२ आश्विन २०८३, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

बेइजिङमा सी र ट्रम्पबीच द्विपक्षीय वार्ता

बेइजिङमा सी र ट्रम्पबीच द्विपक्षीय वार्ता

नेपाल । चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा द्विपक्षीय वार्ता भएको छ । वार्ताका क्रममा राष्ट्रपति सीले नयाँ युगमा दुई ठुला देशबिच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने सही बाटो पहिल्याउनु पर्नेमा जोड दिनुभएको छ । राष्ट्रपति सीले दुई देशबिच मतभेदभन्दा साझा हितका विषयहरू बढी रहेको उल्लेख गर्दै एकको सफलता अर्कोका लागि अवसर हुने बताउनुभयो । चीन र अमेरिकाबिचको स्थिर सम्बन्ध विश्वका लागि लाभदायक हुने चर्चा गर्दै उहाँले सहकार्यबाट दुवै पक्षलाई फाइदा हुने र टकरावले दुवैलाई नोक्सानी पुग्ने धारणा व्यक्त गर्नुभयो । राष्ट्रपति सीले भन्नुभयो, “हामी प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ । हामीले एक अर्कालाई सफल हुन र सँगै समृद्ध बन्न मद्दत गर्नुपर्छ ।” विश्वमा एक शताब्दीयता नदेखिएको परिवर्तनको गति त...
अमेरिकी राष्ट्रपति ट्रम्प बेइजिङमा, शिखर वार्ता हुँदै

अमेरिकी राष्ट्रपति ट्रम्प बेइजिङमा, शिखर वार्ता हुँदै

नेपाल । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबिच बिहीबार बेइजिङमा शिखर वार्ता हुँदै छ । विश्वका दुई ठुला अर्थतन्त्र भएका मुलुकका शीर्ष नेताबिच हुन लागेको शिखर वार्तालाई विश्व समुदायले उच्च महत्वका हेरिरहेको छ । नौ वर्षपछि तीनदिने राजकीय भ्रमणमा राष्ट्रपति ट्रम्प बुधबार साँझ चीनको राजधानी बेइजिङ आइपुग्नुभएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । राष्ट्रपति ट्रम्पले चीन भ्रमणमा निस्कँदै गर्दा बेइजिङसँग व्यापार, प्रविधि र भूराजनीतिक तनावलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने सङ्केत दिनुभएको छ । चीनका राष्ट्रपति सी चिनफिङसँग हुने बहुप्रतीक्षित शिखर वार्ताअघि ट्रम्पले अमेरिकी कम्पनीका लागि चीनलाई अझ ‘खुला’ बनाउन आग्रह गर्ने सार्वजनिक घोषणा गर्नुभएको छ । वासिङ्टनबाट प्रस्थान गरेपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत चीनका लागि अमेरिकी व्यवसाय र प्रविधि कम्पनीको पहुँच विस्...
सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य, के के समेटिए एनआरएन सम्बन्धि विषयहरु ?

सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य, के के समेटिए एनआरएन सम्बन्धि विषयहरु ?

प्रेस विज्ञप्ति : सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा समेटिएका गैरआवासीय नेपाली सम्बन्धि विभिन्न विषयहरु : · पुँजी बजारमा सहभागिता : पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गरिनेछ । धितोपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गर्दै संस्थागत लगानीकर्ता, पेन्सन कोष, बिमा, म्युचुअल फन्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिनेछ । · डायस्पोरा पुँजीको परिचालन: वैकल्पिक विकास वित्त, डायस्पोरा पुँजी र निजी लगानी परिचालन गरी पूर्वाधार वित्त पोषणको नयाँ मोडेल लागू गरिनेछ । · “डायस्पोरा विज्ञ सञ्जाल” तथा “ज्ञान ट्यांक” स्थापना : प्रवासमा रहेका नेपालीको पूँजी, सीप, अनुभव र प्रविधिलाई राष्ट्रिय विकाससँग जोड्न “डायस्पोरा विज्ञ सञ्जाल” तथा “ज्ञान ट्यांक” स्थापना गरिनेछ। गैर आवास...
क्यानडामा एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा बिस्तार

