२ आश्विन २०८३, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

विश्व तापक्रम वृद्धि तीव्र, बढ्दै समुद्री सतह

विश्व तापक्रम वृद्धि तीव्र, बढ्दै समुद्री सतह

नेपाल । युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले शुक्रबार विश्वका महासागरको सतही तापक्रम हालैका दिनमा अत्यन्त उच्च स्तरको नजिक पुगेको चेतावनी दिएको छ । वैज्ञानिकहरूको भनाइ अनुसार अहिलेको अवस्था सन् २०२४ मा देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्डभन्दा थोरै मात्र कम छ र आगामी केही दिन वा हप्ताभित्रै नयाँ कीर्तिमान बन्न सक्ने सम्भावना बलियो बनेको छ । युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रकी जलवायु प्रमुख सामन्था बर्गेसले बताए अनुसार महासागरको सतह निरन्तर तातिँदै गएको छ र यसले विश्व जलवायु प्रणालीमा ठुलो परिवर्तनको सङ्केत दिइरहेको छ । उहाँले मे महिनामा मात्र पनि समुद्री तापक्रमले नयाँ ऐतिहासिक रेकर्ड तोड्ने सम्भावना उच्च रहेको बताउनुभएको छ । युरोपेली संघ अन्तर्गतको कोपरनिकस जलवायु परिवर्तन सेवाले अप्रिल महिनामा विश्वभर समुद्री तापक्रम क्रमशः बढ्दै गएको र यो हालसम्म मापन ग...
काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा डा. यादव पण्डित नियुक्त

काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा डा. यादव पण्डित नियुक्त

नेपाल । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले मंगलबार प्रतिष्ठानको सदस्यमा ३९ जनालाई नियुक्त गरेका छन् । यस नियुक्तिमा प्रवासमा रहेर पनि नेपाली राजनीति र प्राज्ञिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका प्रभावशाली व्यक्तित्व डा. यादव पण्डितले महत्वपूर्ण जिम्मेवारी पाएका छन् । नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री समेत रहेका डा. पण्डितलाई प्रतिष्ठानमा ‘प्रवास’ क्षेत्रको प्रतिनिधित्व गर्दै सदस्य पदमा मनोनित गरिएको हो । उनी जयनेपाल इन्टरनेशनल फाउण्डेशनका संस्थापक अध्यक्ष हुन् । उनी हाल अमेरिकामा बस्दै आएका छन् । ...
नक्कली भुटानी शरणार्थी प्रकरणः न्यायको पर्खाइ र सक्कलीको दीर्घकालीन समाधानको आशा

नक्कली भुटानी शरणार्थी प्रकरणः न्यायको पर्खाइ र सक्कलीको दीर्घकालीन समाधानको आशा

-हेम गिरी- नेपालको राजनीतिक इतिहासमा एउटा नयाँ अध्याय सुरु भएको छ । बालेन शाह (बालेन्द्र शाह) को नेतृत्वमा झन्डै दुई तिहाई बहुमत प्राप्त नयाँ सरकार गठन भएको छ । युवा प्रधानमन्त्री बालेन शाह र उनको पार्टीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सुशासन, पारदर्शिता र जनहितका मुद्दालाई प्राथमिकता दिने स्पष्ट प्रतिबद्धता जनाएका छन् । यस सन्दर्भमा पूर्वी नेपालको झापा र मोरङमा दशकौंदेखि अल्झिएको वास्तविक भुटानी शरणार्थी समस्या समाधानसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न दोषीलाई कडा कारबाही गर्नु उत्तिकै महत्वपूर्ण र अपरिहार्य छ । झापाको बेलडाँगी (झापा–५) र मोरङको पथरी शनिश्चरेमा अझै पनि हजारौं वास्तविक नेपाली भाषी भुटानी शरणार्थीहरू शिविरमा कष्टकर जीवन बिताइरहेका छन् । उनीहरूको वैधानिक स्थिति स्पष्ट पार्ने, शिक्षा तथा स्वास्थ्य सुधार्ने, र कूटनीतिक वार्तामार्फत दिगो समाधान खोज्ने जिम्मेवारी ...
एनआरएनएले कुमार कार्कीलाई दियो पिएनओको जिम्मेवारी

