हो ।” लेखक थापाले ‘स्पन्दित मन’ मुक्तक आफ्नो अनुभूतिहरूको प्रतिबिम्ब भएको धारणा राख्दै यसमा मनका भावना र समाजका यर्थाथ इङ्गित गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सङ्ग्रह मेरा अनुभूतिहरूको प्रतिबिम्ब हो । समाजका भोगाइ, देखाइ र अनुभवहरूलाई शब्दमा उतार्...
भारतमा नौ जना नेपाली साहित्यकारहरु सम्मानित

भारतमा नौ जना नेपाली साहित्यकारहरु सम्मानित

नेपाल । भारतको नयाँ दिल्लीमा आयोजना गरिएको एक अन्तर्राष्ट्रिय सम्मान कार्यक्रममा बाँके र बर्दियाका नौ जना साहित्यकार तथा कलाकार सम्मानित हुनुभएको छ । हिन्दी उर्दू अदबी सङ्गम दिल्लीद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मान तथा अन्तर्राष्ट्रिय कविसम्मेलन एवम् मुशायरा कार्यक्रममा नेपाली साहित्यकार र कलाकारलाई सम्मानित गरिएको हो । अमेरिका, श्रीलङ्का, मरिसस, नेपाल, पाकिस्तान र बङ्गलादेश लगायतबाट वरिष्ठ साहित्यकारहरुको सहभागिता रहेको सो कार्यक्रममा बाँकेका आठ जना साहित्यकार तथा बर्दियाका एक जना कलाकारलाई सम्मान गरिएको भेरी साहित्य समाज केन्द्रीय समितिका सल्लाहकार डा. हरिप्रसाद तिमिल्सिनाले बताउनुभयो । सम्मानित हुनेहरुमा भेरी साहित्य समाज केन्द्रीय समितिका सल्लाहकार डा. तिमिल्सिना, वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद रिजाल, कोषाध्यक्ष डा। राजकुमार थारु तथा केन्द्रीय सदस्यहरु मीना बराल र कल्पना पौड...
छुदेन काविमो तथा प्रेमदेव गिरीलाई मदन र जगदम्बाश्री पुरस्कार प्रदान

छुदेन काविमो तथा प्रेमदेव गिरीलाई मदन र जगदम्बाश्री पुरस्कार प्रदान

नेपाल । मदन पुरस्कार गुठीले विसं २०८१ का लागि पूर्वघोषित जगदम्बाश्री सम्मान र कृति पुरस्कार एक समारोहबिच आइतबार स्रष्टालाई प्रदान गरेको छ । नेपाली लोकभाकाका सङ्कलक एवं संरक्षक प्रेमदेव गिरीलाई जगदम्बाश्री सम्मान र ‘उरमाल’ कृतिका लेखक छुदेन काविमोलाई मदन पुरस्कार प्रदान गरिएको हो । पाटनस्थित कमलमणि थिएटर, पाटनढोकामा आयोजित कार्यक्रममा स्रष्टाद्वयलाई सम्मानपत्रका साथमा पुरस्कार राशि चार–चार लाख रुपियाँ प्रदान गरियो । उक्त कार्यक्रममा संस्कृतिविद् प्राडा वीणा पौड्यालले विद्वत् प्रवचन दिनुभएको थियो । उहाँले ‘कला, प्रतिमा र संरक्षण’ शीर्षकमा आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । उहाँले पुरातत्वले मानिसको विगतलाई प्रमाणसहित उजागर गर्ने भएकाले यसको जगेर्ना गर्नु सबैको दायित्व भएको बताउनुभयो । कार्यक्रममा ‘उरमाल’ का लेखक काविमोले प्रेम र साहित्यको सिमाना नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “साहित...
पर्यटन व्यवसायी डङ्गोलको नियात्रा ‘कैलाश कोरा’ लोकार्पण