क्यानडामा एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा बिस्तार

अमेरिका । विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिकहरुलाई एकताको एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ स्थापित एसोसिएसन अफ नेप्लिज ओरिजिन (एएनओ) ले क्यानाडामा आफ्नो नवौँ अन्तरराष्ट्रिय शाखा विस्तार गरेको छ । विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली भाषीहरुको आइतबार क्यानाडाको टोरन्टोमा आयोजित समारोहमा चित्र प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको एएनओले विज्ञप्तिमार्फत जनाएको छ । लामो समयदेखि क्यानाडामा प्राध्यापन गर्नुभएका नेपाली भाषी प्रधानको नेतृत्वमा गठन भएको यस समितिको उपाध्यक्षमा एमी कर्माचार्य, महासचिवमा मुगा राजभण्डारी, सचिवमा भीम सिग्देल, कोषाध्यक्षमा लक्ष्मीप्रसाद तिम्सिना र प्रवक्तामा जुनी चापागाईं चयन हुनुभएको हो । त्यसैगरी, बोर्ड सदस्यहरूमा भीम पाठक, सन्तोष तिम्सिना, ललित कोइराला, रमेश तिम्सिना, रोशन भट्टराई र जयप्रसाद हुमागाईं चयन हुनुभएको छ । सो कार्यक्रमलाई सम्बोधन ...
अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना

अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना

अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना गरिएको छ । नेपाली कला, संस्कृति, वेशभूषा तथा परम्पराको प्रदर्शनमार्फत नेपाललाई अन्तरराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले नेपाल उत्सव आयोजना गरिएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्नियालगायतका नेपाली सामाजिक संस्थाको संयुक्त आयोजनामा सम्पन्न उत्सवमा अमेरिकाका विभिन्न सहरमा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता थियो । लस एन्जलस, सानडिएगो, साक्रामेन्टो, बेकर्सफिल्ड, लङबीचलगायत आसपासका राज्य र सहरबाट नेपालीहरू उत्सवमा सहभागी हुन सान फ्रान्सिस्को पुगेका थिए । सान फ्रान्सिस्को सिटी हलबाटबाट सुरु भएको नेपाल डे परेड एम्बार्काडेरो प्लाजासम्म करिब १.६ माइल दूरीमा सञ्चालन गरिएको थियो । परेड अवधिभर सहरको मुख्य क्षेत्र मार्केट स्ट्रिटमा सवारी आवागमन बन्द गरी पैदलयात्रुका लागि खुला गरिएको थियो । विभिन्...
अमेरिकी राष्ट्रपति ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण गर्ने कार्यक्रम तय

अमेरिकी राष्ट्रपति ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण गर्ने कार्यक्रम तय

नेपाल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण गर्ने कार्यक्रम तय भएको बेइजिङले सोमबार पुष्टि गरेको छ । वासिङ्टन र बेइजिङबिच भन्सार महशुलदेखि मध्यपूर्व युद्ध र चीनले आफ्नो भूभागको रूपमा दाबी गरेको ताइवानसम्मका प्रमुख मुद्दाहरूलाई हेर्ने दृष्टिमा विवाद छ । राष्ट्रपति ट्रम्पले मार्चको अन्त्य वा अप्रिलको शुरुमा भ्रमण गर्ने कार्यक्रम तय भएको पनि इरान युद्धका विषयमा ध्यान केन्द्रित गर्न उहाँले यसअघि आफ्नो भ्रमण स्थगित गर्नुभएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले मे १३ देखि १५ सम्म चीनको राजकीय भ्रमण गर्न लाग्नुभएको बताए । अमेरिकी अधिकारीहरुका अनुसार व्यापार तनाव कम गर्ने उद्देश्यका साथ ट्रम्पले सीलाई इरानमाथि युरेनियम प्रवर्धन नियन्त्रण र युद्ध अन्त्यका लागि दबाब दिने अपेक्षा गरिए...
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

अमेरिका । बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको ‘प्लमस्टेड एन्ड ग्लिन्डन’मा नेपालीमूलका पूर्वमेयर जित रानाभाट काउन्सिलर निर्वाचित हुनुभएको छ । त्यस्तै उहाँकी पत्नी गौमाया गुरुङ सोही बरोको एबिउड वार्डमा काउन्सिलर निर्वाचित हुनुभएको छ । यसअघि सोही बरोको मेयर तथा उपमेयरको जिम्मवारी पूरा गरेका रानाभाट एक हजार ६१० मत प्राप्त गरी काउन्सिलर पदमा निर्वाचित हुनुभएको हो । प्लमस्टेड एन्ड ग्लिन्डनमा तीन वटै सिट लेबर पार्टीले जितेको छ । लेबरका टमी अहेदो, अडेल खैरा पनि काउन्सिल निर्वाचित हुनुभएको छ । रानाभाट पत्नी गौमाया पहिलोपटक काउन्सिलर निर्वाचित हुनुभएको हो । उहाँले एक हजार २९२ मत प्राप्त गर्नुभएको छ । एबिउडमा पनि तीनवटै सिट लेबरले जितेको छ । रानाभाट दम्पती दुवै लेबर पार्टीबाट चुनावी मैदानमा होमिनुभएको थियो । उता, अल्डरसटका रश्मोर बरोअन्तर्गत म्यानोर पार्क वार्डमा जीवनारायण बेल्वासे निर्वाचित हुनुभए...
एनआरएनए युरोप क्षेत्रीय सम्मेलन अगष्टमा हुने, ‘संकल्प’ नाम दिएर तयारी सुरु

