१ आश्विन २०८३, बिहीबार

अन्तराष्ट्रिय/प्रवास

विश्व ज्ञान सम्मेलनको तयारीबारे परराष्ट्रमन्त्री तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीसँग छलफल

विश्व ज्ञान सम्मेलनको तयारीबारे परराष्ट्रमन्त्री तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीसँग छलफल

नेपाल । नेपाल सरकारको सहकार्यमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्न लागेको “चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ (4th NRNA Global Knowledge Convention 2027)” को तयारीका सम्बन्धमा आज माननीय परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरी सम्मेलनको अवधारणापत्र (Concept Paper) प्रस्तुत गरिएको छ। प्रतिनिधिमण्डलमा संघका उपाध्यक्ष तथा गैरआवासीय नेपाली कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समितिकी संयोजक रोजिना प्रधान राई, उपाध्यक्ष तथा सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मी, उपमहासचिव कृष्ण पोखरेल, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत तथा वरिष्ठ अधिकृत कुनाल मिश्र सहभागी हुनुहुन्थ्यो। भेटका क्रममा उपाध्यक्ष तथा सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले सम्मेलनको उद्देश्य, विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुस...
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

अमेरिका । अमेरिकाको सियाटलस्थित स्पेस निडल नजिक आयोजना गरिएको लोकप्रिय ‘बाइट अफ सियाटल’ फुड फेस्टिभलमा आइतबार साँझ भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने दुई वर्षीय बालकसहित पाँच जना घाइते भएका छन् । प्रहरीले घटनाको अनुसन्धान थालेको छ भने आक्रमणकारी पक्राउ परेका छन् वा छैनन् भन्नेबारे तत्काल जानकारी दिएको छैन । सहरको फायर डिपार्टमेन्टकी प्रवक्ता ग्रेस नुनेजका अनुसार गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइते पाँच जनालाई हार्बरभ्यू मेडिकल सेन्टरमा उपचारका लागि लगिएको छ । घाइतेमध्ये ५६ वर्षीया महिलाको अवस्था गम्भीर छ भने दुई वर्षीय बालक, २३ वर्षीय पुरुष र ३९ वर्षीया महिलाको अवस्था स्थिर रहेको जनाइएको छ । अर्की ४० वर्षीया महिलालाई सामान्य चोट लागेको छ । वार्षिक रूपमा आयोजना हुने यस महोत्सवमा सयौँ खाद्य तथा खुद्रा व्यवसायी, कलाकार र ठूलो सङ्ख्यामा सर्वसाधारण सहभागी भएका थिए...
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

अमेरिका । दक्षिण–पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका कारण घर छाड्न बाध्य हुनेको सङ्ख्या दुई लाख ५० हजारभन्दा बढी पुगेको छ । आगो वाइन उत्पादनका लागि प्रसिद्ध सहर बोर्दोनजिक पुग्दै गएको अधिकारीले बताएका छन् । बोर्दोस्थित गिरोन्ड क्षेत्रका अधिकारीले सहरको दक्षिण(पश्चिममा रहेका थप पाँच बस्तीका बासिन्दालाई राति नै सुरक्षित स्थानमा सर्न आदेश दिएका छन् । गिरोन्ड प्रशासनका अनुसार रातभर चलेको तीव्र हावाले डढेलो थप फैलिन सहयोग गरेको छ । साताको मध्यदेखि नियन्त्रणबाहिर रहेको आगोका कारण आइतबार बिहानसम्म करिब ४२ हजार हेक्टर क्षेत्रमा क्षति पुगेको अनुमान गरिएको छ । उक्त क्षेत्रफल म्यानहटन टापुभन्दा करिब सात गुणा र पेरिस सहरभन्दा चार गुणा ठूलो हो । यस वर्ष लगातारको तातो हावाको लहरका कारण सुक्खा बनेका पाइनक...
प्रश्नपत्र चुहावट सम्बन्धी विवादपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

प्रश्नपत्र चुहावट सम्बन्धी विवादपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

