१७ बैशाख २०८३, बिहीबार

भाषा/साहित्य

कविताः म

कविताः म

-सुदीपभद्र खनाल- म आफूमात्र मान्छे हूँ अरू हुन् काठका मुढा म हिरा मोति हूँ सारा अरू बेकामका कुडा म मात्रै हूँ महाज्ञानी पटमूर्ख सबै अरू म स्वयम्भू अरू सारा गोरूका बछडाहरू म बोले वेदको वाक्य अरू बोले फजूल हो अरू पत्कर हुन् सारा म मात्रै एक फूल हो मेरो दृष्टि महादृष्टि अरूको दृष्टि बेतुक अरू बेठिक हुन् सारा म मात्रै सर्वथा ठिक अरू बेकुफ हुन् सारा अल्पज्ञानी म पण्डित म मात्रै फूलको माला मान सन्मान मण्डित म नै हूँ राज्य साम्राज्य विश्व ब्रम्हाण्ड सभ्यतै अरू हुन् भुसुना साना जो छन् संसारमा सबै नभए म धरा हुन्न हुन्न आकाश यो पनि धानेको छु सबै मैले जे छ संसार जीवनी म नै ब्रह्म म नै माली म नै शाश्वत ईश्वर मभन्दा गुणवान् उम्दा सृष्टिमै को छ खै नर दूधले हूँ म न्वाएको मै सुगन्ध सुपुष्पको म नै घाम म नै पानी म नै प्राणत्व सृष्टिको जड चेतन वा सारा दृष्यादृष्य चराचर केही अर्को ...
गीत: हामीले अरू के नै मागेका थियौँ र…

गीत: हामीले अरू के नै मागेका थियौँ र…

-आर. आर. चौलागाईं- हामीले अरू के नै भनेका थियौँ र ! हामीले अरू के नै मागेका थियौँ र ! सामाजिक सञ्जाल खोल्नोस् भनेका थियौँ भ्रष्टाचार निर्मूल पार्नोस् भनेका थियौँ किन त्यसरी गोलीले भुट्नु भो हामीलाई ? किन त्यसरी कत्लेआम गर्नु भो हामीलाई ? नयाँ पुस्ता हामी ठूला भइसकेका थियौँ ठीक बेठिक छुट्याउने भइसकेका थियौँ किन आफ्नै अभिमानमा अडिग हुनु भो ? किन आफ्नै विनाशलाई निम्त्याउनु भो ? -हेटौंडा, मकवानपुर ।...
मोहन मैनालीको गैर आख्यानात्मक कृति ‘मुकाम रणमैदान’को अमेरिकामा चर्चा

मोहन मैनालीको गैर आख्यानात्मक कृति ‘मुकाम रणमैदान’को अमेरिकामा चर्चा

नेपाल । मोहन मैनालीकृत गैर आख्यानात्मक कृति मुकाम रणमैदानको यहाँ परिचर्चा गरिएको छ । ऐतिहासिक कृति मुकाम रणमैदानले २०८१ सालको मदन पुरस्कार पनि प्राप्त गरेको थियो । नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको नियमित मासिक घरदैलो साहित्यिक कार्यक्रम अन्तर्गत यसपटक मुकाम रणमैदान छनोट गरिएको हो । सो अवसरमा लेखक मैनाली जुममार्फत काठमाडौँबाट जोडिनु भएको थियो र जिज्ञासुहरुको प्रश्नको उत्तर दिनुभएको थियो । यो कृतिमा सन् १९१६ अर्थात् विसं १८७१(७२ ताका नेपाल र इष्ट इण्डिया कम्पनीबीच भएको युद्धका बारेमा देखे, भोगेका र यसबाट आहत भएका नेपाली तथा विदेशीहरुले पत्रमार्फत गरेको संवाद वा चिठीपत्रलाई प्रमुख आधार मानेर तयार गरिएको हो । यो कृतिमा नेपालीहरुको वीरता, साहस र बहादुरीको गाथा पनि समेटिएको छ । स्रष्टा मैनालीले यो कृति प्रकाशनका क्रममा आफूले धेरै दुःख र हैरानी पाएको भए तापनि एउटा ऐतिहासिक कृति प्रकाशनमा...
वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मीद्वारा लिखित ‘मुटुका कुरा’ पुस्तक विमोचन

वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मीद्वारा लिखित ‘मुटुका कुरा’ पुस्तक विमोचन