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन अगष्टमा हुने, ‘संकल्प’ नाम दिएर तयारी सुरु

नेपाल । गैरआवासीय नेपाली संघ एनआरएनएको १७औं युरोप क्षेत्रीय सम्मेलन अगष्टमा हुने भएको छ । आयरल्याण्डको डब्लिनमा अगष्ट १०–१२ तारिखमा आयोजना हुने सम्मेलनको ‘संकल्प’ नाम दिएर तयारी सुरु गरिएको युरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बुले आइतबारको पत्रकार सम्मेलनमा जानकारी दिए । डबलिन डिक्लेरेसन जारी गर्ने मुख्य लक्ष्यसहित आयोजना हुन लागेको यस सम्मेलनले विशेषगरी नागरिकताको निरन्तरता, वैदेशिक लगानी र संस्थागत सुदृढीकरणलाई आफ्नो प्राथमिकतामा राखेको उनको भनाइ छ । सम्मेलनमा दोहोरो नागरिकता, नागरिकताको अधिकार, एनआरएन हेडको विषय र गोर्खा भेटरन्सको अधिकारका बारेमा पैरवी गरिनेछ। साथै, डायस्पोराको राजनीतिक र नागरिक सहभागिताका विषयमा पनि बहस हुनेछ। डायस्पोरामा रहेको पुँजीलाई कसरी नेपालको जलविद्युत, पर्यटन, कृषि र प्रविधि क्षेत्रमा परिचालन गर्ने भन्ने विषयमा स्पेसिफिक छलफल हुनेछ। विशेषगरी अध्यक्षको १० अर्ब...
विजयले लिए तमिलनाडुको मुख्यमन्त्रीको शपथ

विजयले लिए तमिलनाडुको मुख्यमन्त्रीको शपथ

नेपाल । दक्षिण भारतीय चलचित्रका सुपरस्टार तथा तमिलागा वेत्री कडगम (टीभीके) का अध्यक्ष सी जोसेफ विजयले तमिलनाडुको नवौँ मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। चेन्नईमा आयोजित भव्य समारोहका बीच उनले आफ्नो मातृभाषा तमिलमा शपथ लिँदै राज्यको शासन सत्ताको बागडोर सम्हालेका हुन् । समारोहमा भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको उपस्थिति रहेको थियो । शपथ ग्रहणका क्रममा एक रोचक र केही विवादास्पद दृश्य समेत देखिएको थियो । शपथ लिने क्रममा विजयले निर्धारित शपथको संवैधानिक पाठभन्दा बाहिरका भावनात्मक र राजनीतिक कुराहरू बोल्न थालेपछि राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकरले उनलाई तत्कालै रोकेका थिए । राज्यपालले उनलाई केवल लेखेर दिइएको औपचारिक शपथ मात्र वाचन गर्न निर्देशन दिएपछि विजयले पुनः निर्धारित पाठ नै पढेर शपथ प्रक्रिया पूरा गरेका थिए । विजयसँगै उनको नयाँ मन्त्रिमण्डलमा ९ जना म...
अमेरिकाको फ्लोरिडामा डुङ्गा विस्फोटमा कम्तीमा ११ जना घाइते

अमेरिकाको फ्लोरिडामा डुङ्गा विस्फोटमा कम्तीमा ११ जना घाइते

अमेरिका । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा विस्फोटमा कम्तीमा ११ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले उक्त जानकारी दिएका हुन् । बिस्केन खाडी क्षेत्रमा रहेको हलओभर स्यान्डबार नजिक यात्रु बोकेको एक चार्टर डुङ्गामा अचानक विस्फोट भएको हो । फ्लोरिडा वन्यजन्तु तथा जलस्रोत संरक्षण आयोगकी प्रवक्ता मेलिसा ब्रेभिकका अनुसार विस्फोट डुङ्गामै भएको थियो । मियामी–डेड अग्नि उद्धार विभागले दिउँसो १२ बजेर ४८ मिनेटमा ‘सम्भावित डुङ्गा विस्फोट’ भएको सूचना प्राप्त गरेको जनाएको छ । घटनास्थल मियामी बिच नजिकको लोकप्रिय पर्यटकीय क्षेत्र रहेको बताइएको छ । उद्धार टोली घटनास्थलमा पुग्दा धेरै घाइतेहरूलाई तत्काल उपचार आवश्यक परेको थियो । घाइतेहरूलाई नजिकका अस्पतालहरूमा उपचारका लागि पठाइएको अधिकारीहरूले बताएका छन् । विस्फोटको कारण हालसम्म खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको...