स्पेनमा नेपाली दूतावासले गर्यो घुम्ती सेवा, ३१८ जनाले सेवा लिए
अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको समन्वयमा नेपाली दूतावास, म्याड्रिडबाट बार्सिलोना पुगेको घुम्ती टोलीले ३१८ जनालाई विभिन्न सेवाहरू प्रदान गरेको छ ।
एनआरएनए स्पेनका महासचिव सुन्दर रानाभाटका अनुसार, घुम्ती टोलीले १६ र १७ नोभेम्बर २०२४ मा बार्सिलोनास्थित एनआरएनए कार्यालयमा दुई दिनको शिविर सञ्चालन गरी राहदानी नवीकरण, ट्राभल डकुमेन्ट, र कन्सुलर सेवाहरू उपलब्ध गराएको थियो ।
यो पहल स्पेनभरि रहेका नेपाली समुदायका लागि विशेष रूपमा महत्त्वपूर्ण भएको बताइएको छ। यसले दूरदराजमा रहेका नेपाली नागरिकलाई सहज र छिटो सेवासुविधा उपलब्ध गराउन ठूलो सहयोग पुर्याएको छ।
शिविर सञ्चालनका लागि नेपाली दूतावासको टोली कार्यवाहक राजदूत यज्ञराज पौड्यालको नेतृत्वमा बार्सिलोना पुगेको थियो। टोलीमा राष्ट्रसेवक कर्मचारीहरू विपिन चन्द, दिनेश राउत, र लक्ष्मण शर्मा सहभागी थिए। उनीहरूको निरन्तर प्रयासले सेवाग्रा...









