नेपाल । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणमा नेपाल आउनुहुने भएको छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव मिश्री यही कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमणमा आउनुहुने भएको हो ।
परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको प्रेस वक्तव्य अनुसार नेपाल भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव र भारतका विदेश सचिवबिच द्विपक्षीय छलफल हुने छ । उक्त बैठकमा दुवै पक्षले नेपाल–भारत सम्बन्धको सबै पक्षको समीक्षा गर्ने जनाइएको छ ।
दुई देशबिचको लामो समयदेखिको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ पार्ने उद्देश्यले पारस्परिक हितका विषयमा समेत द्विपक्षीय धारणा आदानप्रदान उहाँहरूले गर्नुहुने मन्त्रालयले प्रस्ट पारेको छ ।
नेपालमा रहनुहुँदा भारतका विदेश सचिव मिश्रीले नेपालका उच्च नेतृत्व तथा विशिष्ट व्यक्तिहरूसँग शिष्टाचार भेट गर्नुहुने कार्यसूची रहेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्