८ माघ २०८१, मंगलवार

कोलोराडोमा नारी दिवस कार्यक्रमः स्थानीयस्तरमा निमा शेर्पाको नेतृत्वमा भव्य तयारी हुँदै

कोलोराडोखबर संवाददाता , February 20th, 2024

कोलोराडो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय परिषद्को आयोजनामा मार्च ९ तारिखका दिन नेपाली घर कोलोराडोमा हुने अन्तर्राष्ट्रिय नारी दिवस २०२४ को तयारी तीब्र गतिमा भइरहेको छ ।

स्थानीयस्तरमा एनआरएनए एनसीसी अमेरिकाका बीओडी निमा शेर्माको नेतृत्वमा भव्य रुपमा तयारी भइरहेको छ ।

कार्यक्रमको तयारीको शिलशिलामा स्वयंसेवक, पाहुना ब्यबस्थापन, खाना, यातायात र सुरक्षा समितिको प्रमुख संयोजकका रुपमा शेर्पा कार्यक्रमलाई सभ्य र भव्य बनाउन सक्रियताका साथ लाग्नु भएको छ ।

उक्त कार्यक्रममा सहभागितको लागि अमेरिकाको सबै क्षेत्रका साथीभाइहरुलाई आमन्त्रण गर्दै आफूहरु स्वागत सत्कार गर्न तयारी अवस्थामा रहेको शेर्पाले बताउनु भयो ।

कार्यक्रममा स्वयम् सेवकको भूमिका निर्वाह गर्न इच्छुक महानुभावहरुले तल दिइएको लिंक क्लिक गरेर गुगल फर्म भर्न सक्नु हुनेछ । स्वयम् सेवकहरुलाई विभिन्न गिफ्टको व्यवस्था समेत आयोजक समितिले गरेको छ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSewAx3bbgYV7y1ToSYIRqt_7oA-R1-6SRkG83llzGnKJIUIvg/viewform?vc=0&c=0&w=1&flr=0&fbclid=IwAR0PLV-owRLLw814ajyoRGjcRTf_7BC8JajHDZZEcJ9lQ_VKkEcMFp7CamE

एनआरएनए अमेरिकाको आयोजनामा नारी दिवस मनाईँदै, तयारीमा जुट्यो कोलोराडो च्याप्टर

कोलोराडोमा हुने अन्तराष्ट्रिय नारी दिवस कार्यक्रमलाई भव्य बनाउने संघसंस्थाको प्रतिबद्धता

अन्तराष्ट्रिय नारी दिवसमा कोलोराडो आउने पाहुनाहरुलाई छुटसहितको होटल व्यवस्थापन

कोलोराडोमा हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमको तयारीका लागि विभिन्न समितिहरु गठन

प्रतिक्रिया दिनुहोस्