१ आश्विन २०८३, बिहीबार

अन्तराष्ट्रिय/प्रवास

अमेरिकाको मध्य क्षेत्रमा गर्मीको नयाँ कीर्तिमान

अमेरिकाको मध्य क्षेत्रमा गर्मीको नयाँ कीर्तिमान

अमेरिका । संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र आइतबार कीर्तिमानी अत्यधिक गर्मीको लहरको चपेटामा परेको छ । उत्तरी समथर भूभागदेखि रकी पर्वतीय क्षेत्रसम्म तापक्रमले विगतका कीर्तिमान तोडेको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ । प्रारम्भिक तथ्याङ्कअनुसार, युटा राज्यको राजधानी साल्ट लेक सिटी र मोन्टाना राज्यको सबैभन्दा ठूलो सहर बिलिङ्समा तापक्रम १०९ डिग्री फरेनहाइट ९४३ डिग्री सेल्सियस० पुगेको छ । मौसम सेवाका अनुसार, दुवै सहरमा १५० वर्षभन्दा बढी समयदेखि राखिएको अभिलेखमा यो अहिलेसम्मकै उच्च तापक्रम हो । यसअघि साल्ट लेक सिटीमा १०७ डिग्री फरेनहाइट ९४२ डिग्री सेल्सियस० र बिलिङ्समा १०८ डिग्री फरेनहाइट ९४२ डिग्री सेल्सियस० को कीर्तिमान रहेको थियो । उच्च तापक्रमका कारण कोलोराडो र युटाका विभिन्न क्षेत्रमा फैलिएका डढेलो नियन्त्रणको प्रयास प्रभावित भएको छ । मौसमविद्हरूले अत्यधिक गर्मी मङ्गलबारसम्म काय...
थाइल्याण्डको एक पबमा आगो लाग्दा २७ जनाको मृत्यु

थाइल्याण्डको एक पबमा आगो लाग्दा २७ जनाको मृत्यु

नेपाल । थाइल्याण्डको एक लोकप्रिय पबमा सल्किएको आगोका कारण २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छ। ‘२७ वटा शवर बाहिर निकालिएको छ’, थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चानभिराकुलले सोमबार आगलागी भएको घटनास्थलबाटै टेलिभिजनमार्फत् भने, ‘केही मानिसलाई अस्पताल पठाइएको छ, हामी उनीहरूको अवस्थाको जाँच गरिरहेका छौँ ।‘ अनुतिनका अनुसार पबमा प्रस्तुति दिइरहेका एक संगीतकारले बताएअनुसार बिजुली बन्द हुनुअघि उनले मञ्चनजिकैको सर्किट ब्रेकरबाट धुवाँ निस्किरहेको देखेका थिए, त्यसपछि ठूलो विस्फोटको आवाज सुनियो र पबभित्र बाक्लो धुवाँ भरियो । धेरैजसो पीडितहरू पबको पछाडि भागमा रहेको शौचालयमा भेटिएका थिए । ...
क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा गोली चल्दा २ जनाको मृत्यु

क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा गोली चल्दा २ जनाको मृत्यु

अमेरिका । क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार घटनामा सङ्लग्न आशङ्कित आक्रमणकारी अझै फरार छन् । टोरन्टो प्रहरीले घटनास्थलमा गोली लागेको अवस्थामा छ जना भेटिएको जनाएको छ । तीमध्ये दुई जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो । घाइतेहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन । प्रहरीले घटनास्थल वरपरको क्षेत्र घेराबन्दी गरी व्यापक अनुसन्धान अघि बढाएको जनाएको छ । अनुसन्धानका लागि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनास्थलमा रहेका एएफपीका पत्रकारका अनुसार गोलीकाण्ड सेन्ट क्लेर एभिन्यूमा सञ्चालन भइरहेको साल्सा महोत्सवका क्रममा भएको हो । ओन्टारियोका प्रिमियर डग फोर्डले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै यसलाई ‘अर्थहीन हिंसा’को सङ्ज्...
गैरआवासीय नेपाली संघद्वारा नागरिकता ऐनसम्बन्धी छलफल

