७ भाद्र २०८३, आईतवार

म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , August 23rd, 2026

नेपाल । म्यान्माको बौद्ध गुम्बामा नागरिक भेला भएको समयमा भएको सैन्य हवाई आक्रमणमा १४ जनाको मृत्यु भएको विद्रोही लडाकुले बताएका छन् ।

सेनाले सन् २०२१ मा आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरी नोबेल शान्ति पुरस्कार विजेता पक्राउ गरेपछि म्यान्मामा गृहयुद्ध जारी रहेको छ ।

विगत पाँच वर्षदेखि सेनाले प्रजातन्त्र समर्थक र जातीय अल्पसङ्ख्यक विद्रोहीको समुहसँग लडिरहेको समयमा विभिन्न पक्षबाट भएका आक्रमणमा एक लाखभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।

मानिसहरु प्रार्थनाको लागि भेला भएको अवस्थामा गुम्बालाई लक्षित गरी मध्य सागिङ क्षेत्रको म्याउङ नगरमा बिहान ९ः०० बजे गरिएको पछिल्लो हवाई आक्रमणमा ११ जना पुरुष र तीन जना महिलाको मृत्यु भएको जनाइएको छ ।

म्यान्माको वर्षाको मौसमसँग लगभग मेल खाने बौद्ध परम्पराको अवसरमा प्रार्थना गर्न वृद्ध मानिसहरू तीन महिनाका लागि उक्त ध्यान केन्द्रमा प्रवेश गरेको समयमा आक्रमण भएको जनाइएको छ । आक्रमणमा मृत्यु भएका मानिसहरु ५० देखि ७० वर्ष उमेर समुहका रहेको जनाइएको छ । वेदन प्रकाशित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्