३० बैशाख २०८१, आईतवार

अमेरिकाको कोलोराडोमा भव्यताका साथ मनाइयो अन्तराष्ट्रिय नारी दिवस

कोलोराडोखबर संवाददाता , March 10th, 2024

नातिबाबु भट्ट (कोलोराडो/अमेरिका) । ११४औं अन्तराष्ट्रिय नारी दिवस अमेरिकाको कोलोराडोमा बिभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाइएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय परिषद्को आयोजना, एनआरएनए कोलोराडो च्याप्टरको सहआयोजना तथा कोलोराडोमा सक्रिय डेढदर्जन भन्दा बढी संघ संस्थाहरूको सहयोगमा शनिबार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागी हुन एनआरएनए आईसीसी र कोलोराडो बाहिरबाट एनआरएनए एनसीसीका पदाधिकारीहरु, कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यवसाही, पत्रकार तथा नेपाली भाषी बुबाआमा, दाजुभाई दिदीबहिनीहरुको उपस्थिती रहेको थियो ।

‘महिलामा लगानी गरौं, प्रगतिलाई गति दिऔं’ भन्ने नाराका साथ महिलाका बिभिन्न मुद्दा, महिला सशक्तीकरण, सहभागिता र प्रवासमा महिलाका समस्या, भूमिका लगायतका बिषयमा छलफल र अन्तरक्रिया भएको थियो । सेभेन समिट गर्नु भएकी शाहसी महिला शैली बस्नेतको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा नायिका रेखा थापा, प्राप्ति विष्ट र रितु तुलाधर विशिष्ट अतिथिको रूपमा हुनुहुन्थ्यो ।

नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर सुरू गरिएको कार्यक्रमको प्रमुख अतिथि, कार्यक्रमका सभापति, बिशिष्ट अतिथि, एनआरएन अमेरिकाका केन्द्रीय अध्यक्ष, कोलोराडो च्याप्टर अध्यक्षले संयूक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो ।

कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित कार्यक्रममा एनआरएनए एनसीसी महिला कोर्डिनेटर सुनिता खत्रीले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि, बिशिष्ट अतिथिहरूले नारी दिवसको उपलक्ष्यमा शुभकामना दिदै कार्यक्रम सफलताको कामना दिनु भएको थियो ।

यसरी मन्तब्य राख्नेहरूमा सेभेन समिट गरेकी शाहसी महिला शैली बस्नेत, नायिका रेखा थापा, प्राप्ति विष्ट र मेन्टल हेल्थ स्पिकर रितु तुलाधर, एनआरएनएका अध्यक्ष डा. अर्जुन बन्जाडे, एनआरएनए आईसीसीका प्रवक्ता फणिन्द्र पन्त, एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेल, कोलोराडो सिष्टर ग्रुपका अध्यक्ष धन पौडेल, एनआरएनए कोलोराडो च्याप्टरका महिला उपाध्यक्ष डिलकुमारी श्रेष्ठ, कोलोराडो नेपाली ओमन्स फोरमकी अध्यक्ष सृजना भट्ट लगायतका हुनु हुन्थ्यो ।

साथै एनआरएनए एनसीसीका उपाध्यक्ष तथा पर्यटन विभाग प्रमुख नेत्र पाण्डेले नेपालको पर्यटन विकासका लागि महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै भिजिट नेपाल २०२४ का बारेमा प्रष्ट पार्नु भएको थियो ।

बक्ताहरूले महिला भनेको रथको दुई पाङ्ग्रा मध्ये एक हो । आधा आकाश ढाक्ने महिलाहरू एक जुट भएर अगाडि बढेमा कसैले पछाडी पार्न सक्दैन भन्दै नारी एकतामा जोड दिनु भयो । त्यसैगरी कार्यक्रममा शैली बस्नेत र रेखा थापाले आफ्ना शाहसिक जीवन यात्राको अनुभव सुनाएका थिए भने, भिडियो सन्देश मार्फत एकल महिला इरिना बस्नेतले आफ्नो जीवन कथा सुनाउनु भएको थियो ।

कार्यक्रमलाइ थप मनोरञ्जन प्रदान गर्न स्थानीय कलाकारहरूले बिभिन्न गीत संगीतमा कुशल नृत्य, कबिता, नाटक लगायतका कार्यक्रम प्रश्तुत गरेका थिए । स्थानीय बिभिन्न संघ संस्थाहरूले तथा ब्यवसायीहरूले स्टलहरू राखी कार्यक्रम स्थल भब्यरूपमा सजाएका थिए ।

कार्यक्रम स्थलमा सुरक्षा व्यवस्था, स्वयं सेवकको व्यवस्थापन र कार्यक्रम स्थलमै सहभागीहरुका लागि भोजनको उचित व्यवस्था पनि गरिएको थियो । त्यस्तै इभेन्ट डेकोरेशन पार्टनर वेलकम इभेन्ट, फुड पार्टनर दरबार रेष्टुरेन्ट ब्रुमफिल्ड, मिडिया पार्टनर कोलोराडोखबर डटकम www.coloradokhabar.com, इभेन्ट फोटोग्राफी भरतकुमार श्रेष्ठ, रजिष्ट्रेशन पार्टनर तीनपैसा र प्रिन्टिङ-पब्लिसिङ पार्टनर जेन ट्राभल रहेका थिए ।

एनआरएनए एनसीसी अमेरिकाले कार्यक्रमको तयारीका लागि १७ सदस्यीय तयारी मुल समिति गठन गरेको थियो । त्यसैगरी कार्यक्रमलाई प्रभावकारी बनाउन ६ वटा बिषयगत उप समितिहरू पनि गठन गरिएको थियो । अमेरिकामा गठित एनआरएनएका २९ च्याप्टरबाट कार्यक्रममा सहभागिता रहेको थियो ।

एनआरएनए एनसीसी अमेरिकाको आयोजनामा कोलोराडोमा पहिलोपटक राष्ट्रियस्तरको कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको तयारी सम्बन्धी यसअघिका समाचारहरु तलको लिंक क्लिक गरेर पढ्न सकिने छ ।

अमेरिकाको कोलोराडोमा शनिबार हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमको तयारी पूरा

अन्तर्राष्ट्रिय नारी दिवस मनाउन पाहुनाहरु कोलोराडो आउनेक्रम शुरु, शुक्रबार एनआरएनए नाइट

एनआरएनए अमेरिकाको आयोजनामा नारी दिवस मनाईँदै, तयारीमा जुट्यो कोलोराडो च्याप्टर

कोलोराडोमा हुने अन्तराष्ट्रिय नारी दिवस कार्यक्रमलाई भव्य बनाउने संघसंस्थाको प्रतिबद्धता

अन्तराष्ट्रिय नारी दिवसमा कोलोराडो आउने पाहुनाहरुलाई छुटसहितको होटल व्यवस्थापन

कोलोराडोमा हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमको तयारीका लागि विभिन्न समितिहरु गठन

कोलोराडोमा नारी दिवस कार्यक्रमः स्थानीयस्तरमा निमा शेर्पाको नेतृत्वमा भव्य तयारी हुँदै

अन्तर्राष्ट्रिय नारी दिवसमा सहभागी पाहुनाहरुको स्वागतमा कोलोराडोमा ‘एनआरएनए नाईट’ हुँदै

कोलोराडोमा आगामी शनिबार हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमको तयारी अन्तिम चरणमा

कोलोराडोमा हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा नायिका रेखा थापा पनि सहभागी हुने

प्रतिक्रिया दिनुहोस्