नेपाल । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले ‘एनइइटी–युजी २०२६’ को प्रश्नपत्र चुहावट सम्बन्धी विवादपछि शनिबार पदबाट राजीनामा दिनुभएको छ । प्रधानले देशभर जारी विरोध प्रदर्शनका बिच विद्यार्थीको हितलाई केन्द्रमा राख्दै र युवालाई भ्रममा पर्न नदिन आफूले केन्द्रीय मन्त्रिपरिषद्बाट राजीनामा दिएको बताउनुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा उहाँले शिक्षा क्षेत्रसँग चार दशकभन्दा बढी समयदेखि आबद्ध रहेको उल्लेख गर्दै सशक्त, समावेशी र दूरदर्शी शिक्षा प्रणाली राष्ट्र निर्माणको आधार भएको बताउनुभएको छ । उहाँले मे ३ मा सञ्चालित ‘एनइइटी–युजी २०२६’ परीक्षामा अनियमितता देखिएपछि सरकारले तत्काल केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) लाई अनुसन्धानको जिम्मेवारी दिएको, परीक्षा रद्द गरी पुनः परीक्षा गराएको तथा आगामी वर्षदेखि परीक्षा कम्प्युटर(आधारित परीक्षण (सिबि...
भारतका प्रधानमन्त्री मोदीको राजीनामा माग

भारतका प्रधानमन्त्री मोदीको राजीनामा माग

नेपाल । भारतका प्रमुख विपक्षी नेता राहुल गान्धीले शिक्षा प्रणाली सुधारको माग गर्दै भएको विद्यार्थी आन्दोलनमाथि प्रहरी दमन भएको आरोप लगाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गर्नुभएको छ । काङ्ग्रेस पार्टीका नेता गान्धीले मङ्गलबार प्रधानमन्त्री निवास नजिकै अन्य विपक्षी सांसदसँगको प्रदर्शनका क्रममा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले भारतका युवाको भविष्य जोखिममा पारेको भन्दै पदबाट राजीनामा दिनुपर्ने बताउनुभयो । “सरकार न त जवाफदेहिता लिन चाहन्छ, न त यस विषयमा संसदमा बहस गर्न तयार छ,” तल्लो सदनका विपक्षी दलका नेता गान्धीले उल्लेख गर्नुभएको छ । सोमबार नयाँ दिल्लीको जन्तर–मन्तर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा करिब ६० जना प्रदर्शनकारी घाइते भएका थिए । पछिल्लो करिब पाँच वर्षयताकै ठुलो सडक प्रदर्शनका रूपमा हेरिएको उक्त घटनामा प्रहरीतर्फ पनि ११८ ...
एनआरएनलाई बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र नचाहिने

एनआरएनलाई बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र नचाहिने

नेपाल । गैरआवासीय नेपाली (एनआरएन) हरूका लागि नेपालमा बैंक खाता सञ्चालन तथा ‘नो योर कस्टमर’ अपडेट गर्दा राष्ट्रिय परिचय पत्र वा सोको नम्बर अनिवार्य नहुने भएको छ। गैरआवासीय नेपालीहरूले बैंक खाता खोल्ने क्रममा राष्ट्रिय परिचय पत्रको माग गरिएका कारण वित्तीय कारोबारमा समस्या भोगिरहेको गुनासो बढेपछि परराष्ट्र मन्त्रालयले यो विषयमा आवश्यक व्यवस्था मिलाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र नेपाल राष्ट्र बैंकलाई औपचारिक रूपमा अनुरोध गरेको छ । मन्त्रालयले मन्त्रिपरिषद्को २०८१ जेठ २४ गतेको निर्णय तथा २०८१ असार १० गते राजपत्रमा प्रकाशित सूचनालाई आधार मान्दै उक्त अनुरोध गरेको हो। मन्त्रालयले स्पष्ट पारेअनुसार, हालसम्म गैरआवासीय नागरिकता प्राप्त व्यक्ति वा गैरआवासीय नेपाली परिचय पत्र प्राप्त गरेका नेपाली मूलका विदेशी नागरिकका हकमा राष्ट्रिय परिचय पत्र जारी गर्ने कुनै कानुनी प्रवन्ध वा अभ्यास नै...
कङ्गोमा इबोला प्रकोपमा परी मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

कङ्गोमा इबोला प्रकोपमा परी मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

नेपाल । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा ९३० पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबारसम्म देशभर दुई हजार ३४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र ३७ जनाको मृत्यु भएको छ, जुन एकै दिनमा भएको उच्च मृत्युमध्ये एक हो । पूर्वी कङ्गोमा गत मे १५ मा घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्रगतिमा फैलिएको प्रकोप भएको अधिकारीले बताएका छन् । यसपटक फैलिएको ‘बुन्डिबुग्यो’ प्रजातिको इबोला भाइरस अन्य प्रकारको तुलनामा कम देखिने भए पनि यसविरुद्ध हालसम्म स्वीकृत खोप वा उपचार विधि उपलब्ध छैन । सबैभन्दा बढी प्रभावित इतुरी प्रान्तमा सुरक्षा चुनौतीका कारण रोग नियन्त्रण तथा उपचारका प्रयास प्रभावित भइरहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रकोप घोषणा भएयता स्वास्थ्य केन्द्र र उपचार टोलीमाथि कम्तीमा १२ वटा आक्रमण भएका छन् । ...
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु

सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु

अमेरिका । सान फ्रान्सिस्को पूर्व जेल र पर्यटन स्थल अल्काट्राज नजिकै १९ जना सवार डुङ्गा डुब्दा एक व्यक्तिको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएको अमेरिकी अधिकारीहरूले बताएका छन् । बेपत्ता व्यक्तिको खोजी गर्न अमेरिकी तटरक्षकको साथमा स्थानीय अग्नि नियन्त्रक तथा प्रहरी टोलीद्वारा सञ्चालित हेलिकोप्टर, विमान र उद्धार डुङ्गा तैनाथ गरिएको जनाइएको छ । सान फ्रान्सिस्कोका मेयरले इन्स्टाग्राम पोस्ट गरेको भिडियोमा अल्काट्राज टापुबाट ६०० गज टाढा “डुङ्गामा आगो लागेको” देखाइएको छ भने उद्धारकर्ताले प्रतिक्रियात्मक कार्यहरू भई रहेको जनाएका छन् । सान फ्रान्सिस्को फायर डिपार्टमेन्टका लेफ्टिनेन्ट एलियास मारियानोलाई उदृत गर्दै एएफपिलने अझै बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार जारी रहेको जनाएको छ । क्यलिफोर्नियाको स्टकटनको निजी स्वामित्वमा रहेको केबिन क्रुजर मोटरबोट डुङ्गा दुर्घटनामा परेको मारियानोले बताउ...
अमेरिकामा जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा एक आमालाई थुनामा राख्न आदेश

अमेरिकामा जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा एक आमालाई थुनामा राख्न आदेश

अमेरिका । अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा पक्राउ परेकी एक आमालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । ती आमाले आफ्ना शिशुको मृत्यु खोपका कारण भएको दाबी गर्दै आएकी भए पनि अनुसन्धानपछि प्रहरीले उहाँमाथि शिशुको श्वास अवरुद्ध गरी हत्या गरेको अभियोग लगाएको हो । प्रहरीका अनुसार २३ वर्षीया एन्ड्रिया शाले फ्लू, हेपाटाइटिसए र टिटानससहितका नियमित बाल खोप लगाएको आठ दिनपछि आफ्ना जुम्ल्याहा शिशुको मृत्यु भएको दाबी गर्नुभएको थियो । उहाँ खोपविरोधी संस्था ‘चिल्ड्रेन्स हेल्थ डिफेन्स’ ले दायर गरेको मुद्दाकी मुख्य वादीसमेत हुनुहुन्थ्यो । उक्त संस्थाको स्थापना तथा नेतृत्व वर्तमान अमेरिकी स्वास्थ्यमन्त्री बन्नुअघि रोबर्ट एफ केनेडी जुनियरले गर्नुभएको थियो । अमेरिकाको उत्तरपश्चिमी इडाहो राज्यस्थित पेएट प्रहरी विभागले लामो र विस्तृत अनुसन्धानपछि शालाई पक्रा...
एनआरएनए टिमको महान्यायाधिवक्तासँग शिष्टाचार भेट तथा छलफल

एनआरएनए टिमको महान्यायाधिवक्तासँग शिष्टाचार भेट तथा छलफल

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष तथा कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समिति (CNC) संयोजक रोजिना प्रधान राईको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयमा महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग शिष्टाचार भेट तथा छलफल गरेको छ । भेटमा गैरआवासीय नेपाली (एनआरएन) सम्बन्धी कानुनी तथा नीतिगत सुधार, गैरआवासीय नेपालीका अधिकार तथा हित संरक्षण र प्रस्तावित गैरआवासीय नेपाली ऐनका विषयमा विस्तृत छलफल भएको थियो । महान्यायाधिवक्ता कार्यालयका तर्फबाट महान्यायाधिवक्ता नारायणदत्त कँडेल, नायब महान्यायाधिवक्ता खेमनारायण ज्ञवाली, सहन्यायाधिवक्ता मिना गुरुङ तथा उपन्यायाधिवक्ता प्रकाश घिमिरे सहभागी हुनुहुन्थ्यो। एनआरएनएका तर्फबाट उपाध्यक्ष रोजिना प्रधान राई, महिला सह–कोषाध्यक्ष गंगा खतिवडा, महिला संयोजक रश्मी थापा तथा वरिष्ठ अ...