२६ जेष्ठ २०८३, मंगलवार

फिफा विश्वकपमा जान एन्फाका अध्यक्ष र महासचिवलाई राखेपको रोक

कोलोराडोखबर संवाददाता , June 9th, 2026

नेपाल । फिफा विश्वकप–२०२६ को उद्घाटन सत्रमा सहभागिता जनाउन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पङ्कज विक्रम नेम्वाङ र महासचिव किरण राईलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) रोक लगाएको छ ।

विदेश जान पाउनु पर्ने माग राख्दै पङ्कज र किरण सोमबार राखेप पुगेका थिए । राखेपका सदस्य सचिव रामचरित्र मेहतासँग विदेश यात्राका लागि सहज बनाइदिन आग्रह गरे पनि राखेपले पङ्कज र किरणलाई विदेश यात्राको रोक्का फुकाउन अस्वीकार गरेको हो ।

अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपका लागि एन्फा अध्यक्ष र महासचिव सोमबार नै मेस्सिको जाने तरखरमा थिए । विश्वकपको उद्घाटन शनिबार तीन वटै देशमा हुँदैछ ।

आर्थिक अनियमितताको छानबिनका लागि राखेपको सिफारिसमा अध्यागमन विभागले गत वैशाख ११ गते एन्फा अध्यक्ष र महासचिवसहित २४ जनालाई विदेश जान रोक लगाएको थियो ।

यसअघि एन्फालाई तहगत निर्वाचन नगरेको भन्दै राखेपले तीन महिना निलम्बनको कारबाही गरे पनि दुई महिनापछि निलम्बन फुकुवा गरिदिएको थियो । तर, विश्वकपमा अमेरिका, क्यानडा र मेक्सिको सयर गर्ने एन्फा पदाधिकारीको योजनालाई राखेपले रोक लगाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्