१९ कार्तिक २०८३, बिहीबार

अन्तराष्ट्रिय/प्रवास

अमेरिकामा ४७औँ राष्ट्रपति चयनका लागि हुुने निर्वाचन मंगलबार सम्पन्न हुँदै

अमेरिकामा ४७औँ राष्ट्रपति चयनका लागि हुुने निर्वाचन मंगलबार सम्पन्न हुँदै

अमेरिका । अमेरिकामा ४७ औँ राष्ट्रपति चुन्नका लागि हुने निर्वाचन मङ्गलबार सम्पन्न हुँदैछ । निर्वाचनको प्रमुख दिन नोभेम्बर ५ अर्थात् मङ्गलबार अमेरिकी नागरिकले राष्ट्रपति चयन गर्न मतदात गर्दैछन् । अमेरिकी इतिहासमा ४७ औँ राष्ट्रपति चयन गर्ने निर्वाचनमा १६ करोड ६४ लाख मतदाताले मतदानमा भाग लिँदै छन् । विभिन्न राज्यमा शृङ्खलाबद्ध रूपमा भइरहेको मतदानको पहिलो चरणसम्म आइपुग्दा झन्डै आठ करोड नागरिकले मतदान गरिसकेका छन् । राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प उम्मेदवार हुनुहुन्छ ।...
एनआरएनएका उपाध्यक्ष शर्मा र दुबईस्थित नेपाली समुदायबीच अन्तरक्रिया

एनआरएनएका उपाध्यक्ष शर्मा र दुबईस्थित नेपाली समुदायबीच अन्तरक्रिया

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्मा यूएईस्थित नेपाली समुदायका सदस्यहरूसंग दुवईमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन् । संघको स्थापना दिवसको औपचारिक कार्यक्रम सम्पन्न गरी काठमाण्डौंबाट दुवई पुगेका डा. शर्माले गैरआवासीय नेपालीहरूको विविध समस्याहरूको समाधानमा संघले गर्ने भूमिकाबारे स्पष्ट पारे । यूएईको प्रमुख व्यावसायिक शहर दुवईमा आयोजित उक्त कार्यक्रममा एनआरएनए यूएईका अध्यक्ष विकास शाही तथा संघका सचिव मनोज श्रेष्ठले डा. शर्मालाई स्वागत गर्दै सम्मान प्रकट गरे । यो अवसरमा गैरआवासीय नेपालीहरूको मुद्धा र वर्तमान अवस्थामा संघको भूमिकाबारे महत्वपूर्ण छलफल गरियो । कार्यक्रमलाई सम्बोधन गर्दै डा. शर्माले एनआरएनएको स्थापनादेखि हालसम्म संघले गरेका विविध कार्यहरूको चर्चा गरे । उनले विदेशमा रहेका नेपालीहरूको आर्थिक, सामाजिक र सांस्कृतिक समस्याहरूको समाधा...
सुनुवाइ समितिबाट बेल्जियमका लागि राजदूतमा सेवा लम्सालको नाम अनुमोदन

सुनुवाइ समितिबाट बेल्जियमका लागि राजदूतमा सेवा लम्सालको नाम अनुमोदन

नेपाल । बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । बुधबार सिंहदरबार बसेको समितिको बैठकले प्रस्तावित राजदूत लम्सालको नाम अनुमोदन गरेको हो । सुनुवाइपछि बैठकमा समितिका ज्येष्ठ सदस्य सभापति पशुपति शमशेर जबराले प्रस्तावित राजदूत लम्सालको नाम अनुमोदन भएको जानकारी दिए ।...
युवा नीतिमा एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छः मन्त्री चौधरी

युवा नीतिमा एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छः मन्त्री चौधरी

