१६ बैशाख २०८३, बुधबार

भाषा/साहित्य

कविताः मनको महङ्गी

कविताः मनको महङ्गी

-लालगोपाल सुवेदी- फूललाई हेर , फूलका रङहरूलाई हेर कसैका पनि नजर त्यहाँ गएनन् फूलले मन पराएका रङहरू रहेनन् किरणहरूको छमछम मुक्त पवनको लय बेरिएर आकाशको पछ्यौरीमा रङहरू कहाँ गए गए ! बढ्दै थियो हरेक साँझ हुर्किंदै गरेकी बालिका जसरी चन्द्रमा दुब्लाउँदै गइन् ती चाँदनी पनि अस्ताचलबाट मितिनी मितिनी भन्दै कालिमा आइन् आँगनीमा बोलाएर मौन सन्नाटा समयको पाक्षिक फेरो समाएर पूर्णेन्दु अलप भइन् साक्षी मात्र हुँ म एउटा नङ र मासुका साथहरू गए मीठा मीठा बातहरू गए पीडानन्द र संघातहरू गए बैंस लाग्दा मुसारेको जुङ्गा ओठबाट सुम्सुम्याएको दाह्री गालाबाट बिदा गरें मैले बास माग्न आएका पाहुनाहरूलाई झैं जब फर्कन्छु पूर्व स्मृतिमा म कति उच्छवासमा थिएँ काखबाट सनै सनै पिङमा मच्चिएँ म गीतभन्दा कर्णमधुर मेरै तोते बोली थियो कि त काखबाट कि त कोक्रोबाट ओर्लेको संझन्छु पिँढीमा, आँगनीमा वल्लो कुना...
दुई लाइने कविता

दुई लाइने कविता

-आर. आर. चौलागाईं- १. जेन-जी आन्दोलन तिमी फूल दिन गएका थियौ गोली खाएर ढल्यौ । २. नेपालको राजनीति मालिक मुख चलाउने भेडाहरू ताली बजाउने । ३. कवि बाँचुञ्जेल दाम गुमाउँछन् मरेपछि नाम कमाउँछन् । ४. परिवर्तन एउटा गयो अर्को आयो चौरासीको चुनाव बयासीमा हुने भो । -हेटौंडा, मकवानपुर ।
लघुकथाः पीडा

लघुकथाः पीडा

-आरसी रिजाल- पक्षघातले हर नचल्ने र बोलेको नबुझीने ८० बर्षे शुक्रबहादुरको भुइँतले घरमा छिरेँ।भाउजू बजार गएकी रैछिन् ।१० बर्षपछिको भेटमा हामी दुबैका आँखा रसाए। मैले शुक्रको हालखबर केही लेखेर र केही इसाराबाट सोधेँ ।पछि आउने बहानामा त्यहाँबाट निस्केको मात्र थिएँ-- उसको छिमेकी सोमबहादुरले मसंग कुरागर्न चाह्यो। अब सोमको कुरा सुनौ--: शुक्रको एक्लो छोरा भएर के गर्नु?एउटा घरमा दुईवटा भान्सा छ । कपडा फेरेझैँ बुहारी फेर्छ। आमालाई -- घरको कुरा बाहिर गर्‍यौ भने तिम्रो मुख च्यातेर कानसम्म पुर्‍याइदिन्छु भन्छ।एकदिन बुढी बजार गएको समयमा शुक्रलाई दिसाले च्यापेर थाल ठटाएर छोरालाई बोलाएछ।छोरा आएर थाल खोसेर फाल्दै -- आए सुरुवालमा गर्ने।ऎले तिम्रो बुढी आएर सफा गर्छे भनेछ।बुढी कहिले खुट्टा खोच्याउदै,कहिले आँखाका डिल र सुन्निएको गाला छोपेर हिँड्छिन्।हामीले नसोधे पनि -- छोराले केही गर्‍या छैन।म आफैं लढेर यस्...
सविन प्रियासनको कविता संग्रह सार्वजनिक

सविन प्रियासनको कविता संग्रह सार्वजनिक

नेपाल । साहित्यकार तथा पत्रकार सविन प्रियासनको ‘केपी शर्मा ओली, समृद्धिका महानायक’ नामक कविता संग्रह सार्वजनिक भएको छ । पूर्ब प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस्तक सार्वजनिक गर्नुभयो । संग्रहमा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको राजनीतिक यात्रा, गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्म उहाँले बनाउनुभएको योजनाहरू, गरेका कामहरू र मुलुकको समृद्धि तथा सुशासनका लागि चालिएका कदमहरू कवितामार्फत प्रस्तुत गरिएको छ। कविता संग्रहमा कुल ५४ वटा कविताहरू समावेश छन्। प्रेस चौतारी नेपालले काठमाडौँमा सम्पादकसँग संवाद कार्यक्रममा बिहीबार सो संग्रह सार्वजनिक गरिएको हो । पत्रकार महासंघका केन्द्रीय सचिव, प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष तथा सामाजिक अभियन्ता रहिसकेका प्रियासन सक्रिय साहित्यकारका रूपमा परिचित छन् । यसै वर्ष उहाँले तीन वटा उपन्यास सार्वजनिक गर्नुभएको छ । हालसम्म उहाँका...
अन्तर्राष्ट्रिय नेपाली गीतकार संघको अधिवेशन अमेरिकाको पेन्सिलभेनियामा हुने

अन्तर्राष्ट्रिय नेपाली गीतकार संघको अधिवेशन अमेरिकाको पेन्सिलभेनियामा हुने

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली गीतकार संघको दोस्रो वार्षिक अधिवेशन अमेरिकाको पेन्सिलभेनिया राज्यको ल्यान्कास्टरमा हुने भएको छ । अध्यक्ष हरि उप्रेतीका अनुसार, संघको आयोजनामा सम्पन्न हुने उक्त अधिवेशन आगामी मार्च २९, २०२६ का दिन हुने छ । समारोहको संयोजन तथा व्यवस्थापन स्थानीय नेपाली साहित्यिक संस्था ‘साहित्य कला संगम’ले गर्ने तयारी गरेको पनि उहाँले बताउनुभयो । अधिवेशनमा संघको वार्षिक गतिविधि र आर्थिक गतिविधि माथि छलफल गरिनुका साथै भावी कार्यायोजना प्रस्तुत गरिनेछ । स्थानीय कार्यक्रम संयोजक ‘साहित्य कला संगम’ द्वारा तयार पारिएको विभिन्न साहित्यिक एवं सांस्कृतिक कार्यक्रमसहित संस्थाको बारेमा अन्तरक्रिया गरिने कार्यक्रम पनि रहनेछ । संघले यसको प्रथम अधिवेशनदेखि नै गीत रचनामा उत्कृष्ठ योगदान पुर्याउने एकजना विशिष्ट गीतकारलाई १ हजार अमेरिकी डलर नगद पुरस्कार सहित ‘ज्ञानेन्द्र गदाल गीत सम्मान’ द...
कवि सुनिता अधिकारीको ‘सुनिताका अनुभूतिहरू’ लोकार्पण

कवि सुनिता अधिकारीको ‘सुनिताका अनुभूतिहरू’ लोकार्पण

नेपाल । कवि सुनिता अधिकारीको कविताकृति ‘सुनिताका अनुभूतिहरू’ लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित कृति सार्वजनिक कार्यक्रममा कवि तुलसी दिवसले यसभित्रका कवितामाथि चर्चा गरे । उनले कविताकृति युवा हृदयको ताजगी र सशक्त अभिव्यक्तिको सुन्दर संगम भएको उल्लेख गरे । कवि शैलेन्द्र साकारले कृतिमा देखिने ताजगी, परिपक्वता र कविताको स्वाभाविक प्रवाहबारे बताए । आभा सेतु सिंहले पुस्तकले युवापुस्ताको भावना, संवेदना र समकालीन दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताइन् । समालोचक प्राडा गोविन्दमानसिंह कार्कीले कविताको भाषिक सौन्दर्य, भावप्रवाह र संवेदनशीलता उल्लेखनीय रहेको टिप्पणी गरे । कार्यक्रममा कथाकार माया ठकुरी, प्राडा विष्णुहरि नेपाल, कवि मणिराज सिंह, कृतिकार अधिकारीलगायत स्रष्टाले बोलेका थिए ।...
वरिष्ठ व्यङ्ग्यकार दुर्गा बराल वात्स्यायन सम्मानित

वरिष्ठ व्यङ्ग्यकार दुर्गा बराल वात्स्यायन सम्मानित

नेपाल । यस वर्षको सूर्यभक्त–पतनादेवी स्मृति वाङ्मय पुरस्कार पोखरा निवासी वरिष्ठ व्यङ्ग्यकार दुर्गा बराल वात्स्यायनलाई प्रदान गरिएको छ । गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले वरिष्ठ व्यङ्ग्यकार वात्स्यायनलाई ३३ हजार ३३३ रुपियाँ र सम्मानपत्रसहित सम्मान गर्नुभयो । त्रिवेणी साहित्य प्रतिष्ठानद्वारा स्रष्टा सम्मान तथा पुरस्कार समर्पण कार्यक्रममा त्रिवेणी गोराबी कला पुरस्कार चितवनका चित्रकार लालकाजी लामालाई २५ हजार रुपियाँ तथा त्रिवेणी होमनाथ–भगवती कला–वाङ्मय पुरस्कार पोखराका वरिष्ठ चित्रकार गोपाल श्रेष्ठलाई १५ हजार रुपियाँसहित प्रदान गरियो । प्रजातन्त्र सेनानी स्वर्गीय सूर्यभक्त अधिकारी र उहाँकी धर्मपत्नी पतनादेवी अधिकारीको स्मृतिमा उहाँका छोरा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले सूर्यभक्त–पतनादेवी स्मृति वाङ्मय पुरस्कारको स्थापना गर्नुभएको हो ।...
प्रयोगात्मक संस्कृत भाषा व्याकरण पुस्तकको लोकार्पण

