३१ भाद्र २०८१, सोमबार

कोलोराडोमा आगामी शनिबार हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमको तयारी अन्तिम चरणमा

कोलोराडोखबर संवाददाता , March 2nd, 2024

कोलोराडो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय परिषद्को आयोजनामा आगामी शनिबार अर्थात मार्च ९ तारिखका दिन कोलोराडोमा हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमको तयारी करीब करीब अन्तिम चरणमा पुगेको छ ।

कार्यक्रमलाई हरेक हिसाबले सभ्य र भव्यताका साथ सम्पन्न गर्न आफूहरु अन्तिम तयारीमा जुटेको एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले बताउनु भयो ।

कार्यक्रममा सहभागी हुन आउनु हुने पाहुनाहरुको स्वागतका लागि आगामी मार्च ८ तारिखका दिन ‘एनआरएनए नाईट’ कार्यक्रम हुने छ । लाइभ म्युजिकको साथमा दरबार नेपाली र भारतीय बिस्ट्रो रेस्टुरेन्ट Durbar Nepalese and Indian Bistro restaurant मा साँझ ८ बजेदेखि ‘एनआरएनए नाईट’ कार्यक्रम गर्न लागिएको हो ।

स्थानीयस्तरमा एनआरएनए एनसीसी अमेरिकाका बीओडी निमा शेर्माको नेतृत्वमा भव्य रुपमा तयारी भइरहेको छ । कार्यक्रमको तयारीको शिलशिलामा स्वयंसेवक, पाहुना ब्यबस्थापन, खाना, यातायात र सुरक्षा समितिको प्रमुख संयोजकका रुपमा शेर्पा कार्यक्रमलाई सभ्य र भव्य बनाउन सक्रियताका साथ लाग्नु भएको छ ।

कोलोराडो क्षेत्रमा क्रियाशील सम्पूर्ण संघसंस्था र नेपालीहरुले उक्त कार्यक्रम आफूहरुको सबैको कार्यक्रम भएको र उक्त कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

कोलोराडो नेपाली ओमन्स फोरम, रक्की माउन्टेन फ्रेन्ड अफ नेपाल, नेपाली घर, सिस्टर ग्रुप कोलोराडो (दिदीबहिनी समूह), मगर एशोसियनशन अमेरिका कोलोराडो च्याप्टर, तमु पेई ल्हु अमेरिका, तमु धी कोलोराडो, कोलोराडो नेवाः खल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर, ग्लोबल नेपाली फिल्म, शेर्पा नङ्पी टिसोग्पा कोलोराडो, ग्लोबल भुटनिज कम्युनिटी कोलोराडो, बल्ड डोनर्स अफ अमेरिका (कोलोराडो च्याप्टर), नेपाली जनसम्पर्क समिति कोलोराडो च्याप्टर, ओभरसिज नेपाली फोरम, कोसेली कोलोराडो र टुकी इभेन्टस् सहयोगी पार्टनरका रुपमा रहेका छन् ।

त्यस्तै इभेन्ट डेकोरेशन पार्टनर वेलकम इभेन्ट, फुड पार्टनर दरबार रेष्टुरेन्ट ब्रुमफिल्ड, मिडिया पार्टनर कोलोराडो खबर डटकम, नातिबाबु भट्ट, इभेन्ट फोटोग्राफी भरतकुमार श्रेष्ठ, रजिष्ट्रेशन पार्टनर तीनपैसा र प्रिन्टिङ/पब्लिसिङ पार्टनर जेन ट्राभल रहको छ ।

एनआरएनए एनसीसी अमेरिकाले कार्यक्रमको तयारीका लागि १७ सदस्यीय तयारी समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा सुनिता कँडेल, रामहरि अधिकारी, शान्ति पौडेल, सुनिता खत्री, दुर्गा तिवारी, रितादेवी प्रधान, सरु शर्मा, सिर्जना शर्मा, प्रकाश पौडेल, दिलकुमारी श्रेष्ठ, संगीता लामा, श्रृति पाण्डे, शर्मिला शर्मा, आरसी पन्त, समिका दृस्कौल, सिर्जना भट्ट र सुनन्दा डंगोल रहनु भएको छ ।