नेपाल । वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मीद्वारा लिखित ‘मुटुका कुरा’ पुस्तक विमोचन गरिएको छ । उक्त पुस्तक बाथ मुटुरोग र जन्मजात मुटुरोग लागेर ओपन हार्ट सर्जरी गरी निको भएका दुई बालबालिका विशाल गजमेर र कल्पना तामाङको हातबाट विमोचन गरिएको थियो । विश्व मुटु दिवसको सन्दर्भमा नेपाल एनसिडी एलायन्स र रोटरी क्लब अफ पाटनको संयुक्त आयोजनामा भएको विशेष समारोहमा उक्त पुस्तक विमोचन गरिएको हो । पुस्तक विमोचन समारोहमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाश रेग्मीले उक्त पुस्तकले मुटु रोगबारे व्यापक जनचेतना जागृत गराउने जानकारी दिनुभयो । उहाँले आफ्नो अध्ययन, कार्य अनुभव र सेवाग्राहीका समस्या तथा सुझावसमेतका आधारमा ‘मुटुका कुरा’ पुस्तक तयार गरिएको जानकारी दिनुभयो । डा. रेग्मीले भन्नुभयो, “पुस्तकका सामग्री पाठकलाई रोचक र लाभदायी हुने छ ।” उहाँले पुस्तकले आमपाठक, बिरामी र तिनका आफन्तलाई मुटु स्वस्...
साहित्यकार तोया गुरुङका दुई साहित्यिक कृति बजारमा

साहित्यकार तोया गुरुङका दुई साहित्यिक कृति बजारमा

नेपाल । साहित्यकार तोया गुरुङका दुई साहित्यिक कृति बजारमा आएका छन् । उनको कविताकृति ‘दिलरुवा’ र आंशिक संस्मरण ‘निनाद’ केही साताको फरकमा पाठकमाझ आएको हो । कवि गुरुङका यसअघि कविता, कथा, आवधिक संस्मरण गरेर नौ कृति प्रकाशित छन् । यो दुवै कृति रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।
तीन पुस्ताका तीन सर्जकका कृति विमोचन

तीन पुस्ताका तीन सर्जकका कृति विमोचन

नेपाल । नौ वर्षीय बालकवि इसान्भी बरालद्वारा लिखित सचित्र बालकविता ‘चिरवीर’, युवा लेखक मुस्कान घिमिरे लिखित पुस्तक ‘हेल्लो ब्रेभ हार्ट्स’ र वरिष्ठ बालसाहित्यकार डा छायादत्त न्यौपानेद्वारा लिखित बाल निबन्ध सङ्ग्रह ‘मेरो आफ्नै गाउँ’को विमोचन गरिएको छ । संस्कार पब्लिकेसनको आयोजनामा भएको सो कार्यक्रममा वरिष्ठ बालसाहित्यकार प्राडा रामप्रसाद ज्ञवाली, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य डा कौसिला रिसाल, साहित्यकारहरु मित्रलाल पङ्गेनी, तीर्थ गुरुङ, अरुण शर्मा, देवराज सिम्खडा र समाजसेवी लोकबहादुर टण्डनले संयुक्त रुपमा विमोचन गर्नुभएको हो । पब्लिकेसनकी अध्यक्ष सपना श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा स्रष्टाहरु डा छायादत्त न्यौपाने, तीर्थ गुरुङ, समाजसेवी लोकबहादुर टण्डन र बाल प्रतिभा प्राप्ति श्रेष्ठलाई साहित्य र कला क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । वरिष्ठ साहित्यक...
उपल्लो मुस्ताङको कथा ‘तोरकीन’ उपन्यास सार्वजनिक

उपल्लो मुस्ताङको कथा ‘तोरकीन’ उपन्यास सार्वजनिक

नेपाल । युवा लेखक क्षितिज समर्पणको पहिलो उपन्यास ‘तोरकीन’ मंगलबार सार्वजनिक गरिएको छ । माथिल्लो मुस्ताङको जन्म, विवाह, मृत्यु–संस्कार, रहनसहन, बसाइँसराइ, संस्कृति, परम्परा तथा गुम्बा र दरबारको सामाजिक, सांस्कृतिक एवं भौगोलिक इतिहासको कथालाई खोज–अनुसन्धान गरी मिथकीय शैलीमा उपन्यासमा प्रस्तुत गरिएको छ । उपन्यासबारे लेखक समर्पण भन्नुहुन्छ, “मैले रित्तिँदै गएका वस्ती, पग्लिँदै गरेका हिमाल, चिसिँदै गएका सम्बन्ध, हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिको कथा लेखेको हुँ । यस उपन्यासमार्फत पाठकलाई फेरि मानव सभ्यताको जरामा फर्काउने कोसिस गरेको छु ।” उपन्यासमा छेवाङ र कुन्साङ मुख्य पात्रमार्फत तीन पुस्ताको कथाभित्र मानव जीवनमा आउने आरोह–अवरोह तथा सपना र सम्बन्धहरूको यथार्थपरक चित्रण गरिएको छ । स्थानीय ल्होवा भाषामा ‘तोरकीन’ को अर्थ हराउँदै जानु, लोप हुनु हो । सरल र काव्यात्मक भाषा–शैली तथा पात्...
सुमन सौरभको लघुकथा कृति ‘रे’ लोकार्पण

