२ आश्विन २०८३, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

कोलोराडोमा नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन शुरु

कोलोराडोमा नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन शुरु

कोलोराडो । अमेरिका तथा विश्वभर छरिएर रहेका नेपाली साहित्यकार र साहित्यप्रेमीहरूको विश्वस्तरीय सम्मेलन अमेरिकाको कोलोराडोस्थित डेनभरमा शुक्रबार मे २२ देखि शुरु भएको छ । उक्त सम्मेलन मे २५ सम्म जारी रहने छ । अनेसास केन्द्रीय कार्यसमितिको तत्वावधान तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा आयोजना भएको नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा अमेरिका तथा अन्य मुलुकबाट करिब १३० जना साहित्यकार, लेखक, पत्रकार र शुभेच्छुक सहभागी भएको तथा नेपालबाट पनि आधा दर्जनजति लेखक–साहित्यकार सहभागी रहेको अनेसासले दिएको छ । अनेसासका महासचिव राजु सिटौलाका अनुसार सम्मेलनको औपचारिक उद्घाटन मे २३ मा हुनेछ । सम्मेलनका विभिन्न सत्रमा साहित्यका विविध विषयमा बहस, अन्तरक्रिया तथा विमर्श हुनेछन् भने “इतिहासमा आख्यान र आख्यानमा इतिहास” शीर्षकमा विशेष बहस पनि हुनेछ । सिटौलाका अनुसार सम्मेलन अवधिभर बिहान योग कार्यक्रम सञ्चाल...
बोस्टन विश्वविद्यालयमा पढेका विद्यार्थी संस्थापक रहेको कक्रोच जनता पार्टीको भारतमा तहल्का

बोस्टन विश्वविद्यालयमा पढेका विद्यार्थी संस्थापक रहेको कक्रोच जनता पार्टीको भारतमा तहल्का

नेपाल । के एउटै व्यक्ति बेरोजगार, अल्छी, जति बेला पनि अनलाइन बसिरहने र गनगने हुन्छरु यिनै योग्यता भएका व्यक्तिलाई लक्षित गरी भारतमा कक्रोच जनता पार्टी (सीजेपी) खोलिएको छ। यसलाई कतिपयले नयाँ राजनीतिक संगठनका रूपमा टिप्पणी गरिरहेका छन् भने कतिले व्यङ्ग्यात्मक राजनीतिक प्रयोग। सीजेपी आफैँले भने यसलाई युवाका लागि युवाहरूद्वारा बनाइएको युवाहरूको राजनीतिक मञ्चका रूपमा दाबी गरेको छ। केही दिनमा यस अभियानमा हजारौँ युवाहरू जोडिएका छन्। यस पार्टीका संस्थापक बोस्टन विश्वविद्यालयमा जनसम्पर्क पढिरहेका ३० वर्षीय विद्यार्थी अभिजित दिपके हुन्। उनी सन् २०२० देखि २०२३ सम्म आम आदमी पार्टी (आप) को सोसल मिडिया टिममा स्वयंसेवीका रूपमा कार्यरत थिए। एक्समा ४० हजार र इन्स्टाग्राममा ४ लाख २० हजारभन्दा बढी फलोअर जोडिसकेका छन्। सीजेपीले आफ्नो पार्टीमा १ लाख सदस्य बनिसकेको दाबी गरेको छ। यति मात्र होइन, महुआ मोइत्रा...
स्पेसएक्सद्वारा ऐतिहासिक आइपिओको तयारी

स्पेसएक्सद्वारा ऐतिहासिक आइपिओको तयारी

न्युयोर्क । एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक प्रस्ताव(आइपिओ) ल्याउने तयारी सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरिएको प्रोस्पेक्टसअनुसार कम्पनीले दर्जनौँ अर्ब डलर बराबरको सेयर बिक्री योजना अघि सारेपछि यसले विश्व वित्तीय बजारमा ठूलो चासो र बहस सिर्जना गरेको छ । फाइलिङले देखाएअनुसार स्पेसएक्सले गत वर्ष आठ अर्ब ७० करोड डलर राजस्व कमाए पनि सञ्चालन तर्फ पाँच अर्ब ६० करोड डलर घाटा व्यहोरेको थियो । कम्पनीले यो वर्षको सुरुआती महिनामा पनि घाटा निरन्तर रहेको उल्लेख गरेको छ । कम्पनीले उठाउन चाहेको रकम औपचारिक रूपमा नखुलाए पनि विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टले प्रस्तावको आकार ७५ अर्ब डलर वा त्योभन्दा माथि पुग्न सक्ने बताएका छन् । यदि त्यस्तो भयो भने, यो आइपिओले सात वर्षअघि २६ अर्ब डलर उठाएर कीर्तिमान बनाएको साउदी अरामकोलाई सहजै उछिन्ने छ । औपचारिक ...
सुरक्षाको खोजीमा भाग्ने प्रयास गर्दा प्रत्येक १४ मिनेटमा एक जनाको मृत्यु !

सुरक्षाको खोजीमा भाग्ने प्रयास गर्दा प्रत्येक १४ मिनेटमा एक जनाको मृत्यु !