गैरआवासीय नेपाली संघद्वारा नागरिकता ऐनसम्बन्धी छलफल

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि मण्डलले परराष्ट्र मन्त्रालयअन्तर्गतको श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखाका उपसचिव कृष्णकुमार सुवेदीसँग भेटवार्ता गरी गैरआवासीय नेपाली नागरिकता ऐन तथा त्यससँग सम्बन्धित पछिल्ला विकासक्रमबारे विस्तृत छलफल गरेको छ। भेटका क्रममा गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन प्रक्रिया, त्यसक्रममा देखिएका व्यावहारिक चुनौती तथा समाधानका सम्भावित उपायबारे विचार–विमर्श भएको थियो। साथै, नागरिकता ऐनसम्बन्धी पछिल्ला विकासक्रमका विषयमा प्रतिनिधिमण्डललाई अद्यावधिक जानकारी गराइएको थियो। प्रतिनिधिमण्डलको नेतृत्व गैरआवासीय नेपाली संघकी उपाध्यक्ष, गैरआवासीय नेपाली कल्याणकारी विभागकी प्रमुख तथा नागरिकता निरन्तरता समितिकी संयोजक रोजिना प्रधान राईले गर्नुभएको थियो। भेटका क्रममा उपसचिव सुवेदीले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विषय सरकारको प्राथमि...
इयूद्वारा बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियन्त्रण गर्ने तयारी

इयूद्वारा बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियन्त्रण गर्ने तयारी

नेपाल । युरोपेली संघ (इयू)ले बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियन्त्रण गर्ने दिशामा महत्त्वपूर्ण कदम चाल्ने तयारी गरेको छ । अर्को साता सार्वजनिक हुने विज्ञ समूहको प्रतिवेदनले नाबालिगको सामाजिक सञ्जाल पहुँच सीमित गर्ने सिफारिस गर्ने अपेक्षा गरिएकाले यसै गर्मी यामदेखि नयाँ व्यवस्था लागु हुने सम्भावना बढेको छ । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश बनेपछि डेनमार्क, ग्रिस, स्पेनलगायतका युरोपेली मुलुकले पनि यस्तै नीति अपनाउन दबाब बढाएका छन् । इयूले पूर्ण प्रतिबन्धदेखि निश्चित सेवा तथा सुविधामा मात्र पहुँच सीमित गर्ने विकल्पसम्म सबै सम्भावना खुला रहेको जनाएको छ । यद्यपि, इयुभित्र सबै प्रकारका सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध लगाउने विषयमा व्यापक समर्थन नरहेको अधिकारीले बताएका छन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन...
अस्ट्रेलिया भ्रमणमा भारतीय प्रधानमन्त्री मोदी

अस्ट्रेलिया भ्रमणमा भारतीय प्रधानमन्त्री मोदी

नेपाल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रक्षा सम्बन्ध, महत्वपूर्ण खनिज र युरेनियम सुरक्षा सम्बन्धि वार्ता गर्नका लागि अष्ट्रेलिया भ्रमणमा गएको जनाइएको छ । मेलबर्नमा बिहीबार आयोजित सामुदायिक र्यालीमा मोदीलाई रकस्टार स्वागत गर्ने तयारी गरिएको तथा यस कार्यक्रममा २० हजार भन्दा बढी मानिस सहभागी हुने अनुमान गरिएको जनाइएको छ । पछिल्लो समयमा भारत र अष्ट्रेलिया निकै नजिक हुदै गएको जनाइएको छ भने युद्धको समयमा भारत र अस्ट्रेलियाको स्थितिलाई ध्यानमा राख्दै यो ऐतिहासिकरूपमा निकै कठिन सम्बन्ध रहेको अस्ट्रेलिया भारत इन्स्टिच्युटकी तिस्ता प्रकाशले बताउनुभएको छ । विश्वसनीय युरेनियम पाइपलाइन सुरक्षित गर्न प्रधानमन्त्री मोदीले आफ्ना अस्ट्रेलियाली समकक्षी एन्थोनी अल्बनिजसँग बिहीबारको बैठकमा छलफल गर्ने अपेक्षा गरिएको छ । ...
ज्ञान, सीप र प्रविधि हस्तान्तरणमार्फत नेपालको विकासमा टेवा पुर्‍याउने एनआरएनएको प्रतिबद्धता

ज्ञान, सीप र प्रविधि हस्तान्तरणमार्फत नेपालको विकासमा टेवा पुर्‍याउने एनआरएनएको प्रतिबद्धता

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अन्तर्गतको स्किल, नलेज एण्ड टेक्नोलोजी ट्रान्सफर डिपार्टमेन्टद्वारा आयोजित “ज्ञान, सीप तथा प्रविधि हस्तान्तरण” विषयक वेबिनार सम्पन्न भएको छ। विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता तथा विभिन्न पेशामा आबद्ध दक्ष जनशक्तिको ज्ञान, सीप र प्रविधिलाई नेपालको विकाससँग जोड्ने उद्देश्यका साथ आयोजित उक्त वेबिनारमा विभाग प्रमुख तथा एनआरएनएका उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीले विभागको कार्यपत्र तथा भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन आईसीसीका सचिव तथा विभागका सदस्य सचिव माधव दुलालले गर्नुभएको थियो। संस्थालाई समयानुकूल पुनःसंरचना गरिँदै : अध्यक्ष शर्मा कार्यक्रमको सुरुवातमा एनआरएनएका अध्यक्ष हेमराज शर्माले संघ स्थापना भएदेखि नै विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई नेपालको...
अत्याधिक गर्मीका कारण ग्रेट अमेरिकन स्टेट फेयर