एनआरएनएले कुमार कार्कीलाई दियो पिएनओको जिम्मेवारी

नेपाल । गैर आवासीय नेपाली संघले पिपुल अफ नेपाली ओरिजिन ‘पिएनओ’को अध्यक्षमा कुमार कार्कीलाई तोकेको छ । कार्की लामो समय देखि पिएनओ अभियानमा सक्रिय हुँदै आएका थिए । बर्मा, थाइल्यान्ड, मलेसिया ,फिजी लगायत सार्क राष्ट्र बाहेकमा बसोवास गर्दै आएका नेपालीहरुलाई नेपाली मुलको विदेशी नागरिकको रुपमा एनआरएनएमा जोड्ने उक्त अभियानमा सक्रिय भएका कारण कार्कीलाई जिम्मेबारी दिइएको हो । भर्खरै निर्वाचित एनआरएनएका अध्यक्ष हेमराज शर्माले कार्कीलाई ११४औ आइसिसि बैठकवाट जिम्मेबारी दिएका हुन् । पीएनओ’ पिपुल अफ नेपाली ओरिजिन भनेका खास समय र कालखण्डमा नेपाल छाड्न पुगेका नेपाली हुन् । यो नेपालको सबैभन्दा पुरानो डायस्पोरा समाज पनि हो । नेपालीमुलका उनीहरुका पुर्खा ती देशमा पहिलो र दोस्रो विश्वयुद्धका क्रममा यसरी नै पुगेका थिए । त्यसबेलाको अवस्थामा नागरिकता बन्ने र बोकेर हिँड्ने कुनै चलन र परिपाटी थिएन यही कारण उनीहरु...
गोदावरी-अस्ट्रेलियाको विन्डम सिटीबीच ‘मित्रता शहर’ सम्झौता

गोदावरी-अस्ट्रेलियाको विन्डम सिटीबीच ‘मित्रता शहर’ सम्झौता

नेपाल । अस्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबिच औपचारिक रूपमा ‘मित्रता शहर’ सम्झौता भएको छ । विन्डम सिटीमा आयोजित एक विशेष कार्यक्रममा सहकार्यसम्बन्धी सम्झौता गरिएको हो । सम्झौतामा विन्डम सिटीको तर्फबाट मेयर प्रीत सिंह र गोदावरी नगरपालिकाको तर्फबाट प्रशासनिक प्रमुख मानबहादुर खड्काले हस्ताक्षर गर्नुभएको छ । उहाँहरुले सम्झौताका लागि आवश्यक समन्वय गरेको भन्दै पर्यटन व्यवसायी तथा अभियन्ता डिएन घिसिङलाई धन्यवाद दिनुभयो । दुवै पक्षले यस सहकार्यलाई स्थानीय तहमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गर्नुभएको छ । “यस ऐतिहासिक सम्झौताले दुई नगरबिच आपसी सहकार्य, अनुभव आदानप्रदान तथा दीर्घकालीन सम्बन्ध विस्तार गर्ने उद्देश्य लिएको छ”, सम्झौतामा भनिएको छ । ललितपुरको गोदावरी नगरपालिका प्राकृतिक सौन्दर्य, जैविक विविध...
कोलोराडोको बोल्डरमा मे १६ मा बिभिन्न सांस्कृतिक कार्यक्रमसंगै ‘नेपाल डे परेड’ हुँदै

कोलोराडोको बोल्डरमा मे १६ मा बिभिन्न सांस्कृतिक कार्यक्रमसंगै ‘नेपाल डे परेड’ हुँदै

-नातिबाब भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडोमा नेपालीभाषी समुदायले नेपालीहरुको भाषा संस्कृती पहिचान तथा संरक्षण गर्ने उद्धेश्यले बिभिन्न सांस्कृतिक कार्यक्रम संगै “नेपाल डे परेड” आयोजना गर्ने भएका छन् । कोलोराडोमा नेपाली भाषी समुदाय बिच सकृय रकी माउन्टेन फ्रेन्डस अफ नेपालको आयोजना, हेल्पीङ हेण्ड हेल्थ एजुकेसन, एनआरएनए एनसीसीको सहयोग तथा यहांस्थित सबै संघ संस्थाहरुको सहभागीतामा “नेपाल डे परेड” आयोजना गरिन लागेको रकी माउन्टेन फ्रेन्डस अफ नेपालका उपाध्यक्ष हरि गुरुङले बताएका छन् । यही मे १६ तरिक शनिबार अपरान्ह १२ बजे देखी दिउसो ३ बजेसम्म बोल्डर शहरमा सञ्चालन हुने कार्यक्रममा स्थानीय बोल्डर सिटीका मेयर एरन ब्रोक्केट, हेल्पीङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ लगाएतका बिभिन्न अतिथीहरुको सहभागीता रहने गुरुङले बताएकाछन् । यहाका स्थानीयलाई नेपाल र नेपालीको भाषा संस्कृती पहिचान गराउन पाउने यस महत्वप...
अमेरिकामा ३ नेपाली सम्पर्कविहीन, खोजीका लागि अपिल