नेपाल । सन् २०२५ मा विश्वभरका द्वन्द्व क्षेत्रमा प्रत्येक १४ मिनेटमा एक जना सर्वसाधारणको मृत्यु भएको सयुक्त राष्ट्रसङ्घले जनाएको छ । जसमा बालबालिका, तथा आम नागरिक, उनीहरूको घर, कार्यस्थल, विद्यालय, सडकलगायतका क्षेत्रमा सुरक्षाको खोजीमा भाग्ने प्रयास गर्दा मृत्यु बरण गरेको उल्लेख गरिएको छ । विभिन्न क्षेत्रमा राखिएका विस्फोटक हतियारले मानविय जीवन मात्र नभइ पावर ग्रिड, पानी सञ्जाल, विद्यालय र अस्पताल जस्ता अत्यावश्यक संरचना नष्ट गरेको ओसिएइचएका लागि क्राइसिस रेस्पोन्स डिभिजनका निर्देशक एडम वोसोर्नुले सशस्त्र द्वन्द्वमा नागरिकको सुरक्षा विषय सुरक्षा परिषदलाई जानकारी दिँदै बताउनुभएको छ । उहाँले नागरिक द्वन्द्वमा लक्षित नभए पनि द्वन्द्वको प्रत्यक्ष सिकार हुने गरेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घले गत वर्ष विश्वभरका १८ वटा क्षेत्रमा भएका द्वन्द्वमा चिकित्सा सेवामा एक हजार ३५० भन्दा बढी आक्र...
क्यालिफोर्नियामा भीषण आगलागी हुँदा १७ हजार विस्थापित

क्यालिफोर्नियामा भीषण आगलागी हुँदा १७ हजार विस्थापित

अमेरिका । दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । उपनगरीय बस्तीलाई प्रत्यक्ष खतरा पुगेपछि ठूलो स्तरको निकासी अभियान सञ्चालन गरिएको छ । लस एन्जलसबाट करिब ३० माइल (४८ किलोमिटर) उत्तर-पश्चिममा रहेको सिमी भ्याली वरिपरिका पहाडी क्षेत्रमा सोमबारदेखि हावाले तीव्र बनाएको स्यान्डी फायर फैलिएको हो । सुक्खा झाडी क्षेत्रमा सुरु भएको आगलागी बिस्तारै बस्ती नजिक पुगेपछि स्थानीय प्रशासनले आपतकालीन कदम चालेको हो । भेन्टुरा काउन्टी अग्नि विभागका अनुसार मङ्गलबार बिहानसम्म आगलागीले दुई वर्गमाइल (करिब पाँच वर्गकिलोमिटर) भन्दा बढी क्षेत्रफल जलेको छ भने कम्तीमा एउटा घर पूर्णरूपमा नष्ट भएको छ । प्रारम्भिक चरणमा आगलागी ३० माइल प्रतिघण्टा (४८ किलोमिटर प्रतिघण्टा) को गतिमा फैलिएको थियो । तर रातभर हावाको गति केही कम भएपछि नियन्त्रण प्रयासमा रा...
मध्यपूर्व संकटबारे सरकार, दूतावास र NRNA बीचको समन्वय संयन्त्र सुदृढ गर्नुपर्ने सुझाव

मध्यपूर्व संकटबारे सरकार, दूतावास र NRNA बीचको समन्वय संयन्त्र सुदृढ गर्नुपर्ने सुझाव

नेपाल । नेपाल सरकार, दूतावास र NRNA बीच मध्यपूर्वको वर्तमान संकटका कारण नेपाली श्रमिकहरूको सुरक्षा र व्यवस्थापनबारे समन्वयात्मक छलफल सम्पन्न भएको छ। मध्यपूर्वको वर्तमान संकट र त्यहाँ कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, उद्धार तथा संकट व्यवस्थापन विषयमा परराष्ट्र मन्त्रालय डायस्पोरा डिभिजन लगायत सरकारी तथा गैरसरकारी ४० भन्दा बढी संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा समन्वयात्मक बैठक सम्पन्न भएको हो । बैठक NRNA र ILO को संयुक्त परियोजना “MiRiDeW Phase II” अन्तर्गत आयोजना गरिएको हो । बैठकमा प्राप्त मुख्य सुझावहरू: •नेपाल सरकार, दूतावास र NRNA बीचको समन्वय संयन्त्रलाई अझ सुदृढ र प्रभावकारी बनाउनुपर्ने। •आपतकालीन उद्धार योजना तथा सुरक्षित स्थानान्तरण प्रणालीलाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने। • नेपाली श्रमिकहरूको तथ्यांक अद्यावधिक गर्ने प्रणालीलाई नियमित, विश्वसनीय र केन्द्रीकृत बनाउनुपर्न...
इबोला प्रकोपलाई लिएर अफ्रिकामा आपतकाल घोषणा

