१९ कार्तिक २०८३, बिहीबार

विवश पोखरेल र डा. छायादत्त न्यौपानेलाई राष्ट्रिय विभूति स्रष्टा ‘जयपृथ्वीबहादुर सिंह’ सम्मान प्रदान

कोलोराडोखबर संवाददाता , November 5th, 2026

नेपाल । विराटनगर प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल र डा. छायादत्त न्यौपानेलाई राष्ट्रिय विभूति स्रष्टा ‘जयपृथ्वीबहादुर सिंह’ सम्मान प्रदान गरिएको छ ।

दी राइजिङ स्टार बोर्डिङ स्कुलद्वारा सोमबार आयोजित कार्यक्रममा डा. विष्णुविभू घिमिरे, साहित्यकार लक्ष्मी उप्रेती र सो स्कुलका प्रधानाध्यापक कृष्णकुमार बोहोरालगायतले साहित्यकारद्वय पोखरेल र न्यौपानेलाई खादा र सम्मानपत्रसहित सम्मान गर्नुभएको हो ।

साहित्यकार डा. घिमिरेले विद्यार्थीलाई सानै कक्षादेखि साहित्यिक माहोलमा रम्न दिने हो भने उनीहरूको प्रतिभाले फक्रने अवसर पाउने बताउनुभयो । राइजिङ स्टार स्कुलले थालेको साहित्यकारसँग विद्यार्थीको साक्षात्कार कार्यक्रमले भविष्यका सर्जकका लागि बाटो बनिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्