सडक बालवालिका सम्बन्धी परियोजनाबारे एनआरएनएको टोली र मन्त्री आचार्यबीच छलफल
नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक प्रतिनिधिमण्डलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यसंग भेटघाट गरेको छ ।
भेटमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संघको सकृयतमा नेपालमा संचालित सडक बालवालिका सम्बन्धी परियोजनाको बारेमा जानकारी गराएका थिए । डा. केसीले संघ नेपाल सरकार र प्रादेशिक सरकारसंग मिलेर काम गर्न संघ तयार रहेको बताए ।
मन्त्री आचार्यले महिला तथा बालबालिकाहरुको हक र हितको लागि मन्त्रालय गैरआवासीय नेपाली संघसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले हाल सम्म संघको तर्फबाट भएका कामहरुको प्रशंसा गर्दै सडक बालबालिकाहरुको परियोजनालाई प्रादेशिक रुपमा पनि संचालन गर्न आग्रह गरे ।
यसअघि संघले नेपाल सरकार तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला तथा बाल अधिकार परिषद्को सहकार्यमा गत वर्षदेखि संचालित नेपालक...









