नेपाल । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले पाँच विकेटको जित निकालेको छ । यस प्रतियोगितामा उसको यो दोस्रो जित हो ।
सुदूरपश्चिमले यसअघि दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो । सोमबार भएको खेलमा चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६ दशमलव चार ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो ।
सोमबार नै भएको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाण्डु गोर्खाजले चार विकेटको जित दर्ता गरेको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्