अमेरिकामा ३ नेपाली सम्पर्कविहीन, खोजीका लागि अपिल

नेपाल । अमेरिकाको वाशिङ्टन डीसीस्थित नेपाली दूतावासले तीन नेपाली बेपत्ता भएको उल्लेख गरेको छ । दूतावासले बेपत्ता भएका ती नेपाली नागरिकको खोजीका लागि सार्वजनिक सहयोगको अपिल समेत गरेको छ । पवन गैरे, विकास न्यौपाने र केशव कार्की सम्पर्कविहीन भएका हुन् । परिवारले कार्कीसँग सम्पर्क टुटेको बताउँदै उनको अवस्थाबारे जानकारी हुने जो कोहीले +९७७-९८६-२६७५२१३ मा व्हाट्सएपमार्फत सम्पर्क गर्न अनुरोध गरेको छ ।...
आईसीसीको निर्देशन अनुसार एनआरएनए एनसीसी अमेरिकाको वार्षिक साधारण सभा स्थगित

आईसीसीको निर्देशन अनुसार एनआरएनए एनसीसी अमेरिकाको वार्षिक साधारण सभा स्थगित

अमेरिका । एनआरएनए आईसीसीले एकता प्रयास जारी रहेकाले कुनै पनि समानान्तर कार्यक्रम नगर्न निर्देशन दिए पछि विकास उप्रेती अध्यक्ष रहेको एनआरएनए एनसीसी अमेरिकाले १५औं वार्षिक साधारण सभा स्थगित गरेको छ । एनआरएनए एनसीसी अमेरिकाका प्रवक्ता द्रोण गौतमले २९ अप्रिलमा विज्ञप्ति जारी गर्दै जुलाई १८–१९ मा घोषित वार्षिक साधारण सभा स्थगित गरेको उल्लेख गरेका छन् । नयाँ मिति र कार्यक्रम उपयुक्त समयमा सार्वजनिक गरिने पनि विज्ञप्तिमा उल्लेख छ । त्यस्तै सतेन्द्र साह अध्यक्ष रहेको एनआरएनए एनसीसी अमेरिकाले भने १५औं वार्षिक साधारण सभा जुलाई १८ र १९ मा टेक्ससमा आयोजना गर्ने भन्दै सबैलाई कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा गरेको छ । ...
एनआरएनए एनसीसी अमेरिकाको १५औं साधारण सभा जुलाई १८ र १९ मा हुँदै

एनआरएनए एनसीसी अमेरिकाको १५औं साधारण सभा जुलाई १८ र १९ मा हुँदै

अमेरिका । एनआरएनए एनसीसी अमेरिकाको १५औं वार्षिक साधारण सभा जुलाई १८ र १९ मा टेक्ससमा हुने भएको छ । एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साहले उक्त साधारण सभामा उपस्थितिका लागि सम्पूर्ण सदस्यहरुमा निमन्त्रणा गरेका छन् । एनआरएनए एनसीसी अमेरिकाको क्रियाशीलतालाई अर्थपूर्ण बनाउन रनेपालको सेवामा नेपाली डायस्पोराको भूमिकालाई सुदृढ बनाउन यस साधारण सभाले विशेष भूमिका निर्वाह गर्ने भएकाले पनि यो कार्यक्रममा सहभागी हुन अध्यक्ष साहले अनुरोध गरेका छन् । Dear Valued Members and Esteemed Well Wishers, With great pride and enthusiasm, the Non Resident Nepali Association – National Coordination Council (NRNA NCC) USA cordially invites you to join us for our 15th Annual General Meeting (AGM). This milestone gathering marks an important moment to reflect on our shared achievements while ce...
एनआरएनएका प्रवक्ता सोम सापकोटा भरतपुरको अन्तर्राष्ट्रिय पर्यटन संयोजक नियुक्त

एनआरएनएका प्रवक्ता सोम सापकोटा भरतपुरको अन्तर्राष्ट्रिय पर्यटन संयोजक नियुक्त

नेपाल । भरतपुर महानगरपालिका ले आफ्नो अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन रणनीतिलाई थप सुदृढ गर्दै सोमनाथ सापकोटालाई अन्तर्राष्ट्रिय पर्यटन संयोजकको रूपमा नियुक्त गरेको छ। बुधबार कार्यवाहक मेयर चित्रसेन अधिकारीले सापकोटालाई नियुक्तिपत्र औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । यस अवसरले भरतपुरलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्ने र पर्यटन गन्तव्यको रूपमा यसको पहिचान सुदृढ गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। सापकोटा, विदेशी नागरिकता प्राप्त गैरआवासीय नेपाली हुन् । उनी हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका संयोजक हुन् । उनले नेपालको पर्यटन अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान दिँदै आएका छन् तथा विभिन्न अन्तर्राष्ट्रिय साझेदारी विस्तारमा सक्रिय भूमिका निर्वाह गरेका छन् । यसअघि उनले “भिजिट भरतपुर २०२४” अभियानको अन्तर्राष्ट्रिय...