नेपाल । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आगामी युवा नीतिमा एनआरएनएका विषयलाई समेट्ने प्रतिबद्धता जनाउनुभएको छ । गैरआवासीय नेपाली दिवस वार्षिक साधारण सभा र ग्लोबल कन्क्लेभ २०२४ को पाँचौ सत्र राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तिकरण लाई सोमबार सम्बोधन गर्दै मन्त्री चौधरीले भन्नुभयो, ‘युवा नीति अख्तियार गरेर कानुन र अर्थमा पुगिसकेको छ । मन्त्रिपरिषद्बाट केही दिनपछि पारित हुँदैछ । तपाईहरुको केही कुरा राख्न सकिन्छ ।’ मन्त्री चौधरीले युवाहरु विदेशिने क्रम बढेको बताउनुभयो । ‘जनसंख्याको ४२ प्रतिशत युवा छ । तीनै तहमा ४५ प्रतिशत युवाहरु राजनीतिमा काम गरिरहेका छन् । त्योभन्दा बढी युवाहरु दिनप्रतिदिन विदेश पलयान भइरहेका छन् । कोही पढ्न, कोही रोजगारीको सिलसिलामा गइरहेका छन् । १२ कक्षा पास गरिसकेपछि म विदेश जान्छु भन्ने धारणा छ । स्नातक तहमा विद्यार्थी अभाव छ । निकट भविष्यमा शिक्षकहरु...
अमेरिका पढ्न जान तीन महिनामा ३ हजार ६४ जनाले लिए अध्ययन अनुमतिपत्र

अमेरिका पढ्न जान तीन महिनामा ३ हजार ६४ जनाले लिए अध्ययन अनुमतिपत्र

नेपाल । विदेश पढ्न जान चालु आर्थिक वर्षको असोज मसान्तसम्म २७ हजार ७२७ नेपाली विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र लिएका छन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार सबैभन्दा बढी जापानमा अध्ययनका लागि जान ९ हजार ६३८ जनाले अनुमतिपत्र लिएका छन् । त्यस्तै दोस्रो नम्बरमा बेलायतका लागि ५ हजार ४५३ जना नेपाली विद्यार्थीले अध्ययन अनुमतिपत्र लिएका छन् । यता, तेस्रोमा अमेरिकाका लागि ३ हजार ६४ जनाले अध्ययन अनुमतिपत्र लिएका छन् भने अस्ट्रेलियाका लागि २ हजार २६२, भारतका लागि एक हजार ४४७, दक्षिण कोरियाका लागि ९९४, क्यानडाका लागि ९११, फ्रान्सका लागि ५१९ जनाले अध्ययन अनुमतिपत्र लिएको तथ्याङ्कमा उल्लेख छ ।...
एनआरएनएको वार्षिक साधारण सभा तथा ग्लोबल कन्क्लेभ १३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

एनआरएनएको वार्षिक साधारण सभा तथा ग्लोबल कन्क्लेभ १३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आइतवार देखि काठमाण्डौंमा सुरु भएको वार्षिक साधारण सभा तथा ग्लोबल कन्क्लेभ-२०२४ सम्पन्न भएको छ । ‘रूपान्तरण र एकताः सम्मानजनक श्रम, लगानी र नागरिकताको निरन्तरता’ भन्ने नारासहित सम्पन्न कार्यक्रम पछि १३ बुँदे घोषणापत्र जारी गरिएको कार्यक्रम आयोजक समितिका संयोजक तथा संघका उपाध्यक्ष डा. हेमराज शर्माले जानकारी दिनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा आदी दर्जन भन्दा बढी मन्त्रीहरु विभिन्न शीर्षकको छलफलमा सहभागी हुनु भयो । संस्थाको वार्षिक साधारण सभा २०२४ को बन्द सत्रमा, विभिन्न देशबाट भौतिक तथा अनलाइन माध्यमबाट सहभागी प्रतिनिधिहरूबीच विविध छलफल भई वार्षिक संस्थागत प्रतिवेदन, आर्थिक प्रतिवेदन, क्षेत्रीय प्रतिवेदन लगायत सम्पूर्ण विषयहरुमा सर्वसम्मत रुपमा पारित भएको महासचिव गौरीराज जोशीले जानकारी ...
१० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यान्वयन हुँदै

१० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यान्वयन हुँदै

नेपाल । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले नेपालमा गैरआवासीय नेपालीले साधरण सेयर मार्फत (आईपिओ) बाटै लगानी गर्न सक्नेगरी १० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यन्वयन हुने अन्तिम अवस्थामा पुगेको बताउनुभएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आयोजना गरेको एनआरएन दिवस र वार्षिक साधारणसभाको नेपालमा आर्थिक रुपान्तरका लागि पूर्वाधार निर्माण सत्रमा सम्बोधन गर्दै विदेशमा बस्ने नेपालीले वैैधानिक लगानी कसरी गर्न सकिन्छ भन्ने खोजीमा एनआरएनए फण्ड स्थापना भएको बताउनु भयो । अध्यक्ष डा केसीले नेपाल धितोपत्र बोर्डले निर्देशिका जारी गरेसंगै लगानी भित्राउन बाटो खुल्ने बताउनुभयो । ‘विदेशबाट नेपालीले लुकेरै लगानी गर्नुपर्ने अवस्था हुँदा फण्डको परिकल्पना गरिएको हो,’ अध्यक्ष केसीले भन्नुभयो,‘ पछिल्लो ६ महिनामा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकको सहजिकरणमा केही दिनमै कार...
गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका जटिलता अन्त्य गर्न ऐन संशोधन गरिने प्रतिबद्धता

गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका जटिलता अन्त्य गर्न ऐन संशोधन गरिने प्रतिबद्धता

नेपाल । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा देखिएका जटिलता अन्त्य गर्न ऐन संशोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आयोजना गरेको एनआरएन दिवस र वार्षिक साधारणसभाको ’एनएआरनको गैरआवासीय नागरिकता, मतदान अधिकार, गोर्खाज र नेपाली मूलका विदेशी नागरिक (पीएनओ), सत्रलाई सम्बोधन गर्दै मन्त्री लेखकले आउने हिउँदे अधिवेशनमा केही नेपाल ऐन संशोधन विधेयकमार्फत जटिलताहरु हल गर्ने बताउनुभएको हो । ’गैरआवासीय नेपाली नागरिकता भनेको नागरिकता हो । हामीकहाँ संविधानको नागरिकता भागमा धेरै प्रकारका नागरिकता उल्लेख गरेका छौं । त्यसमध्ये गैरआवासीय नेपाली एउटा हो । आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार दिएको छ । नागरिकता दिने काम भयो । तर कार्यान्वयनमा प्राप्त गरेपछि संविधानले दिने भनेको अधिकारहरु उपयोग हुन सकेन,’ उहाँले भन्नुभयो । गैरआव...
अमेरिका र क्यानाडामा रास्वपा समर्थकहरूको प्रदर्शन

अमेरिका र क्यानाडामा रास्वपा समर्थकहरूको प्रदर्शन

अमेरिका । अमेरिका र क्यानडामा रास्वपाका समर्थकहरुले प्रदर्शन गरेका छन् । पार्टी सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरेकोमा सो को विरोध गर्दै प्रदर्शन गरिएको हो । यसैक्रममा अक्टोबर २७, २०२४, आइतबार साँझ ४ बजे, अमेरिकाको कोलोराडो राज्यको डेनभर सहर अन्तर्गत सेन्ट्रल पार्कमा रास्वपा समर्थक तथा शुभेच्छुकहरूले नेपालमा पार्टी सभापति लामिछानेविरुद्ध भइरहेको प्रतिशोधपूर्ण गतिविधि र राज्य शक्तिको चरम दुरुपयोगको विरोधमा प्रदर्शन गरे । यस कार्यक्रममा सहभागीहरूले निर्दोषलाई फसाउने र दोषीलाई बचाउने अधिनायकवादी प्रवृत्तिको घोर निन्दा गर्दै आफ्नो धारणा राखे । प्रदर्शनमा भौतिक रूपमा उपस्थित समर्थकहरूसँगै अन्य राज्यहरू र क्यानडाबाट पनि भर्चुअल माध्यममार्फत समर्थन तथा ऐक्यबद्धता प्रकट गरियो। त्यसअघि, अक्टोबर २६, २०२४ का दिन, दिउँसो करिब १ः३० बजे क्यानाडाको Alberta राज्यको Edmonton...
काठमाडौंमा एनआरएनए ग्लोबल कन्क्लेभ तथा वार्षिक साधरणसभा शुरु

काठमाडौंमा एनआरएनए ग्लोबल कन्क्लेभ तथा वार्षिक साधरणसभा शुरु

नेपाल । काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित सोल्टी होटलमा एनआरएनए डे र वार्षिक साधरणसभा सोल्टी होटलमा शुरु भएको हो । गैरआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताउनुभएको छ । प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताउनुभएको हो । “नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।” प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघको छ...