प्रयोगात्मक संस्कृत भाषा व्याकरण पुस्तकको लोकार्पण

नेपाल । नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक हरिलाल पौडेलद्वारा रचना गरिएको प्रक्रियासार कौमुदी (प्रयोगात्मक संस्कृत भाषा व्याकरण) पुस्तकको लोकार्पण गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा भागवतप्रसाद शर्मा र विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक भोजराज जोशीले लोकार्पण गर्नुभयो । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय विद्यापीठका सहप्राध्यापक डा. रघु नेपालले किताब आधुनिक शिक्षाबाट संस्कृत शिक्षामा अध्ययन गर्न आउने विद्यार्थीका लागि निकै सहज हुने बताउनुभयो । उहाँले किताब पाठ्यक्रममा आधारित रहेकाले संस्कृत भाषा सिक्नेका लागि उपयोगी हुने बताउनुभयो । केन्द्रीय आयुर्वेद विद्यापीठका उपप्राध्यापक डा। नीलकण्ठ आचार्यले पुस्तक आयुर्वेद स्नातक तह (विएएमएस) मा अध्ययरत विद्यार्थीले अध्ययन गर्ने चरक संहित, सुश्रुत संहिताजस्ता विषयमा ज्ञान प्राप्त गर्नका लागि सहज हुने ब...
कथाकार लक्ष्मण अधिकारीको ‘मर्फिन’ कथासङ्ग्रहमाथि चर्चा

कथाकार लक्ष्मण अधिकारीको ‘मर्फिन’ कथासङ्ग्रहमाथि चर्चा

नेपाल । नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा राजधानीमा आयोजित कविगोष्ठीमा कथाकार लक्ष्मण अधिकारीको ‘मर्फिन’ कथासङ्ग्रहमाथि चर्चा गरिएको छ । समालोचक डा. लेखराज खतिवडाले कथा ‘मर्फिन’ ले नेपाली चिकित्सा क्षेत्रको समग्र पक्षलाई उधिन्न सफल भएको बताए । प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा सम्पन्न गोष्ठीमा १९ कविले कविता, लघुकथा, गजल वाचन गर्नुभएको थियो । कवि डम्बर पहाडीको एलाक (एक लाइने कविता) लाई उपस्थित श्रोताले खुवै रुचाएका थिए । वाचन गरिएको कवितामाथि प्राध्यापक जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ ले समीक्षा गर्नुभएको थियो । उहाँले गोष्ठीमा प्रस्तुत कविताले समसामयिकतालाई बढी प्राथमिकता दिएको चर्चा गर्दै कविले अन्यका रचना बढीभन्दा बढी पढ्नुपर्ने, लेखनलाई निरन्तरता दिँदै आफ्नो लेखनलाई परिष्कृत गर्दै जानुपर्ने बताउनुभयो । रचना वाचन कार्यक्रममा कवि पूर्णविरामका दुई कविता अन्य कविले वाचन गर्नुभ...
‘कमरेड जलजला उपन्यासको विवेचना’ लोकार्पण

‘कमरेड जलजला उपन्यासको विवेचना’ लोकार्पण

नेपाल । राष्ट्रिय जनमोर्चाका महासचिव लेखक मनोज भट्टको पुस्तक ‘कमरेड जलजला उपन्यासको विवेचना’ को लोकार्पण भएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, पूर्वमन्त्री दीनानाथ शर्मा, नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सो पुस्तकको विवेचनाको सार्वजनिक गर्नुभएको हो । नेकपाका उपमहासचिव ज्ञवालीले लेखक सिंहको तेह्रसय बिस (१३२०) पृष्ठ लामो उपन्यास अहिले पठन संस्कृति कम हुँदै गएको बेला पाठकले पढेर सक्न मुस्किल हुने बताउनुभयो । उक्त उपन्यासलाई सरलीकृत र समालोचनात्मक ढङ्गले मनोज भट्टले लेखेर जलजलालाई बुझ्न सजिलो भने उहाँको भनाइ थियो । बुद्धिजीवी भीष्म जोशीले सिंहको उपन्यास ज्ञान, दर्शनको हिसाबमा बृहत् रहेको र हरेक परिच्छेदमा विद्यावारिधि गर्न सकिने बताउनुभयो । उहाँले राजनीतिसँगै साहित्य लेखनमा ७७ वर्षदेखि संलग्न वरिष्ठ व्यक्तित्व नेकपा (मसाल) का महा...