इबोला प्रकोपलाई लिएर अफ्रिकामा आपतकाल घोषणा

नेपाल । अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सिडिसी) सङ्गो लोकतान्त्रिक गणतन्त्र (डिआरसी) र युगान्डामा बढ्दो पछिल्लो इबोला प्रकोपलाई लिएर महादेश स्तरको लागि सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको छ । मुख्यतया देशको मोङ्ग्वालु, रुवाम्पारा र बुनिया स्वास्थ्य क्षेत्र, साथै युगान्डाको कम्पालामा ३९५ वटा सङ्क्रमणका घटनामा १०६ जना सङक्रमितको मृत्युको रिपोर्ट गरिएपछि स्वास्थ्य आपतकालको आधिकारिक घोषणा गरेको जनाइएको छ । एजेन्सीले प्रकोप तिव्र रूपमा बढ्दै गएको जनाउँदै यस रोगका लागि हालसम्म कुनै पनि विशिष्ट खोप तथा उपचार उपलब्ध नभएकाले उच्च जोखिम युक्त रहेका बताएको छ । अफ्रिका सिडिसीका महानिर्देशक जिन कासेयाले यो घोषणाले क्षेत्रीय समन्वयलाई बलियो बनाउन, आपतकालीन स्रोत परिचालन गर्न र सङ्क्रमणको जोखिममा रहेका छिमेकी देशमा तयारी प्रयासलाई गति दिन मद्दत गर्ने बताउनुभएको छ । अफ्रिका सिडिसी...
नेपाल विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित

नेपाल विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित

नेपाल । नेपाल विश्व स्वास्थ्य सङ्गठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित भएको छ । स्विट्जरल्यान्डको जेनेभामा भइरहेको महासभाको उपाध्यक्षमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार जेनेभास्थित पाले डे नेसन्समा सोमबार आयोजित महासभाको उद्घाटन सत्रमा यो ऐतिहासिक निर्वाचन भएको हो । महासभाको सोही सत्रमा सोमबारनै नेपालका तर्फबाट स्वास्थ्यमन्त्री निशा मेहताले सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जानकारी दिनुभयो । स्वास्थ्यमन्त्रीको नेतृत्वमा आइतबार नेपाली प्रतिनिधिमण्डल जेनेभा गएको थियो ।...
विश्वविख्यात हिमाल आरोही कामिरिता शेर्पाद्वारा ३२औँ पटक सगरमाथा आरोहण

विश्वविख्यात हिमाल आरोही कामिरिता शेर्पाद्वारा ३२औँ पटक सगरमाथा आरोहण

नेपाल । विश्वविख्यात हिमाल आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ । सोलुखुम्बुको थामेका ५६ वर्षीय शेर्पाले आइतबार बिहान १०ः १२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको हो । उहाँले विश्वको सर्वोच्च शिखरमा सबैभन्दा धेरै पुग्ने आफ्नै कीर्तिमानलाई तोड्दै नयाँ इतिहास रच्नुभएको हो । यसअघि सेभेन समिट ट्रेकमार्फत सगरमाथा चढ्दै आउनुभएका शेर्पाले यसपटक भने ‘फोर्टिन पिक्स एक्सिपिडिसन’ मार्फत सञ्चालित ‘एडभेन्चर–२४ फोर्टिन पिक्स एभरेष्ट एक्सिपिडिसन’को नेतृत्व गर्दै ऐतिहासिक सफलता हाँसिल गर्नुभएको हो । सन् १९९४ मा पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेक्नुभएका कामिरितालाई विश्वभर ‘एभरेष्ट म्यान’का रुपमा चिन्ने गरिन्छ । फोर्टिन पिक्स एक्सिपिडिसनका संस्थापक टासी लाक्पा शेर्पाले कामिरिताको उक्त उपलब्धि नेपाल र विश्व पर्वतारोहण समुदायका लागि गौरवको विषय भएको बताउनुभय...
अमेरिका र चीनबीच ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको राष्ट्रपति ट्रम्पको दाबी

अमेरिका र चीनबीच ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको राष्ट्रपति ट्रम्पको दाबी

नेपाल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको दाबी गर्नुभएको छ । विश्वका दुई प्रमुख आर्थिक शक्तिबीच व्यापार, प्रविधि, उड्डयन र अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा केन्द्रित शिखर वार्तापछि ट्रम्पले भ्रमणलाई ‘धेरै सफल’ भएको प्रतिक्रिया दिनुभएको हो । बेइजिङमा आयोजित महाशक्ति शिखर सम्मेलनको अन्तिम चरणको वार्तापछि ट्रम्पले दुवै देशका लागि लाभदायक हुने खालका महत्त्वपूर्ण व्यापारिक समझदारी बनेको बताउनुभयो । फरबिडन सिटी नजिकै रहेको चिनियाँ केन्द्रीय नेतृत्व परिसर झोङनानहाइको बगैँचामा सीसँग सँगै हिँड्दै उहाँले ‘दुवै मुलुकका लागि निकै राम्रो हुने व्यापार सम्झौताहरू सम्पन्न भएको’ उल्लेख गर्नुभयो । ट्रम्पले कृषि, उड्डयन, ऊर्जा र आर्टिफिसियल इन्टेलिजेन्सलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने उ...