-आर. आर. चौलागाईं-
यहाँ धमिलो पानीमा माछा मार्नेहरू धेरै छन्
यहाँ जानाजान अप्ठ्यारोमा पार्नेहरू धेरै छन् ।
किन चाहियो र सुशासन ? त्यस्ता मान्छेलाई
यहाँ गर्छु भन्नेहरूलाई तल झार्नेहरू धेरै छन् ।
अरूलाई दोष नलाऊ पहिला आफ्नो थैली हेर
यहाँ आफ्नै कमजोरीले खेल हार्नेहरू धेरै छन् ।
आफ्नो खुट्टामा उभिन नसकेपछि के गर्नु खै !
यहाँ रावणको मृत्युमा जूठो बार्नेहरू धेरै छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्