यो वर्ष संसद्मा प्रस्तुत हुने विधेयकमध्ये गैरआवासीय नेपाली ऐन पनि एक हो : कानुनमन्त्री गौतम
नेपाल । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले यो वर्ष संसद्मा प्रस्तुत हुने विधेयकमध्ये गैरआवासीय नेपाली ऐन पनि एक रहेको स्पष्ट पार्नुभएको छ । गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलसँग भएको संवादमा मन्त्री गौतमले संविधानले गैरआवासीय नेपालीलाई प्रदान गरेका अधिकारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कानुनी व्यवस्था सहित सरकारले प्राथमिकताका आधारमा आगामी हिउदे अधिबेशनमा गैरआवासीय नेपाली ऐन सम्बन्धि विधेयक संसद्मा लैजाने कार्यतालिका निर्धारण जानकारी दिनुभयो।
एनआरएनएका उपाध्यक्ष एवं नागरिकता निरन्तरता समितिकी संयोजक रोजिना प्रधान राईले गैरआवासीय नेपाली नागरिकताले संविधान र नागरिकता ऐनमार्फत प्रदान गरेका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार व्यवहारमा अझै प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै तीन चरणको कार्ययोजना प्रस्ताव राखेसँगै मन्त्री गौतमले उक्त जानकारी गराउनु...