सुमन सौरभको लघुकथा कृति ‘रे’ लोकार्पण

नेपाल । सुमन सौरभको छैटौँ लघुकथा कृति ‘रे’ एक समारोहबिच लोकार्पण गरिएको छ । मङ्गलबार ठमेलमा आयोजित कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतम, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, कवि नरेन्द्रकुमार नगरकोटी, तुलसीहरि कोइरालालगायतले कृति सार्वजनिक गर्नुभयो । कार्यक्रममा प्राडा गौतमले कृतिकार सौरभले सधैँ प्रयोगधर्मी पृथक् लघुकथा सिर्जना गर्दै आएको बताउनुहुँदै उनका कृतिमा बौद्धिकता झल्किने उल्लेख गर्नुभयो । लघुकथा समाजद्वारा आयोजित कार्यक्रममा समाजका संस्थापक अध्यक्ष रोदनले लेखकले यो विधामा परिवर्तनकारी भूमिका निर्वाह गरेको बताउनुभयो । समाजका अध्यक्ष कोइरालाले कृतिभित्र मौलिक आख्यानको स्वाद भेटिने बताउनुभयो । कृतिकार सुमनले लघुकथा लेखनको रचनागर्भ र पृष्ठभूमिबारे बताउँदै एउटा लघुकथा लेख्न छ महिना समयसमेत लागेको उल्लेख गर्नुभयो ।...
चेतन राईको पाँचौँ गीति सङ्ग्रह ‘स्पिड’ लोकार्पण

चेतन राईको पाँचौँ गीति सङ्ग्रह ‘स्पिड’ लोकार्पण

नेपाल । गायक तथा सङ्गीतकार चेतन राईको पाँचौँ गीति सङ्ग्रह ‘स्पिड’ को लोकार्पण गरिएको छ । साथै त्यस एल्वमभित्रको ‘हाँसि देउन’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । राजधानीमा आयोजित कार्यक्रममा गायक राईको स्पिड गीति सङ्ग्रह र हाँसि देउन बोलको म्युजिक भिडियोको वरिष्ठ सङ्गीतकार राजु सिंह प्रसिद्ध गीतकार लोकराज अधिकारी, प्रसिद्ध सङ्गीतकार सन्तोष श्रेष्ठलगायतले संयुक्त रुपमा गर्नुभएको हो । सङ्गीतकार सिंहले चेतन राईका नयाँ गीति सङ्ग्रहले सफलता पाओस् नेपाली सङ्गीत बजारमा छाओस् भन्दै सफलताका लागि शुभकामना दिंदै गीत लेखन, सङ्गीत र गायनमा समेत आफुलाई व्यस्त बनाइरहेकोले बहुमुखी प्रतिभाका धनी हुँदा उहाँको भविष्य सुन्दर रहेको बताउनुभयो । गीतकार लोकराज अधिकारीले तीन दशक अघि देखि चेतनसँगको भेटघाट भइरहेकोले उहाँको प्रतिभालाई नजिकबाट नियाल्ने अवसर पाएको बताउनुभयो । उहाँले पछिल्लो समयमा दुइ वटा गीत...
डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’ को प्रवास विमोचन कतारमा

डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’ को प्रवास विमोचन कतारमा

कतार । डा. नवराज लम्सालको नयाँ महाकाव्य कल्प प्रवासमा पनि विमोचन गरिएको छ । गत महिना काठमाडौँमा विमोचन भएको कल्प अनेसास कतार च्याप्टरको ११ औँ अधिवेशनको सन्दर्भ पारेर कतारको दोहामा पनि विमोचन गरिएको हो । आफूलाई भाइबहिनी पुस्ताले उठाएको कवि मान्ने लम्सालको कल्प विमोचन उनी भन्दा कम उमेरका युवाहरूले नै गरेका हुन् । लम्सालले भने, ‘यो विमोचनको साक्षी बस्ने र पुस्तकमा हस्ताक्षर गर्ने सबैप्रति हार्दिक आभार । यो प्रति सुरक्षित रूपमा काठमाडौँ लगेर राख्नेछु ।’ नेपाली महाकाव्य लेखनको मानक यात्रा तय गरेका लम्साल अग्नि महाकाव्यका लागि २०७८ सालको मदन पुरस्कार विजेता कवि हुन् । महाकाव्य लेख्नैका लागि रेडियो नेपालको जागिर छोडेर लेखनमा क्रियाशील लम्साल आफैँले यस महाकाव्यलाई आफ्नो मस्तिष्क निचोरिएको बताएका छन् । यो उनको वैश्विक चेतनाले भरिएको उच्चस्तरको महाकाव्य मानिएको छ । कल्प शिखा बुक्सले प्रकाशन गरेक...