पर्यटन व्यवसायी डङ्गोलको नियात्रा ‘कैलाश कोरा’ लोकार्पण

नेपाल । वरिष्ठ पर्यटन व्यवसायी एवं नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्रा कृति ‘कैलाश कोरा’ विमोचन गरिएको छ । नियात्राकार डङ्गोलले तिब्बतको कैलाश मानसरोवर यात्राका क्रममा भोगेका अनुभवलाई समेटेर तयार गर्नुभएको उक्त कृतिको आज स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले विमोचन गर्नुभएको हो । एसोसियसन अफ कैलाश टुर्स अपरेटर्स नेपालले आज आयोजना गरेको कार्यक्रममा स्रष्टा समाज नेपालका अध्यक्ष श्रेष्ठले व्यक्तिगत जीवनमा धेरै मानिसहरूले विभिन्न स्थानको यात्रा गरेपनि यात्राको अनुभवनलाई समेटेर कृति लेख्ने सर्जक कम भएका उल्लेख गर्नुभयो । “सरल भाषामा लेखिएको ‘कैलाश कोरा’ कृति कैलाश घुम्न नसकेका व्यक्तिका लागि पनि कैलाश घुमेसरह हुने सामग्री भएको छ”, उहाँले भन्नुभयो । उहाँले मुलुकमा नियात्राकारको आवश्यकता औँल्याउनुभयो । पुस्तकमाथि समीक्षा गर्दै साहित्यकार प्राडा विन्दु शर्माले उक्त कृतिले ...
‘युगदेखि युगसम्म राजेश हमालसँग यज्ञश’ विमोचन

‘युगदेखि युगसम्म राजेश हमालसँग यज्ञश’ विमोचन

नेपाल । पत्रकार तथा लेखक यज्ञशसँगको संवाद शैलीमा तयार भएको अभिनेता राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ विमोचन गरिएको छ । शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डवलीमा अभिनेता राजेश हमाल, उहाँकी श्रीमती मधू भट्टराई, लेखकद्वय यज्ञश र बुद्धीसागरले संयुक्त रूपमा उक्त पुस्तकको विमोचन गर्नुभएको हो । उक्त पुस्तकमा जीवनयात्रा, चलचित्र र जीवनसँग जोडिएका अनुभव, संस्मरण तथा सामाजिक र व्यक्तिगत विचार समेटिएका अभिनेता हमालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मैले बाहिर नभनेका कतिपय विषय पुस्तकमा समेटिएका छन् । यसलाई हामीले सुरू गरेर तीन वर्षमा विमोचन गर्न सफल भएका छौँ । यसमा राजनीति, धर्म, केही मनोविज्ञानका कुरा पनि छन् ।” अभिनेता हमालले आफ्नो जीवन तथा आफ्नो सोचाइ र विचारलाई निर्धक्कसँग पुस्तकमा राखेको उल्लेख गर्नुभयो । उहाँले बसाइँसराइदेखि सरकार र जनताको बीचमा बढ्दै गएको दूरीका विषयमा बनाइएको व...
साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार वप्राडा वासुदेव त्रिपाठीलाई

साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार वप्राडा वासुदेव त्रिपाठीलाई

नेपाल । यस वर्षको साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार वरिष्ठ साहित्यकार प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरिएको छ । विसं २०३९ देखि साहित्यिक गतिविधि गर्दै आएको संस्था साहित्य सन्ध्याद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाबाट उहाँलाई ५० हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । माक्र्सवादी चिन्तक भट्टको स्मृतिमा प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीबाट अक्षयकोष स्थापना भई पहिलोपटक यो पुरस्कार प्रदान गरिएको हो। पुरस्कार सिफारिस समितिका संयोजक प्रा. जगतप्रसाद उपाध्यायले डा त्रिपाठी नेपाली साहित्यका महासमालोचक भएको उल्लेख गर्दै उहाँको शोधपरक समालोचनाको विषयमा चर्चा गर्नुभयो । भट्टको व्यक्तित्वबारे प्रकाश पार्दै साहित्यकार प्राडा हेमनाथ पौडेलले समालोचना र दर्शनका क्षेत्रमा भट्टको अलग पहिचान रहेको बताउनुभयो । विसं १९...