त्यसैगरी कार्यक्रमलाई प्रभावकारी बनाउन अरु ६ वटा कमिटी गठन गरिएको छ । फण्ड राइजिङ कमिटीमा सुनिता कँडेल, रितादेवी प्रधान, शान्ति पौडेल, सिर्जना शर्मा, सुनिता खत्री, सिर्जना भट्ट, दुर्गा तिवारी, समिका दृस्कौल, सरु शर्मा र शर्मिला शर्मा रहनु भएको छ ।

त्यस्तै भ्वाइस कलेक्शन एण्ड रिच आउट कमिटीमा सुनिता कँडेल, सरु शर्मा, शान्ति पौडेल, रितादेवी प्रधान, सुनिता खत्री, श्रृति पाण्डे, दुर्गा तिवारी, दिलकुमारी श्रेष्ठ, सिर्जना शार्मा, समिका दृस्कौल, सिर्जना भट्ट र शर्मिला शर्मा रहनु भएको छ ।

यसैगरी इभेन्ट कन्सेप्ट कमिटीमा सुनिता कँडेल, शान्ति पौडेल, सुनिता खत्री र सिर्जना भट्ट रहनु भएको छ भने मिडिया मार्केटिङ कमिटीमा सरु शर्मा, शर्मिला शर्मा, सिर्जना शर्मा र सुनन्दा डंगोल रहनु भएको छ ।

त्यस्तै फ्लायर/ब्यानर कमिटीमा रामहरी अधिकारी, प्रकाश पौडेल, शान्ति पौडेल, संगीता लामा र आरसी पन्त तथा गेस्ट इन्भिटेशन कमिटीमा शान्ति पौडेल, सुनिता खत्री, संगीता लामा, दुर्गा तिवारी, श्रृति पाण्डे, सरु शर्मा र दिलकुमारी श्रेष्ठ रहनु भएको छ ।

यसैक्रममा उक्त कार्यक्रमका लागि बाहिरबाट आउनु हुने पाहुनाहरुलाई मार्च ८ देखि १० तारिकसम्म डेनभरस्थित DRURY PLAZA HOTEL मा छुटसहितको सेवा उपलब्ध गराइने भएको एनआरएनए कोलोराडो शाखाले जनाएको छ ।

अमेरिकामा एनआरएनएका २९ च्याप्टर छन् । यी सबै च्याप्टरबाट कार्यक्रममा सहभागिता रहने छ । कार्यक्रममा करीब ५०० जनाको सहभागिता रहने प्रारम्भिक आंकलन छ । एनआरएनए एनसीसी अमेरिकाको आयोजनामा कोलोराडोमा पहिलोपटक राष्ट्रियस्तरको कार्यक्रम हुन लागेको हो ।

एनआरएनए अमेरिकाको आयोजनामा नारी दिवस मनाईँदै, तयारीमा जुट्यो कोलोराडो च्याप्टर

कोलोराडोमा हुने अन्तराष्ट्रिय नारी दिवस कार्यक्रमलाई भव्य बनाउने संघसंस्थाको प्रतिबद्धता

अन्तराष्ट्रिय नारी दिवसमा कोलोराडो आउने पाहुनाहरुलाई छुटसहितको होटल व्यवस्थापन

कोलोराडोमा हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमको तयारीका लागि विभिन्न समितिहरु गठन

कोलोराडोमा नारी दिवस कार्यक्रमः स्थानीयस्तरमा निमा शेर्पाको नेतृत्वमा भव्य तयारी हुँदै

अन्तर्राष्ट्रिय नारी दिवसमा सहभागी पाहुनाहरुको स्वागतमा कोलोराडोमा ‘एनआरएनए नाईट’ हुँदै

प्रतिक्रिया दिनुहोस्