अत्याधिक गर्मीका कारण ग्रेट अमेरिकन स्टेट फेयर

अमेरिका । अमेरिकी राष्ट्रिय मलमा आयोजित ग्रेट अमेरिकन स्टेट फेयर स्थानीय समयअनुसार शुक्रबार दिउँसो एक सूचना जारी गरी स्थगित गरिएको जानकारी गराइएको छ । अमेरिकी राजधानीमा अत्यधिक गर्मी छाएको छ, जहाँ तापक्रम १०२ डिग्री फरेनहाइटसम्म पुगेको छ र ताप सूचकाङ्क ११० डिग्री फरेनहाइटभन्दा माथि पुगेको छ । अभियानको आयोजक फ्रिडम २५० ले एक्समा पोस्ट गर्दै भनेको छ, “चर्को गर्मी मौसमको अवस्थाका कारण महोत्सव पाँच बजेसम्म बन्द रहने छ ।” फ्रिडम २५० ले साँझको कार्यक्रमको तयारी जारी राख्दै भनेको छ, “गर्मीका कारण र सार्वजनिक सुरक्षा अधिकारीसँगको समन्वयमा, ग्रेट अमेरिकन स्टेट फेयर आज ५ः०० बजेसम्म अस्थायीरूपमा बन्द गरिने छ । हाम्रा अतिथि, स्वयंसेवक, कलाकार, विक्रेता र स्टाफको सुरक्षा र कल्याण हाम्रो सर्वोच्च प्राथमिकता हो । दिउँसो पछितिर अवस्था सुधारिने अपेक्षा गरिएको छ र हामी ५ः०० बजेदेखि सबैलाई फेरि स्वागत गर्न...
थाइल्याण्डमा बसोबास गर्ने नेपालीको मन्त्री चौधरीसँग भेटवार्ता

थाइल्याण्डमा बसोबास गर्ने नेपालीको मन्त्री चौधरीसँग भेटवार्ता

 नेपाल । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग थाइल्याण्डमा बसोबास गर्ने नेपालीले भेटवार्ता गरेका छन् । थाइल्याण्डस्थित नेपाली राजदूतावासमा मन्त्री चौधरीसँग बिहीबार सो भेटवार्ता भएको हो । कृषि, वनलगायत क्षेत्रको विकासमा गर्न सकिने सहकार्यका विषयमा नेपाली समुदायसँग छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा नेपालमा सम्भावना, लगानी, प्रविधि हस्तान्तरण, अनुसन्धान, उद्यमशीलता तथा सीप आदानप्रदानका विषयमा छलफल भएको थियो । नेपाली समुदायले कृषि उत्पादन वृद्धि, वन व्यवस्थापन, जलवायु परिवर्तनसँग अनुकूलन, आधुनिक कृषि प्रविधिको प्रयोग, लगानी आकर्षण तथा अन्तरराष्ट्रिय अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने विषयमा सुझाव दिएका थिए । मन्त्री चौधरीले ती सुझावलाई मन्त्रालयको समेट्दै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । नेपाल र थाइल्याण्डबीच कृषि तथा वन क्षेत्रको सहकार्यलाई ...
अमेरिकी दूतावासद्वारा प्रहरीलाई ‘डिजिटल फरेन्सिक’ उपकरण हस्तान्तरण

अमेरिकी दूतावासद्वारा प्रहरीलाई ‘डिजिटल फरेन्सिक’ उपकरण हस्तान्तरण

नेपाल । नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको ‘डिजिटल फरेन्सिक’ ल्याबलाई डिजिटल फरेन्सिकसम्बन्धी विभिन्न प्रकारका ‘सफ्टवेयर’ तथा ‘हार्डवेयर’लगायतका उपकरण हस्तान्तरण गरेको छ । नेपालका लागि अमेरिकाकी कार्यवाहक राजदूत स्कट अर्बमले मंगलबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई उक्त उपकरण हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले अमेरिकी दूतावासले डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि एवम् विकासका लागि उन्नत डिजिटल फरेन्सिक उपकरण प्रहरीलाई सहयोग गरेकामा धन्यवाद दिनुभयो । उहाँले यस किसिमका सहयोगहरू दुई देशबीचको विश्वास, मित्रता र साझा प्रतिबद्धताको प्रतिबिम्बसमेत भएका उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले हस्तान्तरण भएका आधुनिक उपकरणहरूले डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने उल्लेख गर्नुभयो । यस उपकरणहरूको सहयोगबाट डिजिटल प्रमाणहरूको प्राप्त...